Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

जाजरकोटमा मात्रै ८० हजार जनता गरिब

\"Karnali_old_People\" जाजरकोट । जाजरकोटमा १३ हजार घरपरिवार गरिब रहेको पाइएको छ । जिल्लाका २७ हजार ४०७ घरपरिवारसँग लिइएको लगतअनुसार १३ हजार ९९५ घरपरिवार गैरगरिब रहेको तथ्याङ्कले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जाजरकोटमा ३० हजार घरपरिवार अर्थात् एक लाख ७१ हजार बढी जनता रहेको देखिन्छ । त्यस अनुसार करिब ८० हजार जनता गरिब रहेका छन् । सरकारले विभिन्न १८ वटा सूचकका आधारमा सङ्कलित तथ्याङ्कअनुसार जाजरकोटमा आठ हजार ४७४ घरपरिवार गरिब रहेको र अन्य चार हजार ९३८ घर परिवारको तथ्याङ्क पनि रुजु गर्ने काम भइरहेकाले जिल्लामा १३ हजार बढी गरिब घर परिवार रहेको गरिब घरपरिवार सहयोग समन्वय बोर्ड सचिवालयका सदस्य भेषराज रिजालले बताए । उनले सरकारको नीतिअनुसार असार मसान्तभित्र सबै गरिब घरपरिवारको विवरण तयार गरिसक्नुपर्ने भएकाले आफूहरुले सबै संयन्त्र प्रयोग गरेर काम गरिरहेको बताए । उनका अनुसार बसोबास, खानेपानी, बिजुली, सडक कृषि उत्पादन रोजगारी, शिक्षा स्वास्थ्यको सुविधाको अवस्था र भौगोलिक उपस्थितिलगायतका १८ वटा सूचकका आधारमा गरिएको तथ्याङ्क सङ्कलनले जिल्लाको झन्डै आधा जनसङ्ख्या गरिबीको रेखामुनि रहेको देखिएको हो । विभिन्न सूचकका आधारमा सङ्कलन गरिएको तथ्याङ्कअनुसार जिल्लाको झन्डै ८० हजार जनता गरिबीको रेखामुनि रहेको उनको भनाइ छ । जिल्ला विकास समितिका विभिन्न कार्यक्रममा कार्यरत सामाजिक परिचालक र गाविसका कर्मचारीमार्फत गरिब घरपरिवारको लगत सङ्कलन गरिएको थियो । सदरमुकाम खलङ्गामा गरिएको एक कार्यक्रममा जिल्लाबाट गरिब घरपरिवार पहिचानका लागि गरिएको तथ्याङ्क सङ्कलन भरपर्दो नभएको गुनासो उठेको थियो । गरिब घर परिवार पहिचानका लागि गुनासो सुनुवाइ गर्न आयोजित कार्यक्रममा सरकारी कर्मचारी राजनीतिक दलका नेता, पत्रकार र नागरिक समाजका प्रतिनिधिले जिल्लामा भरपर्दो तरिकाले गरिब घर परिवारको पहिचान गर्ने काम नभएकाले धेरै गरिब छुट्ने र गैरगरिबको सूचीमा पर्नसक्ने सम्भावना रहेको बताए । एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले दक्ष जनशक्तिको परिचालन र उपयुक्त पारिश्रमिकको अभावले जिल्लामा सङ्कलन गरिएको विवरणमा सत्यता कम रहेको बताए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पनि तथ्याङ्क सङ्कलन गर्न गएका गणकले सबैको घरमा पुगेर विवरण सङ्कलन नगरेको भन्ने व्यापक गुनासो रहेको बताए । त्यस्तै गाउँबाट सङ्कलन गरिएका फारम पनि जिल्लामा रुजु र जाँच नगरेर एकै पटक केन्द्रमा पठाइएकाले गरिब घर परिवारको पहिचानमा निष्पक्षतामा समस्या उत्पन्न हुन सक्ने नेपाली काँग्रेसकी नेत्री सरिता सिंहले बताइन् । तथ्याङ्क सङ्कलनका क्रममा कोही गरिब घर परिवार छुट्न गएको भए या गैरगरिब सूचीमा परेको पाइएमा उजुरी निवेदन दिनसक्ने व्यवस्था गरिएको सचिवालयका सदस्य रिजालले बताए । लोक कल्याणकारी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सरकारले २०७० वैशाखदेखि मुलुकका २५ जिल्लामा गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको छ । आगामी वर्षदेखि गरिब घर परिवारको नामावली सार्वजनिक तथा परिचयपत्र वितरणको काम हुने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending