Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

विदेशबाट फर्केर सामुहिक तरकारी खेतीमा

\"vegetableमोरङ । घरखर्च चलाउनसमेत मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै साहुसँग ऋण गरेर मलेसिया हानिएका मोरङ इटहरा–४ का दुर्गा प्रसाद गौतमले भनेजस्तो काम नपाएपछि दुई वर्षमै रित्तो हात नेपाल फर्किए । सिँचाइको अभावमा श्रम र लगानीको अनुपातमा उत्पादन नहुँदा मजदुरी गरेर परिवार पाल्नुपर्ने उनको बाध्यता गाउँमा सौर्य पम्पिङ प्रणालीबाट सिँचाइ सुविधा उपलब्ध भएपछि घरखर्चको लागि अब कसैको भर पर्नु परेन । जिल्ला कृषि विकास कार्यालय मोरङले इटहरा–४ मा कृषि क्रान्ति कृषक समूह नै गठन गरेर तरकारी खेतीतर्फ आकर्षित भएका किसानलाई निःशूल्क सौर्य पम्पिङ प्रणाली उपलब्ध गराएको हो । समूहमा आवद्ध दुर्गाप्रसादले आफ्नै घर नजिक करेला, लौका, च्याऊ, फर्सी, काँक्रा खेतीलगाएका छन् । विगत एक वर्षयता सब्जीखेती गर्दै आएका दुर्गाप्रसाद अब विदेश जाने कल्पनासमेत गर्न छाडेका छन् । सिँचाइका लागि सौर्य पम्प जडान गरेपछि दुर्गाप्रसाद जस्तै छिमेकी लक्ष्मीप्रसाद घिमिरे, विष्णु भट्टराई, छाँया घिमिरे, तुङ्गप्रसाद आचार्य, केदार घिमिरेलगायतको दैनिकी अहिले सब्जी खेतीमै बित्ने गरेको छ । गाउँको १९ घर परिवारले तरकारी खेती गरेर मासिक ४० देखि ५० हजार रुपयाँसम्म आर्जन गर्न थालेका छन् । “पहिले आकासको पानीका भरमा खेती गरिन्थ्यो”, किसान लक्ष्मीप्रसाद घिमिरेले भने, “अहिले समूहका सबैले मौसमी र बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।” पम्पबाट तानेको पानीलाई पाइपमार्फत वितरणको व्यवस्था मिलाइएको बताउँदै उहाँले अन्य खेतीभन्दा सब्जी खेतीमा कम मेहनत पनि पर्ने गरेका कारण आकर्षित भएको बताए । अर्का किसान सिमा घिमिरेको बारीमा अहिले मनग्य करेला र लौँका फलेका छन् । उनले भने “पहिले पहिले विदेशमा रहेका श्रीमान्सँग घरखर्च माग्नुपर्ने बाध्यता थियो तर अहिले सब्जी खेतीबाटै घरखर्च मात्र होईन, छोराछोरीलाई स्कुल पढाउने खर्च पनि उठेको छ”। सब्जी खेती गरेरै घरपरिवार चलाउँदै आएका इटहराका किसानले विदेशमा गएर परिश्रम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउँदा पनि उत्तिकै आम्दानी हुने बताउँछन् । इटहरा किसानले उत्पादन गरेको सब्जी दैनिक उर्लाबारी, पथरीलगायतका शहरसम्म बेच्न लैजाने गर्दछन्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy