मोहनचन्द्रको बैचारिक अप्रेशन – ‘एमालेको जबजमा व्यक्ति फस्टाए, राष्ट्र डुब्यो’
आषाढ़ ६ गते, २०७३ सोमवार 20th June, 2016 Mon११:५९:३७ मा प्रकाशित
“००८ सालतिर, एकदिन मोहनचन्द्र अधिकारी बिराटनगरमा नैलालाल बोहराको घर (जहाँ कम्युष्टिहरुको सेल्टर थियो) मिटिङमा सहभागी हुन जाँदै थिए । डिपी अधिकारी (तत्कालिन पोलिटब्यूरो सदस्यपछि राजाका मन्त्री भए) ले मोहनचन्द्र अधिकारीलाई प्रश्न गरेछन्– ‘ए भाइ, समाजवाद र साम्यवाद के हो थाह छ ?’ उनले फटाफट जवाफ दिए– ‘योग्यता अनुसारको काम र काम अनुसारको दाम नै समाजवाद हो ।’ ‘योग्यता अनुसारको काम, आवश्यकता अनुसारको दाम नै साम्यवाद हो ।’ अधिकारी त्यतिबेला भर्खर १०–११ वर्षका थिए । उनको जवाफले सबै आश्र्चयचकित भएछन् । त्यसपछि उनलाई कम्युनिष्ट पार्टीको सदस्य बनाइएको थियो । त्यतिबेला पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका महासचिव थिए । युवा अवस्थामै १७ वर्ष निरन्तर जेलनेल खाएका अधिकारी ०४६ को आन्दोलनपछि मात्र रिहा भएका थिए । उनको संघर्षपूर्ण जीवनबाट प्रभावित भएर भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरले ‘एसियाका नेल्सन मण्डेला’कोे उपमा दिएका थिए । उनीसँगै एउटै हातमा हतकडी लगाएका व्यक्ति अहिले देशका कार्यकारी प्रधानमन्त्री छन् । तर, अधिकारी अहिले गुमनाम छन् । यीनै चर्चित नेता अधिकारी कम्युनिष्टहरुको मात्र आदर्शको केन्द्र नभइ गैर कम्युष्टिहरुले पनि उत्तिकै रुचाइएका व्यक्ति हुन् । अहिले पनि एमालेप्रति आस्था राख्ने नेता अधिकारी एमालेको नेतृत्वप्रति भने सुरुवातिदेखि नै बैचारिक संर्घष गर्दै आएका थिए । जुन अहिले जीवनको उत्तरार्धमा पनि निरन्तर जारी छ ।”मोहन चन्द्र अधिकारी अपरिचित नाम होइन । झापा विद्रोहका नेतृत्व तथा जोदाहा अधिकारी कुनै बेला कम्युनिष्टहरुका लागी आदर्शको पात्र बनेका अधिकारी अहिले ७९ वर्षका भए । राजनीतिक रुपमा निस्कृयजस्तै रहेका अधिकारी अहिले पनि नेकपा एमालेमा आस्था राख्छन् । पञ्चायतकालमा ९२०३० बाट ०४७ सम्म० १७ वर्ष जेल जिवन बिताए । ५३ वर्षको उमेरमा २३ वर्षे पाल्पाकी शिक्षिका बालकुमारी खनालसँग बिवाह गरेका अधिकारीको अवस्था बुझ्न र भलाकुसारी गर्न हाम्रा सहकर्मी गणेश पाण्डेउनको निवास नैकाव पुगेका थिए । प्रस्तुत छ उनीसँग पाण्डेले गरेको संवादकौ ‘एमालेमाथि बैचारिक अप्रेशन’–
000
०१४ सालमा काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनमा प्रतिनिधिकोरुपमा मैले पनि भाग लिएको थिएँ । बन्दसत्रमा डा. केशरजंग रायमाझीको राजाबादी लाइनको डकुमेन्ट पेश भएको थियो । त्यो पास भएन । मैले नयाँ जनवादको पक्षमा वकालत गरेको थिएँ । कुनै सुनुवाइ भएन ।
०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरी प्रजातन्त्र अपहरण गरे । नेपालको राजनीतिमा एकाएक ‘यू टर्न’ भयो । परिवर्तित समयमा पार्टीको तेस्रो महाधिवेशन भारतको पटनामा ०१९ सालमा भएको थियो । प्रतिनिधिकोरुपमा म पनि सहभागि भएको थिएँ । म पहिलेदेखि नै नौलो जनवादको पक्षपाती हुँ । तेस्रो महाधिवेशको पार्टीको फोरममा नयाँ जनवादको प्रस्ताव लैजाने पहिलो व्यक्ति म नैै थिएँ । मेरो प्रस्तावमा केही साथीहरु उभिएका थिए । कम्युनिष्ट आन्दोलन सफल बनाउन नौलो जनवाद आवश्यक छ । गुरिल्ला युद्धबाट नै नौलो जनवाद सम्भव छ, मैले भनेको थिएँ । त्यतिबेला तुलसीलाल अमात्य महासचिव थिए । उनको लाइन ‘नेसनल डेमोक्रेसी’ जुन रसियन लाइन थियो । पुष्पलालको लाइन ‘रेट्रियसन अफ पार्लियामेन्ट्री डेमोक्रेसी’ थियो । यी सबै पक्षलाई थाति राख्दै ०१९ देखि ०२२ सम्म राष्ट्रव्यापी आन्दोलन भयो । र, पार्टी भूमिगत भयो ।
यसरी पञ्चायती निरङकुशताकोविरुद्ध आन्दोलन चर्किरहेकोबेला ०२६ सालमा चिनियाँ क्रान्ति भयो । यसको प्रभाव नेपाल लगायत विश्वको सबै ठाउँमा पर्यो । मनमोहन अधिकारी लगायत नेताहरु पक्राउ परेका थिए । पार्टीले नयाँ प्रान्तीय कमिटी गठन गरेको थियो । त्यसको इनचार्ज थिए, भरतमोहन अधिकारी । चिनियाँ आग्रहमा विश्वविद्यालय पढ्न जान मैले इनचार्जसँग अनुमति मागेको थिएँ । तर, उहाँले क्रान्ति गर्ने हो, पढ्न जानु पर्दैन भन्नुभयो । कमिटीबाट नयाँ जनवादसम्बन्धी मेरै लाइन पास भयो । त्यसपछि म क्रान्तिमा होमिएँ ।
०२५ सालतिर मनमोहन अधिकारी छुट्नुभयो । उहाँ छुटेपछि पार्टी संशोधनबादी धारमा फस्यो । त्यहिबाट नेतृत्वमा विचलन आएको हो । नयाँ परिस्थितिमा हामीले भारतीय चारुमजुदारको नेतृत्वमा भएको नक्सलबादीसँग मिलेर गुरिल्ला दल खोल्यौं । यसको मुख्य उद्देश्य नौलो जनवाद प्राप्त गर्न वर्ग शत्रु सफाया गर्नु थियो । ०२७ सालमा झापा विद्रोह सुरु भयो । ०३० सालमा म पक्राउ परेँ ।
एमालेको पाँचौ महाधिवेशनमा माओ विचारधारा अल्पमतमा
नेकपा एमालेको पाचौं महाधिबेशनमा तत्कालिन एमाले महासचिव मदन भण्डारीले बहुदलीय जनबाद सम्बन्धी आफ्नो डकुमेन्ट ल्याउनुभयो । त्यसको विरोधमा सीपी मैनालीले परिमार्जित नौलो जनवाद ल्याउनुभयो । र, मैले नौलो जनवाद र माओ विचारधारा पेश गरेको थिएँ. । मदन भण्डारीलेपेश गरेको प्रस्ताप बहुमतले पारित भयो । सीपी दोस्रो र म अत्याधिक अल्पमतमा परेंं ।
जनताको बहुदलीय जनवाद भनेको प्रजातन्त्रकै एउटा रुप हो । जबजले बुर्जुवा प्रजातान्त्रिक प्रणालीलाई नै प्रश्रय दिन्छ । बहुदलीय जनवाद भनेको ‘कन्टिनियसन अफ क्यापिटलिज्म हो’ यो भनेको वर्ग–वर्गबीचको अन्तरविरोधलाई बिर्सिएर वर्ग समन्वय गर्ने कुरा हो । शोषण दमन र अत्याचारलाई सवसाइड गराउँदै लैजाने, मजदुर र मालिकबीच मेलमिलाप गराउने नीति हो । लेनिनको जमानामा आएको बन स्टयान्टको लाइन नेपालमा साथीले प्रस्तुत गर्नुभयो ।
जबजमा व्यक्ति फस्टाए, राष्ट्र डुब्यो
मदन भण्डारी हुनुभएको भए कतिपय कुरा सुधार गर्नुहुन्थ्यो । तर, त्यसपछिका नेतृत्वले मनन गर्न चाहेनन् या सकेनन् । मेरो निचोड भनेको अहिलेको स्थिति आउनुमा बहुदलीय जनवाद हो । किनभने यसमा कम्प्रमाइजमात्र भयो र बिकृति ल्यायो । मानिस समाजवादीको ठाउँमा पुँजीबादी भयो । जबजमा व्यक्ति फस्टाए, राष्ट्र डुब्यो । परिणामस्वरुप अहिले राष्ट्र कुन दिशामा गइरहेको छ, मैले भनिरहनु पर्दैन ।
जसरी प्रचण्ड नेतृत्वको माओवादी साथीहरुले जातीय राज्यको बिउ रोपेर कम्युनिष्ट आन्दोलनमा एउटा विकृति ल्याउनुभयो । यहि बिकृतिले नै नेपाल टुक्राटुक्रा भएर जाने खतरा छ । जसको परिणाम तराईमा आगो बलिरहेको छ ।
नौलो जनवादको सामाजिक सहिष्णु नभए राष्ट्र टुक्रिन सक्छ
अहिले पहाडमा पनि बिभिन्न जनजाति तथा आदिबासीले जातिय राज्य मागिरहेका छन् । आन्दोलनरत मधेसी तथा जनजाति साथीहरुको असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसके राष्ट्र दुर्घटनामा जान सक्छ ।
उनीहरुलाई सस्टेन गरेर लान सक्ने अवस्थासम्म सर्वहारा वर्गको नेतृत्वले आफ्ना निकट सहयोगी भएर लैजान सक्नुपर्छ । यसले जातीयता पनि उत्थान हुने र समानता पनि प्राप्त हुन्छ । अहिलेको जटिल परिस्थितिमा देशको अस्तित्व रक्षाको निम्ति सरकारले दुबै छिमेकी मुलुकसँग समान दुरीमा सम्बन्ध राख्नु सक्नु पर्छ । त्यसको लागि सर्वहारा वर्गीय दृष्टिकोण आवश्यक छ ।
हामी नौलो जनवादको सामाजिक सहिष्णु दृष्टि राख्न सकेनौ भने राष्ट्र टुक्रिन सक्छ । अहिलेको बुर्जुवा संघीयताको कुनै अर्थ छैन । भलै जमिन रहला । जमिन त इथियोपियामा पनि छ । त्यहाँको हालत कस्तो छ । बुर्जुवा सरकार त त्यहाँ पनि छ । तर, जनता खान नपाएर मरिहेका छन् ।
म प्रचण्डजीलाई प्र्रश्न गर्न चाहन्छु– ‘जातीय राज्यमा शोषण बिहिन हुन्छ भन्ने कुरा उहाँले कसरी सोचिरहनुभएको छ ?’ हुन त अहिले उहाँ यसमा मौन बस्नुभएको छ । जनयुद्ध शुरु हुनुअघि ०५२ सालमा प्रचण्ड म कहाँ आउँदा प्रष्टरुपमा उहाँलाई भनेको थिएँ । अहिले डिफेन्सीफ छ । यस परिस्थितिमा अमेरिका र भारतको आमफोर्ससँग लड्नुपर्ने हुन्छ । यस्तो अवस्थामा पार्टीहरुको संयुक्त आन्दोलनले मात्र राजतन्त्र खतम हुन्छ । त्यसैले ज्वाइन्ट इफोर्ट गर्रौं । तत्काल पार्टी एकता गर्न नसके पनि कार्यगत एकता गरेर नै राजतन्त्र सिध्याउन सकिन्छ मैले उहाँसँग राखेको थिएँ । तर, प्रचण्डले मान्नु भएन । आखिरमा बहुपक्षीय आन्दोलनले नै राजतन्त्र समाप्त भयो ।
नयाँ संविधान नआएको भए हतियार उठाउनु जायज
कतिपय अवस्थामा हतियार उठाउनु जायज हो । कुनै पनि तरिकाबाट जनताको हक अधिकार स्थापित भएन भने त्यतिबेला हतियार उठाउनुपर्छ । जस्तो कि हामीले झापा विद्रोह गर्यौं । त्यति बेला न त पार्टी खुल्ला थियो । न त संगठन निर्माण गर्न पाइन्थ्यो । हतियारले दमन गरिरहेको अवस्था थियो । जब हतियारले निहत्था जनतालाई दमन गरिन्छ, त्यतिबेला हतियार उठाउनु स्वभाविक हो । नयाँ संविधान अहिले पनि नआएको भए हतियार उठाउनु जायज थियो ।
पहिलो संविधानको चार वर्षे कार्यकाल त्यत्तिकै समाप्त भयो । तर, हतियार उठेन र दोस्रो संविधानसभाको निर्वाचन भयो ।
मानव अधिकार बुर्जुवाहरुको कडी
अहिले पनि संविधान कार्यन्वयन हुन नदिन जातीय राज्यको स्लोगनमा मानव अधिकारको कुरा उठाने, भित्री तथा बाहिरी शक्तिले चलखेल गर्ने, विभिन्न लोभ तथा प्रभोलनमा फसाउने चाल भइरहेको छ । हामी कथित मानव अधिकारको चालमा फस्नु हुँदैन । मानव अधिकारको कुरा पनि बुर्जुवाहरुकै एउटा कडी हो । हामीले विश्वको इतिहाँस हेरेका छौं । खासमा काला जातिलाई घृणाको दृष्टिले हेर्ने अमेरिका हो । आज उसैले मानव अधिकारको नारा दिइरहेको छ । यसमा हामी सबै चनाखो हुनुपर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: