Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

दम रोग कसरी हुन्छ ? लक्षण, उपचार, जान्नै पर्ने कुरा

अहिले हाम्रोमा दमका बिरामीहरू बढिरहेको पाउँछौं । हस्पिटलमा पनि हामीले अन्य बिरामीभन्दा दमका बिरामी बढिरहेको पाउन सक्छौं । खासगरी जाडो महिनामा दमका बिरामी बढ्छन् । दम धेरै किसिमका हुन्छन् । दम कुनै एउटा रोग होइन, यो त एउटा लक्षण मात्रै हो । साधारणतः वृद्धहरूलाई श्वास–प्रश्वास बढिरहेको हुन्छ, त्यसैलाई हामीले दम मान्छौं । तर, दम त एउटा सानो बच्चालाई पनि हुन सक्छ ।

\"Dam-Asthama\"दम भनेको के हो ?

सामान्य भाषामा दम भनेको सास फेर्न गाह्रो हुने अवस्था हो । विभिन्न किसिमका फोक्सोका रोगले गर्दा श्वास फेर्न गाह्रो भइरहेको हुन्छ । आश्माको रोग छ भने, सानो बच्चाहरूमा पनि श्वास फेर्न गाह्रो हुन्छ । ब्रोन्किअल आश्मा अर्कै रोग हो ।

त्यस्तै, क्रोनिक ब्रोन्काइटिस भन्ने रोग छ, यो चुरोट खाँदा, आगोको धुँवामा बस्दा वा वातावरणीय प्रदूषणका कारण लाग्छ सक्छ । यस्तै, विभिन्न किसिमका रोग फोक्सोमा लाग्छन्, जस्तो क्षयरोगलाई पनि लिन सकिन्छ । क्षयरोगले धेरै किसिमले फोक्सोलाई कमजोर बनाएको हुन्छ । पछि गएर क्षयरोगको बिरामीलाई पनि सास फेर्न गाह्रो हुन्छ ।

दमको कारण

प्रायः नेपालीलाई क्रोनिक ब्रोन्काइटिस भएर दम हुन्छ । किनभने, यो चुरोट खाने, चुलोको धुँवामा बस्नेलाई बढी हुन्छ । र, वातावरणीय प्रदूषणले पनि बढी हुन्छ । योबाहेक सानोमा छातीको संक्रमण वा क्षयरोग रोग हुनेलाई पनि पछि गएर दम हुने सम्भावना बढी हुन्छ । त्यस्तै, फोक्सोमा अन्य विभिन्न रोग लाग्न सक्छन् । यस्ता रोगले फोक्सो बिगारेको छ भने सुरुमा खोकी लाग्ने, खकार आउने हुन्छ, पछि गएर दम हुने सम्भावना बढ्छ ।

फोक्सोको सरुवा रोगको कारण पनि धेरैलाई दम हुन सक्छ । त्यस्तै, कसैलाई वंशाणुगत कारण पनि दम हुन हुन्छ । यसरी हेर्दा चुरोट खानेलाई र धुँवा, धुलो प्रदूषणमा बस्नेलाई दम हुन सक्छ । त्यस्तै, धुँवाजन्य र धुलो हुने कारखानामा काम गर्नेलाई पनि पछि गएर दम हुन सक्छ । त्यस्तै, मुटुको रोगले गर्दा पनि बिरामीलाई श्वास फेर्न गाह्रो हुन्छ ।

चुरोट खानेलाई मात्रै होइन, अम्मलीको वरिपरि बस्नेलाई पनि दमरोग हुन सक्छ । त्यस्तै, गर्भवती महिलाले चुरोट खान्छिन् भने बच्चालाई पनि दम हुने सम्भावना रहन्छ ।

लक्षण

दमको मुख्य लक्षण खोकी लाग्ने, खोक्दा खकार निस्कने, श्वास फेर्न गाह्रो हुने हुन्छ । सुरुमा हिँड्दा, उकालो–ओरालो गर्दा श्वास बढ्छ । पछि गएर बसिरहँदा पनि श्वास बढ्न सक्छ । त्योबाहेक कसैकसैलाई छातीमा दुख्ने पनि हुन सक्छ । दम भएका मानिसलाई खोक्दा रगत आउने पनि हुन्छ । क्रोनिक ब्रोन्काइटिस रोगमा रगत आउँछ ।

क्षयरोगले फोक्सो बिग्रेको छ भने पनि खोक्दा रगत आउन सक्छ । त्यस्तै, साना ट्युमर, क्यान्सरले पनि खोक्दा रगत आउन सक्छ । खकारमा रगत देखियो भने त्यसलाई सहज रुपमा लिनु हुँदैन, चेकजाँच गराउनुपर्छ । कहिलेकाहीँ धेरै खोक्दा सामान्य रुपमा घाँटीबाट मात्रै पनि रगत आएको हुन सक्छ, तर चेकजाँच त गराउनैपर्छ ।

त्यस्तै, कहिलेकाहीं छातीमा पानी जमेर पनि सास फेर्न गाह्रो हुन्छ, तर वास्तविकता पत्ता लगाउन शरीरको चेकजाँच गराउनुपर्छ । चेकजाँच विभिन्न किसिमका हुन्छन् ।

उपचार

दमको उपचार रोग हेरेर हुन्छ । विभिन्न किसिमका रोगका कारण श्वास फेर्न गाह्रो हुने भएकाले पहिले कुन रोगका कारण श्वास फेर्न गाह्रो भयो भन्ने पत्ता लगाउनुपर्छ र त्यस रोगको उपचार गर्नुपर्छ ।

दमका रोगीले खाने, पिउने, सुँघ्ने औषधि पाइन्छ । अहिले कति बिरामीको गलत धारणा छ कि औषधिले बानी पर्छ कि भन्ने । जस्तो, औषधि खाएका बेला वा सुँघेका बेला मात्रै निको हुने हो कि भनेर ठान्ने । तर, कतिपय रोग औषधि खाएर सुँघेर पूरै निको हुन सक्छ ।

रोकथाम

दम छातीकै रोगका कारण हुने हो । त्यसैले सानोमा छातीको संक्रमण देखियो भने त्यसमा पूर्ण उपचार गराउनुपर्छ । त्यस्तै, धुलो, धुँवाबाट बच्नुपर्छ । दाउराको चुलो छ भने धुँवा बाहिर जाने गरी बनाउनुपर्छ । धुलोमा हिँड्दा, काम गर्दा माक्स लगाउन सकियो । त्यस्तै, चुरोट खानु हुँदैन र चुरोट खानेको वरिपरि बस्नु पनि राम्रो होइन । सामान्यतः फोक्सोलाई स्वस्थ राख्न सकियो भने दमरोगबाट बच्न सकिन्छ । फोक्सो मात्रै होइन, हामीले शरीरको सम्पूर्ण भाग, अंगलाई स्वस्थ राख्नैपर्छ ।

दमरोगको मात्रै कुरा गर्दा छातीको कुनै संक्रमण देखियो भने चेकजाँच गराएर डाक्टरको सल्लाहअनुसार औषधोपचार गराउनुपर्छ । औषधि खाने, सुँघ्ने विधि जान्नुपर्छ । निरोगी मानिसले कुनै पनि रोगबाट जोगिन खानपान, व्यायाम र आफ्नो वातावरणमा ध्यान दिनुपर्छ ।

(डा. दिलजान मंसूरले दमरोग विशेषज्ञ डा. रमेश चोखानीसँग गरेको कुराकानीमा आधारित)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: