म १७ बर्ष जेल परेको मान्छे, मलाई कुनै पद पनि चाहिएको छैन । तर, कान्छो छोरालाई डाक्टर पढ्न सहयोग गरेहुन्थ्यो भन्ने छ । मैले एमालेलाईमात्र होइन देशलाई धेरै गुन लगाएको छु । अहिले पार्टीले मलाई कुनै वास्था गरेको छैन ।यसै कारणले मेरो विवाह मोदनाथ जीले गरिदिएको बाहिर चर्चा भएको छ, यो वास्तविक होइन । वास्तविक कुरा के हो भने बालकुमारी जीले पनि विवाह गरेको हुनुहुन्न भन्ने थाहा भएपछि, मैले जीवराज आश्रितलाई भनेको हुँ । ‘मेरो उहाँसंग(बालकुमारी) चिनजान छ । केटी पनि राम्रै लागेको छ । उहाँले मान्नुभयो भने म विवाह गर्छु ।’ जवाफमा जीवराज जीले बालकुमारी जीको मामालाई म चिन्छु भन्नुभयो । ‘म मदन पोखरा धेरैपटक गएको छु । बसेको पनि छु । तर, उहाँको विवाह भएको छ कि छैन थाहा छैन । उहाँलाई देखेको त होला, चिनेको चाहिँ छैन’ भन्नुभयो ।
बालकुमारी जीले मेरो उमेरहदको कारण देखाउँदै बिवाह गर्न मानिनन् भन्ने कुरो पार्टीको साथीमार्फत पछि थाहा पाएँजेलबाट छुटेपछि हामी मदन भण्डारीसँग पोखरा गएका थियौं । त्यहाँ सबै नेता गएका थिए । भरतमोहनसंग पनि मेरो भेट भयो । भरतमोहनलाई मैले भने–लहै दाजु तपाईको चेलीसंग विवाह गर्नुपर्लाजस्तो छ । म तपाईसंग चेली माग्न आउँछु । त्यसपछि मात्र जीवराज जीले बालकुमारीको मामा, मेरो मामा ससुरा सोमनाथ जीसँग प्रस्ताव राख्नुभएको हो । [caption id=\"attachment_78691\" align=\"alignleft\" width=\"400\"] मोहनचन्द्र अधिकारी र उनकी जीवनसंगिनी बालकुमारी खनाल[/caption] मेरो विवाह हुनु करिब २ महिना अघिको कुरा हो । म त्यतिबेला डेरा सरेको थिइन । म अफिसमै बस्थें । एक दिन गंगा कसजु (बालकुमारीको साथी) तपाईसंग कुरा गर्नु छ भन्दै पाल्पाबाट मलाई भेट्न आउनुभयो । उहाँले मलाई भन्नुभयो– ‘तपाईले मेरो साथीसँग विवाह गर्छु भन्नुभएको रहेछ, उहाँमा खास के देख्नुभयो ?’ जवाफमा मैले तपाईको साथीको अनुहारको बनोट, केशको सिंगार देखेर विवाह गर्छु भनेको होइन भनेँ । उहाँपनि अनम्यारिड रहेको सुने र म पनि अनम्यारिड भएको हुँदा उहाँले माने विवाह गर्छु भनेको हुँ । केही समय कुरा गरेर गंगा जी जानुभयो । बालकुमारी जीले मेरो उमेरहदको कारण देखाउँदै बिवाह गर्न मानिनन् भन्ने कुरो पार्टीको साथीमार्फत पछि थाहा पाएँ । विवाह हुने÷नहुने कुनै टुंगो लागि सकेको थिएन । पार्टीमार्फत कुरा अगाडि बढिरहेको थियो । एक दिन बुटवलमा हाम्रो कार्यक्रम थियो । जीवराज जी आउनुभएको थियो । मदनपोखराबाट माष्टरहरु पनि आएका रहेछन् । बालकुमारी जी पनि बुटवल आएको कुरा जीवराज जी ले मलाई जानकारी दिनुभयो । म यसो पान खान जाँदा एउटा महिला देखें र उसँग एउटा केटी पनि देखेको थिएँ । उनी बालकुमारी नै थिइन । म पान खाएँ र आएँ । म त भाषण गर्ने माान्छे । त्यतिबेला म राम्रै भाषण गर्थें । भाषण सकेपछि साँझपख सिद्धिलाल जीले (पाटनका पुराना नेता ) बालकुमारी जीलाई लिएर आउनुभयो । एकछिन कुरा गरेपछि ‘ल दुईजना कुरा गर्नुहोस’ भनेर उहाँ जानुभयो । हामी दुई जना एकछिन के भन्ने भनेर अलमलमा पर्यौं । पछि मैलेनै विवाह गर्ने प्रस्ताव राखें । उहाँले हुन्छ भन्नुभयो । मैले पनि हुन्छ भनिदिएँ ।
हामी दुई जना एकछिन के भन्ने भनेर अलमलमा पर्यौं । पछि मैलेनै विवाह गर्ने प्रस्ताव राखें । उहाँले हुन्छ भन्नुभयो । मैले पनि हुन्छ भनिदिएँ ।करिब दुईमहिना पछि ०४७ साल माघ २४ गते पाटनबाट हाम्रो विवाह भयो । विवाहको सम्पूर्ण व्यवस्था मदन भण्डारीले मिलाउनुभएको हो । विवाहमा प्रधानमन्त्री किसुनजी, मदन भण्डारी, मनमोहन अधिकारी, जीवराज आश्रित, सिपी मैनाली, आर्के मैनाली लगाएत सबै आएका थिए । विवाहको निम्तो तत्कालिन राजा विरेन्द्रलाई पनि पठाइएको थियो । उहाँ आउनुभएन । गिरिजा प्रसाद कोइराला विराट नगर भएको हुँदा आउनु भएन । विवाहमा श्रीमती जीले मज्जाले भाषण गर्नुभयो । तर, मलाई आफ्नै विवाहमा बोल्न एकदम धक लाग्यो । बोल्न सकिन । राजनीतिक भाषण भए पो गरिन्थ्यो । बल्लतल्ल बोल्ने प्रसंग ल्याउन लागेको थिएँ, प्रधानमन्त्री किसुनजी आइपुग्नुभयो । उहाँले अब त मेरो पालो भनेर माइक खोस्नु भयो । त्यहाँ हाँसोको पोहरा छुट्यो । यसरी पार्टीको इनिसेसनमा भएको विवाह धेरै रमाइलो भयो । [caption id=\"attachment_78692\" align=\"alignleft\" width=\"356\"] मोहनचन्द्र अधिकारी[/caption] म अहिले खुसीनै छु । बुढेसकालमा विवाह भएपनि आजसम्म घरमा कुनै ठाकठुक भएको छैन । म अहिले ७९ बर्षको भएँ । मेरी श्रीमती ५३ बर्षकी भइन् । उनी बुझेकी शिक्षित महिला हुन् । विवाह भएको अहिले २५ बर्ष भयो । दाम्पत्य जीवन राम्रोसंग वितिरहेको छ । काठमाडौंको नैकावमा श्रीमतीलेनै दुःख गरेर सानो एउटा घर बनाएकी छिन् । मेरा दुईटा छोरा छन् । जेठो राघबचन्द्र अधिकारी र कान्छो दिब्यचन्द्र अधिकारी । जेठाले अहिले एमबिबिएस सकेको छ । कान्छोलाई डाक्टर बनाउने धोको छ । पुरा भएको छैन । ०००० मेरी श्रीमतिको नराम्रो पक्ष म केहिपनि देख्दिन । मलाई विवाह गर्न किन अस्वीकार गरेकी भनेर अहिले निहुँ खोज्ने कुरा आएन । उनी एकदम व्यवहारिक छिन । घर व्यवहार सबै उनलेनै सम्हालेकी छिन् । मैले पार्टी छोडेको पनि धेरै बर्ष भइसकेको छ । अहिले एमालेको कार्यालयबाट ५ हजार आउँछ, त्यसले मलाई औषधी खान पनि पुग्दैन । कान्छो छोरा जन्मेको बेला धेरै दुःख भयो । मैले पार्टी छोडेको बेला थियो । घर श्रीमतीको जागिरले जिनतिन चलेको थियो । दोस्रो आम्दानी केहि थिएन । एक पाउण्ड दुधमा पानी फिटेर बच्चालाई खुवाउँथ्यौं । कोठामा खाने सामान केहि थिएन । भाडा तिर्ने पैसा पनि हुन्थेन । परिवारमा धेरै अभाव सिर्जना भयो । मेरी श्रीमती माइतीतिर पुँजीवादी सोंचमा हुर्केको महिला । घरमा धेरै सघर्ष गर्नुपर्यो । यस्तो अवस्थामा पनि श्रीमतीले हरेस नखाई व्यवहार सम्हालीन् । हाम्रो घर थेक्नुमा सासुआमाको ठुलो हात थियो । उहाँ पनि बित्नुभयो । अहिले जिनतिन परिवार चलिरहेको छ । ००० मलाई एमालेप्रति केही गुनासो छैन । म १७ बर्ष जेल परेको मान्छे, मलाई कुनै पद पनि चाहिएको छैन । तर, कान्छो छोरालाई डाक्टर पढ्न सहयोग गरेहुन्थ्यो भन्ने छ । मैले एमालेलाईमात्र होइन देशलाई धेरै गुन लगाएको छु । अहिले पार्टीले मलाई कुनै वास्था गरेको छैन । तैपनि म सन्तुष्ट छु । प्रस्तुतिः गणेश पाण्डे
प्रतिकृया लेख्नुहोस्: