Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सडकमा छैनन् विप्लवका कार्यकर्ता

\"kathmandu_banda-750\" काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज बन्द आह्वान गरे पनि सडकमा भने बन्दकर्ताहरु देखिएका छैनन् । लुकेर बसेका माओवादी कार्यकर्ताले एकाविहानै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा तोडफोड आगजनी गरेपछि राजधानीको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरु भने सडकमा कहिँ कतै देखिएका छैनन् । सडकमा जम्मा भएर केन्द्रितरुपमा प्रदर्शन गर्ने कार्यक्रम नभएको विप्लवका एक नेताले बताए । सडकमा कार्यकर्ता भेटाए पक्राउ गर्ने र सार्वजनिक मुद्दा चलाउने डरले माओवादी जनयुद्धकालमा जस्तै लुकिछिपी तोडफोड गरेका छन् । सडकमा कार्यकर्ता नदेखिए पनि लुकिछिपी आगजनी र तोडफोड गरेपछि यातायात ब्यवसायीहरुले जबर्जस्ती गाडी नचलाएको बताए । सार्वजनिक सवारी साधनहरु नचलेपछि राजधानीमा मोटरसाइकल तथा साना सवारी साधनहरु भने प्रशस्त चलेका छन् । केही दिनअघि यातायात ब्यवसायीले गरेको बन्दमा नचलाइएको साझा यातायात विप्लवको बन्दमा भने चलाइएका छन् । साझा यातायातमा प्रहरी राखेर सञ्चालन गरिए पनि काठमाडौं उपत्यकाको मेट्रो यातायात भने चलेको छैन । राजधानी बाहिर भने देशैभरको जनजीवन प्रभावित भएको खबरडबली संवाददाताहरुले जनाएका छन् । राजधानीमा ४५ जना पक्राउ बन्द गराउदै हिड्ने क्रममा विहीवार राजधानीबाट विप्लवका ४५ जना पक्राउ परेका छन् । पक्राउ परेका बन्दकर्ताहरुलाई महेन्द्र पुलिस क्लब, बालाजु लगायतका स्थानमा राखिएको छ । बन्द गराउँदै हिँडेका १३ जना विप्लव नेतृत्वको माओवादीका कार्यकर्तालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । एकान्तकुना, ग्वार्को, सातदोबाटो, कुपन्डोल लगायतका स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा बिहान चालक भित्रैरहेको बेला ट्याक्सीमा आगजनी गरेका छन् । बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा आगजनी गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending