Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

२०७४ सालभित्रै सङ्क्रमणकालको अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

\"KP-oli-talking-750\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालभित्रै सङ्क्रमणकालको अन्त्य हुने बताएका छन् । पेशागत महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०७४ सालभित्र सङ्क्रमणकालको अन्त्य गरी मुलुकलाई विकास निर्माणतर्फ डो¥याउने बताए । उनले सङ्क्रमणकालीन व्यवस्थापनमा समय दिनुपर्दा सरकारले देशको विकास निर्माणमा पूरै ध्यान दिन नसकेको बताए । संविधान जारी भएपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने सरकारको सोच हुँदाहँुदै पनि भूकम्पपछिको पुनःनिर्माण अभियान र विभिन्न कानुनको निर्माणमा लाग्नु परेकाले त्यसो गर्न नसकिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले भने – “२०७५ देखि सरकार पूरै विकास निर्माणमा लाग्नेछ ।” एक अर्को प्रसङ्गमा उहाँले अर्थशास्त्रीले समेत बजेटलाई बुझ्न नसकेको गुनासो गरे । “गाउँका जनताले बजेटबारे बुझे तर, अर्थशास्त्रीहरुले बुझेनन्,” उनले भने – “बजेट ठूलो देखेका छन्, कार्यान्वयन गर्दै जाँदा सानो भएको महसुस हुनेछ ।” प्रधानमन्त्री ओलीले वर्तमान सरकारको विचार, बाटो र गन्तव्य स्पष्ट भएको दाबी गरे । “यो सरकार १०४ वर्षे राणा शासन होइन, २४० वर्षे वंश परम्परामा आधारित राजतन्त्र जस्तो पनि होइन,” उनले भने – “वर्तमान सरकार संसद्बाट बनेको हो । मन नपरे त्यहीँबाट फेरिन्छ ।” उनले विभिन्न पेसमा लागेका बुद्धिजीवीले अधिकार मात्र खोज्ने होइन कर्तव्यतर्फ समेत ध्यान दिनुपर्ने बताए । उद्घाटन समारोहमा १६ देशका प्रतिनिधिको सहभागिता देखिएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending