Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नेपालीलाई बन्दी बनाएर मानसिक यातना दिदै भारत

\"Satlokधार्मिक आस्थाका कारण भारतको हिसार हरियाणा सतलोक आश्रमबाट डेढ वर्षअघि पक्राउ गरी हिरासतमा राखिएका नेपाली श्रद्धालुलाई भारतीय प्रहरीले आतङ्कवादी भन्दै मानसिक यातना दिइरहेको पाइएको छ ।

पूर्णब्रह्म कवीर उपासक समाजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जमानतमा रिहा भएका श्रद्धालुले उक्त जानकारी दिए ।

हिरासतमा राखिएकालाई निर्वस्त्र पारी कुटपिट गर्नाका साथै आफूहरुसँग रहेका रूपैयाँ, घडी र सुनको सिक्री समेत लुटिएको उनीहरुले बताए । विसं २०७१ कात्तिकदेखि मङ्सिर २ गतेसम्म सतलोक आश्रममा भएको प्रहरी कारबाहीमा २४ नेपाली श्रद्धालुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये सुनसरीका मुकेश कार्की, भक्तपुरका उमराज ढकाल, धनुषाका गणेश महतो, सन्तोष साह, रामचन्द्र यादव र अन्जारूल मियाँ, महोत्तरीका शिवपूजन साह, सिरहाका रामसोगारथ महतो, राजेन्द्र सादा, शिवचन्द्र यादव, भूप सिंह र उपेन्द्रप्रसाद सिंह, पाँचथरका गणेश गिरी, रौतहटका दिनेश महतो र उमेश महतो तथा कञ्चनपुरका सुरेश भट्टलाई केही महिना हिरासतमा राखेपछि कुनै कसुर प्रमाणित नभए पनि अदालतले भारु एक लाख जमानत ठहर गरेको समाजका अध्यक्ष केशवप्रसादले बताए ।

उनले सुनसरीका लक्ष्मण बस्नेत, धनुषाका ईश्वर श्रेष्ठ, काठमाडौँका राजकुमार गिरी, बर्दियाका नन्दराम खैराहा, कञ्चनपुरका योगेन्द्र चन्द, मोरङका सुरेश राई, सिरहाका विजय साह र विनोद यादव हिरासतमै राखी राजद्रोही मुद्दा लगाउने षड्यन्त्र भइरहेको आरोप लगाए ।

उनीहरुलाई भारतीय कारागारमा हिरासतमा राखी चरम यातना दिने कार्य भइरहेकाले रिहाइको पहल गरिदिन पीडित परिवारजनले नेपाल सरकारसँग आग्रह पनि गरेका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending