Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

जथाभावी खोटो सङ्कलनले वन विनाश

\"khoto\"जाजरकोट । जाजरकोटका विभिन्न गाविसका मापदण्डविपरीत खोटो सङ्कलन भइरहेको पाइएको छ । जिल्लाको कार्कीगाउँ, झाप्रा, सीमा, दशेरा, पजारु, जुगाथापाचौर, साल्मा, डाँडागाउँ, लहँ, मजकोट, सुवानाउली, थालारैकर, गर्खाकोट, पुन्मा, खलङ्गा, भुर, ढिमे, खगेनकोटलगायत २० गाविसका ८५ सामुदायिक वनमा जथाभावी खोटो सङ्कलन गर्दै आइएको छ । जाजरकोटमा कार्यक्षेत्र बनाएका सात वटा खोटो सङ्कलकले मापदण्ड विपरीत खोटो सङ्कलन तथा चोरी निकासी गर्दै आएका छन् । नियमअनुसार एक हेक्टर वनमा पाँचदेखि १० वटा माउ रुखलाई सुरक्षित राख्नुपर्ने खोटो सङ्कलन कार्य विधिमा उल्लेख छ । तर त्यसको पालना भएको छैन । जथाभावी रूपमा खोटो सङ्कलन गर्ने काम बन्द गर्नुपर्ने धारणा ढिमेका डिल्ली थापाको भनाइ छ । उनले भने, “खोटो सङ्कलकलाई छाडा छाड्दियो भने १० वर्षमा सल्लाघारी पूरै सखाप हुनेछ ।” सङ्कलक कम्पनीका कामदारले धेरै खोटो श्राव गराउन सल्फ्युरिक एसिडको मात्रा बढी प्रयोग गर्दा पनि सल्लाका रुख सुक्दै गएका छन् । जिल्ला वन कार्यालयले यसमा कडाइ गर्न सकेको छैन । जङ्गलको नियमित निरीक्षण र अनुगमन शून्य छ । जङ्गलमा रहेका सबै रुखबाट खोटो निकाल्नु, तोकेको मात्राभन्दा बढी एसिडको प्रयोग गर्नु मापदण्ड विपरीत भएको जिल्ला वन कार्यालयका नायब सुब्बा ऋषभदेभ खनालले बताए । समुदायले सामुदायिक वन संरक्षण गर्न सकेको स्थानीयको गुनासोमा जिल्ला वन कार्यालयका नायब सुब्बा खनाल भन्छन् , “ कार्यालयमा कर्मचारी कम भएकाले नियमितरुपमा अनुगमन र निरीक्षण गर्न सकिएको छैन ।” मापदण्ड विपरीत खोटो सङ्कलन र चोरी निकासी हुँदासमेत सामुदायिक वन उपभोक्ता समितिले र जिल्ला वन कार्यालयले रोकथामका लागि चासो दिएको छैन । “खोटो सङ्कलक कम्पनीले समितिका पदाधिकारी र वनका प्राविधिकलाई निश्चित रकम दिने हुनाले मापदण्ड विपरीत खोटो सङ्कलन भइरहेको छ,” जुँगाथापा चौरका कृष्ण रेग्मीले भन्नुभयो । नियामक निकाय आर्थिक प्रलोभनमा परेकाले उनीहरु चुप छन्, यता सल्लाधारी विनाश भइरहेको छ, उनले गुनसो गरे । कम्पनीले वार्षिक एक लाख टन खोटो सङ्कलन र निकासी गर्ने अनुमति पाए पनि एक लाख ५० हजार टनसम्म खोटो सङ्कलन गर्ने गरेका छन् । जङ्गलमा भेटिएका सबै सल्लाबाट खोटो निकाल्ने गरेका छन् । एउटा पनि माउ रुख नराख्दा सल्लाघारी विनाश भइरहेको छ । सामान्यतः चैतदेखि कात्तिकसम्म खोटो सङ्कलन गर्ने याम हो । खोटो सङ्कलन कार्यविधि २०६४ मा एउटा रुखमा ३२÷३२ रिल मात्र रिल बनाउनुपर्ने उल्लेख छ । तर, सङ्कलकले १०० देखि २०० सम्म रिल लगाउने गरेका छन् बढी मात्रामा खोटो सङ्कलन गर्ने होडबाजी कम्पनीबीच नै हुने गरेका एक सङ्कलनकर्ताले स्वीकारेका छन् । सामुदायिक वन समूहको कार्ययोजना विपरीत खोटो सङ्कलन गर्न नपाइने प्रावधान रहेको जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले भने, “नियमविपरीत खोटो सङ्कलन कार्यमा वन प्राविधिकको संलग्नता छैन ।” “खोटो सङ्कलन क्षेत्रमा वृक्षरोपन गर्नुपर्ने र पाँच वर्षसम्म त्यसको संरक्षण गर्नुपर्ने दायित्व सम्बन्धित उद्योग वा निकायको हुनेछ,” कार्यविधिमा उल्लेख छ । तर वनमा कहिल्यै वृक्षरोपन हुँदैन । खोटो सङ्कलनकर्ताले गएको १५ वर्षदेखि नै यो कार्यविधि पालना गरेका छैनन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending