Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

ओली नसुध्रिएको प्रचण्डको ठहर

\"oli_prachanda\"काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कहिल्यै नसुध्रिने निष्कर्ष निकालेका छन् । पछिल्लो समय द्वान्दकालिन मुद्धाप्रति ओलीले गरेको बेवास्तालाई लिएर बढेको तित्ततापश्चात प्रचण्डले ओलीको उत्ताउलो र उत्तेजिक रबैया नसुध्रिने निष्कर्ष निकालेका हुन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका एक सदस्यका अनुसार प्रचण्डले आजकाल आप्mना सहकर्मीहरु नारायणकाजी श्र्रेष्ठ तथा राम बहादुर थापा बादलसँग ओलीसँगको सहकार्य सजिलो नरहेको बताउन थालेका छन् । प्रचण्डलाई उदृत गर्दै ति नेता भन्छन्–‘कांग्रेसले गरेको प्रधानमन्त्रीको प्रस्ताव लत्याउँदै राष्ट्रियताको पक्षमा ओलीलाई गरेको समर्थन पश्चात नै ओलीको छवि राष्ट्रवादीको रुपमा बदलियो तर माओवादी सरोकृत मुद्धामा ओली ठट्टा गरेर बसे’ । भारतीय नाकाबन्दी तथा राष्ट्रियताको पक्षमा माओवादीको साथ नरहेको भए ओलीलाई भारतले झुकाएर छोड्ने निष्कर्षमा प्रचण्ड छन् । भारतसँगको स्वभाविक र राजनीतिक सम्बन्ध समेत बिग्रने गरी ओलीको पक्षमा वकालत गरेका प्रचण्डलाई अहिले ओलीले बेवास्ता गरेको र छुच्चो टिप्पणी गरेको लाग्न थालेको छ । ति नेता भन्छन्–प्रचण्ड अहिले ओलीको बिकल्प खोजिरहेका छन् तर ओलीको विकल्प खोज्दा भारतको डिजाइनमा नपरियोस् भन्नेमा सचेत छन् । छुच्चो र निर्दयी अभिव्यक्तिका लागी माहिर ओलीले पछिल्लो समय प्रचण्डलाई गठबन्धन तोड्न मन लागे तोडे हुन्छ भनेर भनेको कुरा समेत संचारमाध्यममा आएको थियो । उसो त ओलीका सार्वजनिक अभिव्यक्ति र उत्ताउलो टुक्का सुन्दासुन्दा राजनीतिक कर्मीहरुलाई मात्रै होइन आम मानिसहरुलाई नै वाक्क लाग्न थालेको छ । प्रचण्ड भूकम्पपिडितप्रति ओलीले देखाएको उदाशिनता र शहिद तथा बेपत्ता परिवारप्रति गरेको षड्यन्त्रसँग आजित समेत छन् । प्रचण्डको बुझाईमा एमालेका ओली पक्षिय नेताहरु असाध्यै कुटिल र षड्यन्त्रकारी छन् । उनीहरुमा कुनै पनि प्रकारको राजनीतिक इमान छैन । सोही निष्कर्षका कारण प्रचण्ड पछिल्लो समय आफ्नो नेतृत्वमा सरकार निर्माणको विषय छोड्ने मनस्थितिमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending