नयाँ शक्तिमा हामीले जे भनिरहेका छौँ । त्यो गर्न सकिरहेका छैनौँ । हामीले पार्टी सामुहिक नेतृत्वको हुनुपर्छ भनेर खुव बहस गर्यौ तर पार्टी बाबुराम प्रा.ली.जस्तो भयो । यो सुन्दा धेरै मित्रहरुलाई नमिठो पनि लाग्ला तर सत्य त्यहि होनयाँ शक्तिमा नयाँ कुराको थालनी युवा बिद्यार्थीहरुले गरेका थिए । सभापश्चात चौरभरी छरिएको फोहोर सफा गरे,स्वंयम सेवकहरुले हातमा लाठि लिएनन् बरु कोट पाईन्ट लगाएर कार्यक्रमको व्यबस्थापन गरेका थिए । नयाँ शक्तिको पार्टी घोषणा सभा हुँदै छलफल सत्रसम्म आईपुग्दा युवाहरुलाई पार्टीले कहाँ भुमिका दियोरु मलाई भन्नुस, अनि युवाहरुलाई सोच्ने सबालमा नयाँ शक्ति कसरी नयाँ बन्यो रु हामी पुरानो राजनैतिक शक्तिहरुले युवालाई युज एण्ड थ्रो मात्र गरे भनेर नयाँ बैकल्पिक राजनीति स्थापित गराउनका लागि नयाँ शक्तिमा लागेका हौँ । नकीे ‘कुरा युवा नेतृत्वको बिकास गराउनुपर्छ भन्ने तर व्यबहारमा नेतृत्व हस्तान्तरण गर्नै नखोज्नेहरुको’ ब्यक्ति पुजामा लागेका होईनौँ । नयाँ शक्तिले आफ्ना कार्यक्रमहरु नयाँ गरिरहेको छ । त्यसमा हाम्रो पनि समर्थन छ । तर हामीले भन्ने गरेको जस्तो नयाँ बन्न सकेको छैन । नयाँ बनाउनका लागि यो बहसको थालनी गरिएको हो ।
हिजोका दिनमा एमाओबादीमा मञ्चमा पनि प्रचण्डकै फोटो हुन्थ्यो पार्टीका दस्ताबेजहरुमा पनि हुन्थ्यो । प्रचण्डकै फोटो भएको टिसर्ट लगाएर दुईचारपटक सडकमा उफ्रिएको अनुभब पनि थियो । नयाँ शक्तिमा किन आउन पथ्र्यो र रु तर बाबुरामले त्यो संस्कार तोड्न सकेनन् । बरु मञ्चमा ठुलो बनाएर प्रोजेक्टर मार्फत देखेको आफ्नो फोटो हेरेर मुस्कुराई मात्र रहे ।नयाँ शक्तिमा हामीले जे भनिरहेका छौँ । त्यो गर्न सकिरहेका छैनौँ । हामीले पार्टी सामुहिक नेतृत्वको हुनुपर्छ भनेर खुव बहस गर्यौ तर पार्टी बाबुराम प्रा.ली.जस्तो भयो । यो सुन्दा धेरै मित्रहरुलाई नमिठो पनि लाग्ला तर सत्य त्यहि हो । हिजो एमाओबादीमा छदाँ प्रचण्डको भजनमण्डलीको सदस्यबन्न भन्दा पार्टीबाट बाहिएर स्वतन्त्र जिवन बाँच्न खोजेका हामीजस्ता युवाहरुलाई नयाँ शक्तिको सहभागिता मुलक लोकतन्त्रको नाराले तानेको हो । होईन र एकल नेतृत्व नै हुने भए हिजोका दिनमा एमाओबादीमा मञ्चमा पनि प्रचण्डकै फोटो हुन्थ्यो पार्टीका दस्ताबेजहरुमा पनि हुन्थ्यो । प्रचण्डकै फोटो भएको टिसर्ट लगाएर दुईचारपटक सडकमा उफ्रिएको अनुभब पनि थियो । नयाँ शक्तिमा किन आउन पथ्र्यो र रु तर बाबुरामले त्यो संस्कार तोड्न सकेनन् । बरु मञ्चमा ठुलो बनाएर प्रोजेक्टर मार्फत देखेको आफ्नो फोटो हेरेर मुस्कुराई मात्र रहे । उनले त्यो फोटो हटाउनका लागि अनुरोध सम्म गर्न सकेनन बरु खुसीले गदगद भए । त्यसले नेतालाई देवत्वकरण गर्ने संस्कृतिको थालनी गरेको छ । यो नयाँ शक्तिको नाममा घटेको नेपाली राजनीतिको अर्को दुखान्त घटना हो ।
हामी युवाहरु पनि प्यान्थर संस्कृतिबाट माथी उठ्न जरुरी छ । हामीले को नेता बन्ने भन्ने भन्दा पनि नितिमा टेकेर निती बनाउने ठाँउमा युवाहरुको सहभागीता कसरी बढाउने भन्ने दिशामा बहस केन्द्रित गर्न जरुरी छयस्ता केहि दुखान्त घटनाहरु र धेरै सकरात्मक सन्देशका बिच नयाँ शक्तिको कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ । यसकारण पनि नयाँ शक्तिको भेला महत्वपुर्ण रह्यो । हलमा उपस्थित ७० प्रतिशत युवाहरुको माग पार्टीको निति बनाउने तहमा जनसंख्याको आधारमा सहभागिता होस भन्ने थियो तर त्यसो हुन सकेन । एक बर्षका लागि छलफलका हरेक ढोकाहरु खुल्ला राख्दै कार्यक्रम सकिएको छ । नयाँ शक्तिले युवाहरुलाई बिश्वास गरेर जिम्मेबारी दिन पर्छ भन्ने हाम्रो बहस हो । यसको मतलब हामीले पदको भिक मागिरहेका छैनौँ । हामी पार्टीका सबै नेताहरुसँग बहस गरेर वा प्रतिस्पर्धा गरेर अगाडी बढ्ने प्रतिबद्धता पनि गर्न चाहन्छौँ । अहिलेसम्मका राजनैतिक दलहरुले युवाहरुलाई आफ्नो स्वार्थ पुर्तिका लागि मात्र प्रयोग गरे अब हामी नयाँ शक्तिमा प्रयोग हुन चाहदैनौँ भन्ने हाम्रो उद्घोष हो । हामीसँग आजको विश्वको बिकसीत प्रविधी ,आजको बिकसित बिश्वको भुमण्डलीकरणको ज्ञान र बिकास गर्ने सकिने आधारहरु सहितको ठुलो उर्जा छ । हामी त्यो उर्जा नयाँ शक्ति मार्फत देश बिकासमा लगाउन चाहन्छौँ । त्यसका लागि हामीले नयाँ शक्तिमा युवाहरुका लागि प्लेट फर्म खोजेका हौँ । तर नयाँ शक्तिको निती निर्माण गर्ने र सांगठानिक योजना बनाउने ठाँउमा नै युवाहरुको सहभागीता नहुनु भनेको दुखत कुरा हो । त्यसैले यसतर्फ नयाँ शक्तिका नेताहरुले समयमा ध्यान पु¥याउन जरुरी छ ।
अब एक पटक हाम्रै पालामा हामीले भनेजस्तो पार्टी र हामीले भनेजस्तो संबृद्ध मुलुक बनाउनका लागि कम्मर कसौँहामी युवाहरु पनि प्यान्थर संस्कृतिबाट माथी उठ्न जरुरी छ । हामीले को नेता बन्ने भन्ने भन्दा पनि नितिमा टेकेर निती बनाउने ठाँउमा युवाहरुको सहभागीता कसरी बढाउने भन्ने दिशामा बहस केन्द्रित गर्न जरुरी छ । हामीले अब नयाँ शक्तिमा पनि पुरानो राजनैतिक संस्कारलाई तोड्न सकेनौँ र नेताहरुको भजन किर्तन मात्र गर्ने थपडी बाज भयौँ भने नयाँ पार्टी त बन्छ तर नयाँ शक्ति बन्दैन । त्यसैले हाम्रो जोडबल नयाँ पार्टी बनाउने होईन बैकल्पिक राजनैतिक धार स्थापित गर्नु हो । त्यसैले आउनुहोस पार्टी निर्माणको चरणबाटै पार्टीमा भएको गलक कुराको बिरोध र राम्रो कुराको प्रचार गर्दै युवा सहभागीता बढाउनका लागि खुलेर बहस गरौँ । सन २०११को जनगणना अनुसार हाम्रो जनसंख्यामा युवाहरु कति प्रतिशत छन तलको तालिका बाट प्रष्ट हुन्छ । त्यसैले नयाँ शक्तिका युवा मित्रहरुलाई आँफु रहेका हरेक कमिटीहरुमा युवा सहभागीता बढाउनका लागि संघर्ष गर्न विशेष अनुरोध गर्न चाहन्छु । तँपाई हामीले बहस,छलफल र काम गरेको खण्डमा मात्र नयाँ शक्ति नयाँ बन्न सक्छ । त्यसैले आउनुहोस् अब एक पटक हाम्रै पालामा हामीले भनेजस्तो पार्टी र हामीले भनेजस्तो संबृद्ध मुलुक बनाउनका लागि कम्मर कसौँ । यो नै आजको आवश्यकता हो । (लेखक नयाँ शक्तिको युवा संगठन राष्ट्रिय युवा अभियानका प्रशिक्षण बिभाग प्रमुख हुन् )
प्रतिकृया लेख्नुहोस्: