Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

इस्लामी चरमपन्थीद्वारा हिन्दु मन्दिरका कर्मचारीको हत्या

\"bangladesh_killing_protest_afp_nocredit\"ढाका । बंगलादेशको एक हिन्दु मन्दिरमा काम गर्ने एक कर्मचारीको इस्लामिक चरमपन्थी विद्रोहीहरुले हत्या गरेका छन् । बङ्गलादेशमा पछिल्लो समयमा अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीको हत्याको शृंखलामा बढ्दै गएको छ । हिन्दू धर्मका मठ मन्दिरमा काम गर्ने कर्मचारीलाई फाँसीमा झुण्ड्याएर हत्या भएको प्रहरीले जनाएको छ । ६२ वर्षीय वृद्ध कर्मचारी नित्यरन्जन पाण्डेको शुक्रबार बिहान हत्या भएको हो । उत्तरपश्चिमी बङ्गलादेशको पबना जिल्लामा आफ्नै घर नजिकै उनको हत्या भएको जनाइएको छ । शुक्रबार बिहानै हिँडाइका लागि निस्किएकाबेला उनको हत्या भएको हो । हत्याको जिम्मेवारी कसैले नलिए पनि इस्लामिक चरमपन्थी विद्रोहीले हत्या गरेको आशंका गरिएको छ । बङ्गलादेशमा क्रिश्चियन र हिन्दू धर्मका अल्पसङ्ख्यक नागरिकको हत्याको शृंखला पछिल्लो समयमा बढ्दो मात्रामा रहेको छ । गत मङ्गलबार मात्रै अर्का एकजना हिन्दू पुजारीको हत्या भएको थियो । प्रहरीले गत वर्ष मात्र बङ्गलादेशमा रहेको एक क्रिश्चियन चर्चमा हमला गर्ने एकजना मुस्लिम अतिवादी व्यक्ति प्रहरीको कारबाहीका क्रममा मारिएको बताएको थियो । आफ्नो भूमिगत नाम कावसर राखेको उक्त व्यक्ति बुधबार बिहान अकस्मात भेटिएको र उसले प्रहरीमाथि गोली प्रहार गरेको जनाइएको थियो । त्यसको विरुद्ध प्रहरीले गरेको जवाफी फायरका क्रममा उसको ज्यान गएको हो । बङ्गलादेशमा हालैका दिनहरुमा आक्रमण गरी अल्पसङ्ख्यक हिन्दू एवम् मुस्लिम धर्माबलम्बीहरुको ज्यान लिने गरिएको छ । पछिल्लो समयमा यस्ता अतिवादीहरुको निशाना यहाँका हिन्दू धर्मावलम्बीहरु परेका छन् । प्रहरीले यसरी हत्यामा सम्लग्न हुनेमा जैमेतुल मुजाहिद्दिन बङ्गलादेश नामक समूहमाथि आशङ्का गर्ने गरेको छ । त्यस संगठनका सदस्यहरु यस्ता काममा सहभागी भएका पाइएको प्रहरीले पत्ता लगाएको छ । –एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending