Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

ग्यालेक्सी पब्लिककी सञ्चालिका गीता राणा प्रहरीको फरार सूचीमा !

\"geeta-rana\"काठमाडौं । राजधानीमा चर्चित स्कुल ग्यालेक्सी बोर्डिङ स्कुलकी सञ्चालिका गीता राणा प्रहरीको फरार सूचीमा रहेकी छन् । सहकारीलाई तीन करोड ठगी गरेको अभियोगमा उजुरी परेपछि राणा फरार रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट ब्यवाथापिका संसदको सदस्य समेत रहेकी राणाले कालिकास्थानमा रहेको नवक्षितिज सहकारीको तीन करोड रकम नतिरेको भन्दै उजुरी परेको थियो । राणाले २०५६ सालमा ग्यालेक्सीसहित १६ वटा बोर्डिङ्ग स्कुलद्वारा संचालित शैक्षिक समाज सहकारी संस्था कालिकास्थानमा रहेको नवक्षितिज सहकारी संस्थाको ८३ लाख रुपैयाँ डिपोजिट गरेको रकम नै गायव बनाएको रहस्य सार्वजनिक भएपछि राणाको ठगीकाण्ड खुलासा भएको हो । उक्त रकमको हाल सावाँ व्याजगरि ३ करोडभन्दा बढि भएको र उक्त रकम हालसम्म पनि नतिरेको उक्त सहकारीले जनाएको छ । एउटा सहकारीले अर्को सहकारीमा रकम डिपोजिट गर्न नपाउने सहकारी ऐनमा हुँदाहुँदै समाजकी तत्कालिन अध्यक्ष राणा र नवक्षिजितका प्रबन्ध निर्देशक विभूतिराज पाण्डेको मिलेमतोमा उक्त रकम राखिएको सहकारी सञ्चालकहरु बताउँछन् । शैक्षिक सहकारी संस्था हाल बन्द भएकाले उक्त रकम तिर्नलाई बारम्बार ताकेता गर्दा समाजकी अध्यक्ष राणाले आफूले तिर्ने भनि जमानी बसेर कागजसमेत गरेर नतिरेको नवक्षितिजले जनाएको छ । उक्त रकम दिन बारम्बार ताकेता गर्दा पनि रकम फिर्ता नगरेपछि ठगी अभियोगमा जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा २०६४ सालमा उजुरी परेको थियो । रकम उठाई दोषीलाई कारबाही गर्न नवक्षितिजका प्रबन्ध संचालक पाण्डेले नै मुद्दा दर्ता गराएको अभियोग पत्रमा नै उल्लेख छ । राणा र पाण्डे दुबैको मिलेमतोमा रकम हिनामिना भएको तर नवक्षितिजका अन्य संचालकहरुलाई भने मुद्दामा गएको देखाएर पाण्डे पन्छिन खोजेको नवक्षितिजका एक संचालकले आरोप लगाए । अदालतले दोषीबाट असुल उपर गर्नु भनि आदेश दिएको तर अदालतको पत्र समेत राणाले नबुझि फर्काउने गरेको स्रोतको दाबी छ । जिल्ला अदालत र पुनरावेदन अदालतबाट समेत मुद्दा नवक्षितिजले जित्दा समेत राणाले रकम तिर्न आनाकानी गरिरहेको सहकारीको आरोप छ । राणाले इन्टरनेशनल स्कुल चावहिल, न्यू समिट स्कुल मैतिदेवी, एलआरआई स्यूचाटार, व्लुमुन इंगलिस बोर्डिङ्ग स्कुल चावहिल, विद्यासदन स्कुल कपन, निशिथ होम एकेडेमी का.म.न.पा वडा नं ३१ लाई शैक्षिक समाज सहकारीमा लगानी गर्न लगाएकी थिइन् । त्यस्तै काठमाडौं महानगर–३१ स्थित एकता सदन स्कुल, डिल्लीबजारस्थित पदमकन्या मा.वि., ललितपुरको यूरेका पब्लिक स्कुल, पूर्णचण्डी स्कुलसहित काठमाडौं महानगर ३३ बस्ने उद्धवबहादुर कार्की, ललितपुर उपमहानगर ४ बस्ने ऋषिकेश विक्रम शाह, सोही ठाउँ बस्ने महेन्द्र सुवेदी र काठमाडौं जिल्लाकै पारशमणि दाहाल समेतलाई राणाले उक्त सहकारीमा लगानी गर्न लगाएकी थिइन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पत्रसमेत पठाएको थियो । को हुन गीता राणा ? मूल थलो भारतको दार्जिलिङ मुलथलो भएकी गीता ०३२ सालमा नेपाल आएर विवाह गरेकी हुन् । राना थर भएकी उनी विवाहपछि काठमाडौंका कुलीन र सभ्रान्तहरूसँग निकट हुनका लागि राणा लेख्न थालेकी हुन् । सुरुमा एभिएम (आदर्श विद्या मन्दिर) स्कुलमा गणित र विज्ञान शिक्षिकाको रूपमा शिक्षण पेसा अंगालेकी गीताले पछि सेन्टमेरिज र मोर्डन इन्डियन स्कुलमा पढाइन् । ०४२ सालमा आफ्नै स्वामित्वको ग्यालेक्सी पब्लिक स्कुल स्थापना गरेकी उनी अहिले पनि सोही स्कुलको प्रिन्सिपल छिन् । ग्यालेक्सी उच्च माविकी समेत प्रिन्सिपल राणा कक्षा ९ र १० मा गणित पढाउँछिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending