म अनेरास्ववियुको राजनीति गरेर यहाँसम्म आएँ, म के कुरामा प्रष्ट छु भने– मैले जुन थालमा खाएँ, त्यो थालमा थुक्नुहुँदैन । जसले मेरो कलाकारिताको सिर्जनामा गहिरो सन्देश र व्यंग्य हुनुपर्छ भनेर सिकायो, त्यस धरातलप्रति म कृतज्ञ हुनैपर्छ ।ओलीजीबारे बाहिर जस्तो चर्चा हुनेगर्छ, त्योभन्दा फरक शैली उहाँमा छ । उहाँ धेरै रमाइलो मान्छे हो । उहाँ हामीलाई आफूले लेखेका व्यंग्य–कविता सुनाउने गर्नुहुन्छ । कविता सुन्न उहाँसमक्ष भौतिक रुपमै उपस्थित हुन नसकिएको खण्डमा उहाँ मलाई फोनमा पनि कविता सुनाउने गर्नुहुन्छ । सुनाएर मात्र उहाँलाई चित्त बुझ्दैन भन्ने मैले राम्रोगरी बुझेको छु । उहाँ ‘कस्तो छ कविता ?’ भनेर सोध्ने गर्नुहुन्छ । त्यति मात्र नभई हामी साथीभाइहरु जुटेर ओलीनिवासमा गानाबजाना पनि गर्ने गर्छौं । साहित्यिक कुरा पनि एक–आपसमा साझा गर्ने गरिन्छ । आफ्ना कुरा ओलीसँगको मेरो सम्बन्धबारे मैले केही कुरा स्पष्ट पार्नु जरुरी छ । म पहिलाको मालेसँग सम्बद्ध र पछि एमालेसम्बद्ध अनेरास्ववियु पाँचौंको विद्यार्थी राजनीतिबाट उठान गरेको मान्छे । ०५२–०५५ सालतिर आरआर (रत्नराज्यलक्ष्मी) क्याम्पसमा स्ववियु निर्वाचनमा झन्डैझन्डै भाग लिएको मान्छे भएकाले पनि एमलेप्रति मेरो सद्भाव रहने कुरा स्वाभाविक छ । तर अहिले म कुनै पनि राजनीतिक वाद र विचारभन्दा माथि उठेर सकारात्मक सोच, उन्नत नेपाल र भाइचाराको सन्देश बोकेर हिँडिरहेको छु । म जुन क्षेत्रमा क्रियाशील छु, त्यसको विकास गर्न पार्टी दायरामा साँघुरिँदा मलाई, राष्ट्रलाई र कलाकारितालाई फाइदा हुँदैन भनेर अहिले म त्यसदेखि माथि उठिसकेको छु । अहिले म कहीं–कुनै पार्टीमा पूर्णरुपमा हुने कुरा अस्वीकार गर्न चाहन्छु । यो कुरा मनोजको ‘गजुरियल’ होइन, ‘रियल’ हो । तर, माथिका कथन भन्दै–गर्दै गर्दा म के कुरामा प्रष्ट छु भने– मैले जुन थालमा खाएँ, त्यो थालमा थुक्नुहुँदैन । जसले मेरो कलाकारिताको सिर्जनामा गहिरो सन्देश र व्यंग्य हुनुपर्छ भनेर सिकायो, त्यस धरातलप्रति म कृतज्ञ हुनैपर्छ । मलाई मेरो विगतको इतिहासले विशुद्ध हँसाउने र मुख बंग्याउने कृत्यको भन्दा फरक सोच्न सिकायो ।
तपाईं मलाई प्रगतिशील विचारबाट प्रभावित कलाकार भन्न सक्नुहुन्छ । मेरो कलामा आएको प्रगतिशीलता माक्र्सवाद र लेनिनवादका कुनै ठेली पढेर विकास भएको होइन । हामी औसत मान्छे नै हौं त्यसैले व्यवहारबाटै सिक्ने गर्दछौं ।कलाकारितामा प्रगतिशीलतासहितको सन्देश हुनुपर्छ भनेर सिकाएकामा र मलाई विषयवस्तु बुझ्ने दृष्टिकोण प्रदान गरेकामा म मेरो धरातल र त्यस इतिहासप्रति कृतज्ञ हुनैपर्छ । त्यसैको प्रभाव भन्नुपर्छ– मेरो कलाकारिताले सधैं नै गरिखाने वर्ग, शोषित–पीडितको आवाज र आवाजविहीनहरुको आवज बनेर मञ्चमा जिम्मेवार हुन सिकायो । त्यसैले मैले गर्ने विभिन्न कलाकारितामा त्यो वर्ग र निर्माताहरुप्रति मेरो सम्मान देख्न सक्नुहुन्छ । यस अर्थमा तपाईं मलाई ‘प्रगतिशील विचारबाट प्रभावित कलाकार’ भन्न सक्नुहुन्छ । यसबीच मैले धेरैसँग काम गरें तर पाठकसमक्ष म ‘सामना परिवार’ को नाम लिन चाहन्छु । मणि थापाले नेतृत्व गर्ने ‘सामना परिवार’ मा पनि मैले २–३ वर्ष काम गरें । तर, म त्यस्तो कामलाई ‘गजुरियल’ शैलीमा ‘आन्तरिक पर्यटन’ को रुपमा ‘त्यता गएको’ भन्ने गर्छु । मेरो कलामा प्रगतिशीलता माक्र्सवाद र लेनिनवादका कुनै ठेली पढेर विकास भएको होइन । हामी औसत मान्छे नै हौं त्यसैले हामीले व्यवहारबाट सिक्ने गर्दछौं । हामी कहीं पनि सम्बद्ध हुने भनेको त्यसका नेता देखेर हो । उसका व्यवहार, प्रभाव र शैली देखेर लाग्ने गर्छौं । कसैको पछि लाग्दैनौं भने उसको जीवनशैली, उसको व्यवहार देखेर नै नलाग्ने हो । मैले मेरो कलापक्षमा थोरै मार्क्सवादलाई जोडेको छु तर पछिल्लो चरणमा पार्टीहरुको कुरा गर्नुभयो भने मेरो विचारमा पार्टीले कुन विचार बोकेको छ भनेर अब मानिस लाग्ने गर्दैनन् । त्यसकारण मैले आफ्नो विचारमा ठ्याक्कै खोजेजस्तो नेता, खोजेजस्तो पार्टी, एक सय प्रतिशत शुद्ध कहीं–कोही प्राप्त गर्न सकेको छैन । ओलीको शारीरिक नक्कल नगर्नुका कारण ओलीजीको शारीरिक नक्कल मैले आजसम्म गरेको छैन । यसको कारण के भने मैले कसैको पनि शारीरिक नक्कल गर्नुपर्दा कम्तिमा पनि उसको ७० प्रतिशतसम्म हाउभाउ पस्कन सक्ने हुनुपर्छ । तर, ओलीजीको सन्दर्भमा मेरो शरीरले साथ दिँदैन । बोलीमा मैले नै हो ओलीजीको नक्कल गरेको । पछि सीताराम कट्टेल (धुर्मुस) ले ‘दाइ ! तपाईंको ओलीको क्यारिकेचर म गर्छु’ भनेपछि मैले ‘हुन्छ’ भनेर उहाँलाई नै गर्न दिएँ । पछि उहाँ धेरै नै सफल पनि हुनुभयो ।
हामीले कुनै व्यक्तिको नक्कल गर्दैगर्दा त्यो नक्कल मात्र नभएर त्यस प्रवृत्तिमाथि गरिएको व्यंग्य समेत हो । ओली त्यस व्यंग्यका लागि प्रमुख र उपयुक्त व्यक्ति हुन् ।ओलीजी नेपालको राजनीतिमा अहिले पनि एउटा धारको नेतृत्व गर्ने नेता हो । अधिकांश हास्य व्यंग्यकार ओलीको टुक्काबाट प्रभावित छन् । हामीले कुनै व्यक्तिको नक्कल गर्दैगर्दा त्यो नक्कल मात्र नभएर त्यो प्रवृतिमाथि गरिएको व्यंग्य हो । ओली त्यस व्यंग्यका लागि प्रमुख र उपयुक्त व्यक्ति हो । गजुरेलमाथि ओलीको टिप्पणी ‘देशमा हँसाउने उद्योग खोलेका छौं भन्नेहरु पनि छन्, तर उनीहरु हँसाउन नै जान्दैनन् । उनीहरुले खोलेका उद्योगभन्दा धेरै त मैले दिनमा यसै सुट्ट–सुट्ट भनिरहेको हुन्छु । उनीहरु घोकेर, लेखेर, अनेक गरेर गर्छन् तर मैले त यस्सै च्वास्स पार्दिने गर्छु ।’ (ओली स्वयम्ले उनकै निवासमा मनोज गजुरेलबारे खबरडबलीसँग गरेको टिप्पणी) केपी ओलीका पाँच ‘गजुरियल’ रहस्य १. केपी ओलीले आफ्नो जोक सुनाउन बालकोटमै रागिनी उपाध्याय हुनुहुन्छ, हरिवंश आचार्य र मनोज गजुरेललाई घर किनिदिएका छन् । २. केपीको हातमा–घरमा घडी नै छैन त्यसैले उहाँ प्रत्येक कार्यक्रममा दुई–तीन घन्टा ढिलोगरी पुग्ने गर्नुहुन्छ । ३. एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नी पत्नी राधिका श्रेष्ठबाहेक अरुले पकाएको खानेकुरा कहिल्यै खाँदैनन् भन्ने कुरा सत्य होइन । ४. कुनै नयाँ तुक्का भन्नुअघि उनी लेखक खगेन्द्र संग्रौलाको घरमै पुगेर अन्तरंग गर्छन् । भेट सम्भव नभए फोनबाटै भए पनि कुरा गरेर मात्र भाषण गर्न जान्छन् । ५. हिन्दी, अंग्रेजी मात्र होइन, कमरेड ओली चाइनिज पनि राम्रोसँग बोल्न सक्दैनन् । गत नयाँ वर्षमा चिनियाँ दूतावासको रात्रीभोजमा उनले चाइनिज भाषामै सम्बोधन गरेका चिनसँगको सम्बन्धलाई बलियो बनाउने प्रयास गरेका थिएनन् । यो पनि पढ्नुहोस्
प्रतिकृया लेख्नुहोस्: