त्यही बेला उनले नबिराई पढे मूल्याङ्कन,नवयुवा, जनादेश र जनएकता । राजनैतिक पार्टीका नेताहरुको आँखामा मदनको बाल क्लब प¥यो ।२०५७ सालमा राजु खड्काले आफ्नो बुवाको कृयाकर्म नगर्ने भएपछि महोत्तरी जिल्लामा ठूलो सांस्कृतिक प्रश्न उठ्यो । उक्त प्र्रश्नको समाधान गर्न काठमाडौंबाट खगेन्द्र संग्रौलादेखि, निनु चापागाईं, आहुति, श्याम श्रेष्ठसम्म महोत्तरी पुगे । त्यही नजिकबाट अग्रज सांस्कृतिककर्मीहरुसँग मदनले छलफल गर्ने अवसर आए । त्यहीबाट उनी नजिक भए श्याम श्रेष्ठसँग । २०५७ सालमा एसएलसी सकेपछि मदन श्याम श्रेष्ठको ठेगाना खोज्दै काठमाडौंतिर हुइँकिए । निषाको राजनैतिक सुरुवात मदनको कुरा सुन्दै निषा बसेर मुस्कुराउँदै थिइन् । मदन बोल्दै गर्दा निषाले थपिन्–बडो अनौठो मेल भयो हाम्रो जीवनमा । निषाको मूल घर सिराहाको निपनिया । स्कुलको धुलेमाटो गोलबजारमा बिताइन् । छिटीमा तरकारी बोकेरै बिताइन् स्कुले जीवन । स्कुलबाट थाकेर घर आउँदा भेट्थिन् एकता केन्द्रका नेताहरु । तत्कालीन एकता केन्द्रका भूमिगत नेताहरु नाराणयकाजी श्रेष्ठ ‘प्रकाश’, गिरीराजमणि पोखरेल, लिलामणि पोखरेल, आहुतिसम्मको पूर्वी सेल्टर थियो उनकोे घर । उनीहरु रातरातभर क्रान्ति र संघर्षबारे कुराकानी गरेर बस्ने गरेको निषा सम्झिन्छिन् । उनी भन्छिन्, ‘भूमिगत नेताहरुको पूर्वको स्टेशन थियो हाम्रो घर । उहाँहरु रातरात भर बैचारिक छलफल गरेर बस्नु हुन्थ्यो ।’ नेताहरु कयौंदिन निषाको घरमा बस्थे । उनीहरुलाई खाना खुवाउनेदेखि विरामी पर्दा हेरचाह गर्नेसम्मको काम निषाले गरिन् । राजनैतिक अवचेतनकैबीच निषाले धेरै सहयोग गरिन् । घरमा नेताहरुको आउजाउ बाक्लिन थालेपछि निषालाई बिस्तारै राजनैतिक पर्यावरणले छुन थाल्यो । नेताहरुका कुराले उनको चेतनाको पर्दामा हिकाउँन थाल्यो । विस्तारै निषालाई मनपर्न थाल्यो नेताहरुको आगमन । मनभित्र हुर्कन थाल्यो राजनैतिक चेतना । निषाको सम्पूर्ण परिवार राजनैतिक परिवार भएपनि छोरीलाई राजनीति गर्ने अधिकार थिएन । निषाभित्र परम्पराको घुम्टो च्यात्ने विद्रोही चेत दिनानुदिन हुर्कदै गयो । उनले विद्रोह गर्नुपर्ने परिवारसँग, समाजसँग, सत्तासँग र व्यवस्थासँग । तर सजिलो थिएन । निषाको पहिलो विद्रोह घरबाट सुरु भयो । उनले विराटनगर गएर पढ्ने निधो गरिन् । तर विराटनगर कसरी जाने ? के भनेर जाने ? कसरी मनाउने परिवारलाई ? निषाको अगाडि पारिवारिक बन्धन पहिलो पर्खालको रुपमा खडा भयो । उनले परिवारमा प्रस्ताव राखिन् । उनको प्रस्तावले घरमा तरंग ल्यायो । ‘छोरी मान्छे, मधेसीकी बेटी, विराटनगर एक्लै बसेर पढ्ने ? परिवारको अघि निकै ठूलो प्रश्न बनेर उभियो । घरमा आएका नेताहरुको पनि भनसुनपछि निषाको बुवा एउटै शर्तमा उनलाई बिराटनगर पठाउन तयार भए । सर्त थियो– ‘साइन्स पढ्नुपर्ने ।’ निषाले उल्टै बुवालाई शर्त राखिन्, ‘म तपाईकी छोरी हुँ भने, पत्रकारिता र राजनीतिशास्त्र नै पढ्छु ।’ अन्ततः निषाको निडरता र हिम्मतदेखि उनको बुवा पराजित भए । त्यसपछि निषा विराटनगरतिर लागिन् । मदन काठमाडौंतिर । मदनको राजनैतिक ‘वर्कशप’ मदन साथीहरुसहित काठमाडौं आएपछि श्याम श्रेष्ठलाई भेटे । श्रेष्ठले जनकलाकार वीरप्रसाद भन्सारीको घरमा बस्ने व्यवस्था मिलाइदिए । त्यसपछि सुरुभयो मदनको राजनैतिक ‘वर्कशप’ । मदनहरु प्रत्येकदिन राजनीति, दर्शन र साहित्यका गहिराई तर्फ धकिलिए । श्याम श्रेष्ठको पुस्तकालय मदनहरुकालागि महाविद्यालय बनिदियो । माक्र्सदेखि लेनिनहुँदै माओसम्मका सम्पूर्ण पुस्तकहरु पढे । मदन ती दिन सम्झिदै भन्छन् ‘हामीलाई दृष्टिविहीनले ज्योति पाएजस्तै भयो ।’
श्याम श्रेष्ठको पुस्तकालय मदनहरुकालागि महाविद्यालय बनिदियो । माक्र्सदेखि लेनिनहुँदै माओसम्मका सम्पूर्ण पुस्तकहरु पढे ।प्रकाशको खोजीमा मदन एकदिन मदनको दैनिकीमा नसोचेको फेरबदल आयो । कतैबाट मदनले फेला पारे भूमिगत नेता नारायणकाजी श्रेष्ठ प्रकाशद्वारा लिखित पुस्तक । उक्त पुस्तकले मदनमा ठूलो बेचैनी थपिथियो । श्याम श्रेष्ठले कहिल्यै उच्चारण नगरेका कुराहरु प्रकाशको पुस्तकमा फेला पारे । प्रकाशको आलोचना गर्ने श्याम श्रेष्ठ त्यसबेला नाजवाफ भए, जतिबेला प्रकाशको पुस्तक पढेर आफूलाई आफ्नै शिष्यहरुले प्रश्न गर्न थाले । अन्तिममा मदन श्याम श्रेष्ठको बाटोबाट लक्ष्यमा पुगिन्न भन्ने निष्कर्षमा पुगे । त्यसपछि श्याम श्रेष्ठसँग सम्बन्ध विच्छेद गरी मदन निस्किए नारायणकाजीको ठेगाना खाज्दै । प्रकाशको खोजीमा निषा निषा बिराटनगर पुगिन् । परिवारसँग विद्रोह त गरिन् तर बाँकी थियो चुनौतीका अग्ला अग्ला हिमचुलीहरु । राजनीतिद्वारा मधेसी नारीहरुलाई घुम्टोबाट मुक्त गर्ने सपनाले निषालाई पछ्याउन छाडेन । विस्तारै पाठ्यक्रमकापुस्तकहरु झर्कोलाग्न थाल्यो । सामाजिक अन्तरविरोधका झिल्काहरु र समाधान गर्ने सूत्र पुस्तकमा नभेटिएपछि पढ्दै गरेको किताव बन्द गरेर निषा लागिन् नारायणकाजीको ठेगाना खोज्दै । यी दुई यात्रीहरु फरक फरक स्थानबाट एउटै गन्तव्यका लागि निस्के । तर भेट एउटा ठूलो घटनापछि मात्र भयो । जहाँ एकछिन मात्रै मदन ढिला भएको भए निषा आज मदनकी जीवनसाथी हुने थिइनन् । त्यो दिनको प्रसंग उठेपछि निषामा लज्जाबोध देखियो । [caption id=\"attachment_79226\" align=\"alignleft\" width=\"750\"] आफ्नी आमासँग निषा[/caption] योगले गरायो मिलन निषा अलि भावुक हुँदै कुरा सुरु गरिन् । त्यसबेला पार्टी जनतामा भिज्नका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै हिड्थ्यो । त्यसमध्ये दशैंको बेला भएकाले योगशिविर सञ्चालन गरिएको थियो । सबैजना एकै ठाउँ बसेर योगशिविरमा सहभागी भएका थिए । पूर्वाञ्चलमा खट्ने प्रायः जसो साथीहरु गोलबजार झरेका थिए । झर्ने मध्ये थिए गिरिराजमणि पोखरेल र मदन पनि । योगको एक विधि थियो ‘रबरनीति’ विधि । जहाँ उनीहरुले नाकबाट रबर हालेर मुखमा निकाली अभ्यास गर्नुपर्ने । योगगुरुले सिकाए अनुसार सबैजना गरिरहेका थिए । त्यही नै बेला अचानक निषाले प्रयोग गरेको रबर मुखमा ननिस्किएर सास नलिमा गएर अड्कियो । निषाका आमा, बुवा, छेउमै सोही अभ्यास गरिरहेका थिए । निषालाई सास फेर्न गाह्रो हुन थाल्यो । निषा सास फेर्न नसकी छटपटाउन थाली । छेउमै भएकी आमाले देखिनन् । न बुवाले देखे, न बैद्यले नै । जब निषा सास फेर्न नसकी ढल्नै लागेकी थिइन्, तिनै मदन जसले निषाको जीवन दिए । मदनले निषाको मुखबाट रबर झिकिदिए । निषाले बल्ल सास फेरिन् । कोलाहलमय भयो वातावरण । हेरेको हेरै भए सबैजना । छोरीको ज्यान बचाइदिएकोमा निषाको आमाबुवाले मदनलाई धन्यवाद दिए । त्यसैदिन परिचय यो निषा र मदनको । त्यही दिनदेखिनिषाको मनमा बारम्बार एउटै प्रश्न आइरह्यो–‘मदनले नदेखेको भए !
जब निषा सास फेर्न नसकी ढल्नै लागेकी थिइन्, तिनै मदन जसले निषाको जीवन दिए । मदनले निषाको मुखबाट रबर झिकिदिए । निषाले बल्ल सास फेरिन् ।निषाले त्यो घटना सुनाउँदा मदन चुपचाप बसिरहेको थियो । उनको मौनताभंग गर्दै निषाको बारेमा लेखिएको कुनै कविता भए सुनाउन आग्रह गरेँ । उनको कविता यस्तो थियोः मेरी असल मित्र उनी उठ्छिन सबेरै र नियाल्छिन् आफूलाई उनी जान्छिन् बस्तीमा र सुमसुम्याउछिन् घाउहरु उनी छाम्छिन् विभेदलाई र सल्काउँछिन् राँकोहरु हो तिनै उनी हुनसक्छिन् मेरो असल मित्र कोर्दै सूर्योदयको रक्तिम चित्र उनी कहिले समाउछिन् कलम र लेख्छिन् समानताको गीत उनी कहिले उठाउँछिन् मुठ्ठी र खोज्छिन् स्वतन्त्रताको जीत कहिले चुपचाप एकान्तमा उनी लगाउँछिन् मानवतासँग प्रित हो तिनै उनी जो बसेको छ हृदयभित्र हुन सक्छिन् मेरो असल मित्र उनलाई न लगाउनु छ चुराधागो न सिंगारिनु छ आडम्बरले अस्विकार्य छ दासत्व जिउन खोज्छी सादापनले सुन्दरताको परिभाषा उनी खोज्छिन् आफैभित्र हो उनी हुन् मेरो असल मित्र वर्षौदेखि कोरेको एउटा धुमिल चित्र मदन यस्तै यस्तै कविता कोर्दै पूर्वी नेपालको पहाडी इलाकाहरुमा विद्यार्थी राजनीतिको झन्डा बोकेर हिँडिरहे । निषा मदनसँगको अनौठो संयोग मनमा बोकेर मधेसी महिलाहरुलाई घुम्टोभित्रबाट मुक्त गर्न लागिरहिन् । समयक्रमसँगै निषा र मदनको बीचसाथित्वको सम्बन्धले सिमा नाघ्यो । दुवैजनाको मनमा प्रेम अंकुराउन थाल्यो । पहाडीमूलका उच्च ब्राम्मणकुलको छोरा र एउटी मधेसीकी छोरीबीचअन्ततः प्रेम सम्बन्ध बस्यो । २०६७ असारमा मधेस आन्दोलन चर्किरहेकैबेला उनीहरुले जनकपुरमा विवाह गरे । भावनाले जोडिदियो मधेस र पहाडको सम्बन्ध । रंगको आधारमा नराम्रो ठान्ने पहाडिया आँखालाई मदनले चुनौति दिए । दहेज प्रथाको कहाली लाग्दो सांस्कृतिक प्रचलनलाई चुनौति दिइन् निषाले । एउटा फूलको मालामा सम्पन्न भयो विवाह ।
निषाजीको छठमा तपाईको भूमिका के हुन्छ ? मेरो प्रश्नलाई मदनले सहज उत्तर दिए ।सांस्कृतिक जटिलताबीच उनीहरुको यात्रा दुई भिन्न सस्कृतिको मेल त भयो । अब के कस्ता अप्ठेराहरु झेले होलान् यी जोडीले ? जोडीको अघि जिज्ञासा सुम्पिएँ । उनीहरु कम्युनिस्ट विचारमा प्रतिवद्ध रहेका कारण विवाह पूर्व धर्म, संस्कृति र चाडपर्व भन्दामाथि थिए । तर जब व्यवहारिक जटिलताका दिनहरु सुरुभए त्यसपछि उनीहरुले केही सम्झौता र संघर्षहरु गर्नु प¥यो । निषाको आक्रोश–नेताहरुमै सांस्कृतिक विचलन [caption id=\"attachment_79228\" align=\"alignleft\" width=\"450\"] समानुपातिकबाट सभासदमा निर्वाचित भएपछि निषा[/caption] एक्ली आमाको भावनामा सकेसम्म चोट नपु¥याउँ भन्नेमा पुगे मदन । निषाले पनि त्यही सल्लाह दिए, र केही दशैं आमाकै निम्ति मनाए। निषा नेताहरुप्रति आक्रोश पोख्छिन् । उनी भन्छिन् ‘प्रचण्ड र बाबुराम सबै टीका लगाउने भएपछि हामी माथि चौतर्फी प्र्र्रश्न उठ्यो । त्यसपछि आमाको मन राख्न भएपनि हामीले सामान्य तरिकाले दशैं मान्न थाल्यौं ।’ व्यवहारमा गएपछि निषाले केही भिन्नताहरु अनुभूति गरिन् । निषाकी देउरानी घर लिपपोत गर्दा बाहिरबाट सुरु गर्छिन्, निषा भित्रबाट । यस्ता सामान्य सांस्कृतिक अन्तरलाई उनीहरुले सामान्य तरिकाले लिएका छन् । त्यसलाई परिवारले असहज रुपमा कहिल्यै नलिएको निषा बताउँछिन् । निषाजीको छठमा तपाईको भूमिका के हुन्छ ? मेरो प्रश्नलाई मदनले सहज उत्तर दिए । उनी भन्छन्, ‘म मधेसमा जन्मेँ हुर्केँ, मेरो हजुर आमा पनि छठ पूजा गर्नु हुन्थ्यो । छठको सामान लिएर म हजुरआमाको पछिपछि बिजलपुरासम्म पुगेको छु ।’ तर मदनले विवाह जस्ता कार्यक्रममा निषाको माइतीघर पुग्दा अलि असहज महसुस हुने अनुभूति हाँस्दै सुनाए । तर सांस्कृतिक अन्तरघुलनद्वारा त्यो समस्या विस्तारै समधान हुने कुरामा उनी विश्वस्त देखिए । यता निषाले त्यस्तो अप्ठेरो नपरेको सुनाइन् । आफ्नो व्यवहार र राजनैतिक चेतनाद्धारा सासुआमालाई ‘कन्भिन्स’ गर्न सफल भएको उनले सुनाइन् । राजनैतिक चेतनाले दुबैजनाको परिवार माथि उठेकाले त्यो समस्या नभएको र यति त्यस्तो नहुँदो हो त समस्या पर्न सक्थ्यो भन्ने कुरामा दुवैजना सहमत देखिए । जाति र नस्ल मास्न अन्तरजातीय विवाह नेपालमा भित्रिएको कुरामा उनीहरु सहमत देखिएनन् । क्रान्तिकारीहरु संस्कृतिविहीन नहुने, अझ उन्नत संस्कृतिको पक्षपाति हुने र अन्तरजातीय विवाहले सांस्कृतिक अन्तरघुलनद्धारा झनै सम्बृद्ध संस्कृति निमार्ण हुने उनीहरुले बताए । नेपालका सांस्कृतिक परम्परालाई धार्मिक रुढताबाट निकालेर वैज्ञानिक संस्कृतिद्धारा समाजलाई अघि बढाउनुपर्नेे उनीहरुलै एकसाथ बताए । धर्म र संस्कृतिसँग जोडिएको पूर्विय दर्शनका सकारात्मक पक्षलाई अंगाल्नुपर्ने निषाले बताइन् । उनी भन्छिन् ‘ पूर्वीय दर्शनले दिएका राम्रा पक्षलाई हामीले अंगाल्नुपर्छ । त्यसका नराम्रा पक्षलाई हामीले तोड्नुपर्छ ।’ दुई समुदायमा विकास भएका संस्कृतिका राम्राचिजहरु एकै ठाउँमा जोड्दा झनै राम्रो र उन्नत संस्कृति निमार्ण हुने उनको धारणा छ । उनीहरुले आफ्नो छोरीको नाम नै ‘आर्यासा’ राखेका छन् । सांस्कृतिक अन्तरमिलनको यो नमुना रहेको उनीहरुको धारणा छ आर्यासालाई नेपाली, मैथली, हिन्दी र अंग्रेजी गरी चार भाषा सिकाउने योजना रहेको निषाले हाँस्दै बताइन् । समाजवादी संस्कृतिको भ्रुण मदनले समाजवादी संस्कृति उन्मुख आफ्नो परिवार रहेको बताए । उनले समाजवादी परिवार र विवाह प्रणालीबारे आफ्नो मत जाहेर गर्दै दुई वटा तर्कहरु अघि सारे । जसमध्ये पहिलो‘समाजवादी विवाह प्रणालीमा उचनिचको भावना तोडेर अब जुनसुकै समुदायबीचपनि विवाह सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने उनी बताउँछन् । दोस्रो, उनीहरुले गरेको विवाह प्रणाली (जनवादी विवाह)नै वैज्ञानिक रहेको उनको तर्क छ । [caption id=\"attachment_79230\" align=\"alignleft\" width=\"750\"] व्यवस्थापिका संसदमा सहभागी हुँदै निषा[/caption] मधेस–पहाडको द्वेष हटाउन प्रेम मधेस र पहाडको द्धेष हटाउँने एकमात्र सूत्र ‘प्रेम’ भएको मदन र निषाले दुबैजनाले एकसाथ भने। सांस्कृतिक रुपमा आफूले सुरु गरेपनि राजनैतिक रुपमा त्यो अवस्था सिर्जना नभएको मदन बताउँछन् । राजनैतिक रुपमा त्यो सिजर्ना हुनका लागि मधेसमा भएको विभेद हट्नु पर्ने मदनको धारणा छ । मधेस पनि अतिवादी धारणाबाट मुक्त हुनुपर्ने निषा बताउँछिन् । ‘मैले मधेसी केटी विवाह गरेपछि कम्तिमा २० जना मानिस मेरो कारणले मधेसप्रति सकारात्मक छ । निषाजीको पनि २० जना मानिस पहाड प्रति नकारात्मक छैन । सबैतिर यस्तै भइदिए ?’– मदनले गम्भीर भएर सुनाए । यसो भयो भने पहाडमा चटपटे बेच्ने मधेसी अनाहकमा नकुटिने र मधेसबाट पहाडे नलखेटिने उनीहरुको धारणा छ । महिला र पुरुष विवाह गरेर त्यो सम्भव नभए मितेरी साइनो लगाएर भएपनि मधेस र पहाडबीचको खाडल प्रेमले पुर्नुपर्ने उनीहरु बताउँछन् । अनकन्टार तर सुन्दर बाटो अन्तरजातीय विवाहले समाजमा सकारात्मक प्रभाव पारी सद्भावको वातावरण सिर्जना गर्ने मदन बताउँछन् । समाजलाई विखण्डित हुन नदिई एकतावद्ध हुन भूमिका खेल्ने उनको धारणा छ । यही कोणबाट जातीय अहंकारको अन्त्य भएर जाने उनी बताउँछन् । पाश्चात्य संस्कृतिको अवलम्बन होइन नेपालमै रहेका सांस्कृतिक विविधता भित्र रहेका वैज्ञानिक संस्कृतिलाई अंगाल्नु पर्ने मदन बताउँछन् । हाल महोत्तरीको बर्दिवासमा निषा र मदनले आफ्नो दिवङ्गत वुवा र मधेसको एकजना प्रतिष्ठित शिक्षकको नामबाट एउटा पुस्तकालय खोलेका छन् । यस्ता प्रयोगहरु निरन्तर जारी राख्नुपर्ने निषाले बताइन् । निषा निडर आवाजमा भन्छिन् ‘कोही नहिडेको अनकन्टार बाटो हिड्दा विभिन्न समस्याहरु आउँन सक्छन्, तर हामीले नयाँ गोरेटो खनेर समाजलाई अघि बढाउन मेहनत र त्याग गर्नैपर्छ ।’
प्रतिकृया लेख्नुहोस्: