Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पत्रकार निरौलामाथि भएको आक्रमणको चौतर्फी निन्दा

\"press\"सोलुखुम्बु । पत्रकार भानुभक्त निरौला माथि सार्वजनिक स्थानमा भएको आक्रमणको चौतर्फी निन्दा भएको छ । नागरिक दैनिकका पत्रकार उनी हिमाल एफएमका प्रबन्ध निर्देशक एवं रिपोर्टर्स क्लब नेपालका १ नम्बर प्रदेश संयोजक पनि हुन् । पत्रकार निरौलामाथि शुक्रबार प्रशासन अगाडि स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक एवं एमाले पुर्व सचिब बुद्धिकुमार राजभण्डारीले भौतिक आक्रमण गरेको विषयमा पत्रकार महासंघका अलावा ट्रेड युनियन र सञ्चारगृहरुहरुले भत्र्सना गरेका हुन् । घटना लगत्तै विज्ञप्ति निकाल्दै नेपाल पत्रकार महासंघ, रिपोर्टर्स क्लब नेपाल, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेण्टर, क्रान्तिकारी पत्रकार महासंघ लगायतले विज्ञप्ति निकालेर समाचारको विषयलाई लिएर पत्रकारमाथि नियोजित रुपमा आक्रमण हुनु निन्दनीय र निकृष्ट कर्म भएको भन्दै स्थानीय प्रशासनलाई कार्बाहीको लागि अपिल गरेका छन् । यता घटना घटेको २४ घण्टा वित्न लाग्दा समेत स्थानीय प्रशासनले दोषी उपर कार्बाही अगाडी नबढाएको भन्दै हिमाल एफ।एम।को सञ्चालक संस्था हिमाली सञ्चार लिमिटेडले आपत्ति जनाएको छ । दोषीलाई कार्बाही गर्नुको सट्टा उल्टै प्रसय दिने काम भईरहेको भन्दै प्रशासनको निष्पक्षता निर्वाह गर्न समितिले माग गरेको छ । सञ्चालक समिति अध्यक्ष निमा शेर्पाले प्रेश विज्ञप्ति जारी गर्दै राज्यको आडमा भएको घटनाले प्रेश स्वतन्त्रता र बाच्न पाउने नागरिकको हक समेत कुण्ठित भएको भन्दै् घटनामा सम्लग्नहरु अहिलेसम्म कार्बाहीको दायरामा नआउनुले प्रशासनको नियतप्रति शंका उब्जिएको बताए । नेपाली काँग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले घटनामा सम्लग्न लाई कडा कार्बाही गर्न माग गरेका छन् । त्यस्तै माओबादीका सचिवालय सदस्य गोपाल किराँतीले तालिवानी शैलीमा पत्रकारमाथि भएको हमलाको विरोध गर्दै दोषीलाई तत्काल गिरफ्तार गर्न माग गरे । समाचार प्रशारणको विषयलाई लिएर पत्रकार निरौला माथि शुक्रबार दिउसो साँढे २ बजे एमाले नेता राजभण्डारी र उनीसँगै आएका नेलेका अश्विनबाबु थापाले अन्धाधुन्द आक्रमण गरेका थिए । आक्रमण लगत्तै पत्रकारहरुको टोली न्यायको माग गर्दै स्थानीय प्रशासनमा पुगेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending