Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

दुई महिने दूधे बालककी आमालाई कर्तव्य ज्यान मुद्दा

\"images\"भीमदत्तनगर । बाइस वर्षीया रचना चन्द रक्तचाप रोगले थला परेकी ५७ वर्षीया वृद्धा आमा कल्पना मल्ललाई भेट्न दुई महिने दूधे बालकलाई लिएर माइतीघर पुगिन् । गत जेठ १ गते कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा रहेको माइत पुगेकी रचनाले बिरामी आमाको हेरचाह गरिरहेकै बेला एकाएक जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेकी छन् । चम्फापुर गाउँमा स्थानीय रामदुलारी रानाको हत्या भएपछि सोधपुछका लागि रचनालाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ल्याए पनि प्रहरीले अन्ततः उनीमाथि कर्तव्य ज्यान उद्योग जस्तो गम्भीर प्रकृतिको मुद्दा दायर गरेपछि उनी छानाबाट खसे झैँ भएकी छन् । “आमा भेट्न दुई महिने सुत्केरी माइत आएकी बहिनीलाई ज्यानसम्बन्धी महलमा कारबाहीका लागि मुद्दा दर्ता गरियो” रचनाका दाइ नागेन्द्र मल्लले भने । कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भएकी एक छोरा एक छोरीका आमा रहेकी रचनाका श्रीमान् यतिबेला सेनाको मिसनमा देश बाहिर छन् । चम्फापुरकी रामदुलारी रानाको प्रेम सम्बन्ध रचनाका दाइ प्रकाश मल्लसित भएको भन्दै प्रहरीले रचना, प्रकाश मल्ल, उनका बुबा इन्द्र मल्ल र दुईवटा भाउजू मीना, लक्ष्मी मल्ल र कान्छी आमा डम्बरा मल्ललाई हिरासतमा राखेको छ । “सिङ्गो परिवारलाई हत्याको आरोपमा मुद्दा चलाएर हिरासतमा राखियो” इन्द्र बमका जेठा छोरा नागेन्द्रले भन्नुभयो– “प्रहरीले निष्पक्ष छानबिन गरोस्, दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो ।” “रामदुलारीसित भाइ प्रकाशको प्रेम सम्बन्ध रहेको भए पनि मेरी बहिनीको के दोष छ र उनीमाथि मुद्दा चलाइयो रु”– नागेन्द्रले भने । गत जेठ १८ गते राति घरबाट भागेकी रामदुलारीको शव २२ गते गाउँकै झाडीमा भेटिएको थियो । रचना र उनका भाउजूहरुलाई प्रहरीले २४ गते माइतबाटै नियन्त्रणमा लिएको नागेन्द्र मल्लले बताए । उनले आफ्नो परिवार उत्त घटनामा संलग्न नरहेको दावी समेत गरे । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले गत जेठ २४ गते हत्या गरिएका रामदुलारी रानाका ससुरा पदम रानाले दिएको जाहेरीका आधारमा रचनासहित मल्ल परिवारका छ जनामाथि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको जानकारी दिए । “घटनाको बारेमा अनुसन्धान भइरहेको छ” प्रवक्ता खनालले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending