आषाढ़ ३ गते, २०७३ शुक्रवार 17th June, 2016 Fri१५:०७:२४ मा प्रकाशित
राजनैतिक विस्तारक्रमसँगै विभिन्न टुक्रामा विभाजित माओवादीबीचको एकतापछि नेपाली क्रान्तिको सम्भावना एवम् चुनौती गम्भिर प्रक्रियामा आई खडा भएको छ । कम्युनिष्ट क्रान्तिकारीहरु विचार, राजनैतिक दृष्ट्रिकोणले भएको एकताले विश्व साम्राज्यवादी शक्तिहरु बीच निराशा पैदा गरेको छ भने सर्वहरा वर्ग र परिवर्तनकारीहरुका क्रान्तिकारी आशा थप पैदा भएको छ ।
विचार राजनैतिक दृष्ट्रिकोणले माक्र्सवाद, लेनिनवाद माओवादी विचारलाई आजको विज्ञान प्रविधि विकास र अर्थतन्त्रमा भएको भुमण्डलीकरणले गर्दा क्रान्तिकारी विकासका निम्ति पार्टी एकता ऐतिहासिक आवश्यकता थियो । सोही आवश्यकता अनुरुप भएको पार्टी एकतापछि माओवादी धारलाई सार्वभौम मान्ने निम्न तथा मध्यमवर्ग स्वतन्त्रता नागरिकहरुमा एकताले निकै उत्साह पैदा गराएको छ ।
त्यससँगै पार्टी एकतापछि रुपमा क्रान्तिकारी सर्वहारा, सारमा दक्षिणपन्थी सुधारवादी चिन्तनले ग्रसित, सकीर्ण जडसुत्रीय विसर्जनवादीहरुमा निकै निरासा, बिचलन प्रक्रियाको आरम्भ भएको छ । विचार कुनै त्यस्तो जडसुत्रीयवस्तु नभई निरन्तर विकास गर्दै समान परिवर्तनको नेतृत्व गर्ने क्रान्तिकारी हतियारको रुपमा प्रयोग गर्न सकेमा त्यो विचार वैज्ञानिक र वस्तृनिष्ट बन्न सक्छ । यदि त्यसो हुन सकेन भने त्यही विचार समाज परिवर्तनको बाधक बन्न पुग्दछ । त्यतिबेला समाजले नयाँ विचार, नयाँ नेतृत्व खोज्न बाध्य हुन्छ भने अर्को समाज विकास र विश्व परिस्थितीलाई बुझ्न नसक्दा पनि कतिपय अवस्थामा भ्रम र अन्यौल पैदा हुनु स्वभाविक हुन्छ नै । ताकि माओवादी क्रान्तिकारीहरुमा पनि यो लागु भयो । यो कुनै व्यक्ति विशेषले रोक्न सक्दैन थियो र सक्दैन पनि किनकी विचार चेतना भनेको अदृश्य नभई तुगत र सामाजिक रुपमा रहेको अन्तरविरोध हो । त्इसैले अन्तरविरोध कुनै स्थायी वस्तु होइन, विश्व साम्राज्यवादी विकासले मजदुर, उत्पीडित जाति समुदायका विकास भएको विद्रोहको वैचारिक चेतनाकै अन्तरविरोधमा पनि नयाँ आधारमा नयाँ एकता र संघर्ष रुपान्तरणको आवश्यकता हुन्छ । त्यही आवश्यकताकै कारण माओवादी एकता भएको कुरा सबैले बुझन् जरुरी छ ।
पार्टी एकतासँगै अन्तरविरोधमा पनि परिवर्तन आएको छ । विचार राजनैतिक र सांगठनिक रुपमा अन्तरसंघर्षको स्वरुपमा फरक आएको छ । यो आउनु पनि पर्दछ । दुई प्रवृत्ति दुई चिन्तन बिचको संघर्ष परिवर्तन र रुपान्तरणको निम्ति महत्वपूर्ण खेल्ने गर्दछ । एकतापछि संगठन विस्तार र समायोजनमा दुई अतिहरु निकै सतहमा आएको छ । यसले पार्टी पुनर्निर्माणको निम्ति नेतृत्वलाई गम्भिर बनाएको छ र गम्भिर बन्न दबाब पु¥याएको छ । पार्टी एकतापछिको अन्तरविरोधलाई अबको विचार, संगठन निर्माणको महत्वपूर्ण शिक्षाको रुपमा ग्रहण गरेर मात्र नयाँ पार्टी, नयाँ संगठन निर्माण गर्न सक्नेछ यो पनि एकतापछि पार्टीको मुल नेतृत्व र त्यसको वरिपरी रहेका नेतृत्वमा आएको समान धारणा विकास गरेर मात्र यो अन्तरविरोधको सहि पहिचान गर्न सकिन्छ ।
अबको समस्यालाई हल गर्ने भनेको विचार राजनैतिक अनुरुपको कार्यदिशा रणनीति र कार्यनीति मुद्दाबीच सांगठनिक संरचना निर्माण गरेर मात्र विद्यमान अन्तरविरोधलाई सम्बोधन गर्न सक्छ । पार्टीको सातौँ महाधिवेशनद्धारा पारित सामाजवादी रणनीति अन्तर्गत हल खोज्नु वैज्ञानिक विधि हुन्छ । किनकी राष्ट्रिय अन्तरविरोधमा संघीय गणतन्त्र सहित संविधानलाई कार्यान्वयन गर्ने र नगर्ने बीचको अन्तरविरोध प्रधान भएर आएको छ । त्यसैले आन्तरिक र बाह्य दुवै दृष्ट्रिकोणले गम्भिर बहसको आवश्यकता निकै वस्तुगत रुपमा देखा परेको छ । वस्तुगत आवश्यता र पार्टीले तयार पारेको कार्यदिशालाई जीवन व्यवहारमा लागु गर्ने संगठनात्मक संरचना आजको प्रमुख आवश्यकता हो ।
नेपाली कम्युनिष्ट आन्दोलनले दिर्घकालीन जनयुद्धको रणनीति हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र संविधानसभा मार्फत स्थापित गर्ने कार्यनीति अनुरुप शान्ति प्रक्रिया समाजवादी रणनीतिका विचार राजनैतिक रुपले विकास गरी सुकेको वस्तुगत यथार्थतालाई आत्मसात गरी नयाँ चरणमा प्रवेश गरेको छ । यसबीचमा माओवादी आन्दोलनमा विभाजन टुटफुटको चुनौती पनि रह्यो । यही तितो अनुभव सहित फेरि एकताको महत्वपूर्ण चरणमा आई पुरानो अन्तरविरोधलाई निषेध गर्दै नयाँ अन्तरविरोधको सिर्जना भएको छ । एकतापछिको अन्तरविरोधले पार्टी बन्न सक्छ कि सक्दैनन् भन्ने प्रश्न यतिबेला माओवादीभित्र गम्भिर रुपमा खडा भएको छ । निश्चितै पनि यो प्रश्न निकै पेचिलो पनि छ । त्यसैलाई यसलाई हामीले सामान्य रुपमा लिनु हुन्न । कतिले बहस संगठनमा भन्ने तर्क निकै गतिो ढंगले उदाएको छ । तर समस्या संगठनमा मात्र होइन बुझ्नेहरुलाई विचार राजनैतिलाई सैद्धान्तिकीकरण गर्ने सवाल नै एकता प्रक्रियामा निस्केको अन्तरविरोध हो । संगठनात्मक रुपमा आएमो समस्यालाई व्यावहारिक नीतिगत प्रक्रियामा गएर खोज्नु पर्दछ । नीतिगत भन्दा बाहिरबाट हल खोज्दा झन समस्या आउने खतरा रहन्छ भन्ने कुराप्रति सचेतना पक्षको भूमिकाको खाँचो अनिवार्य छ ।
लेखक पूर्वराज्यमन्त्री हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: