Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

कर्णालीमा खाद्यान्नको चरम संकटप्रति ध्यानाकर्षण

\"sambidhansava\"काठमाडौं । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा धारणा राख्ने सांसदले अफगानिस्तानको काबुलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै घाइते नेपालीको स्वास्थ्योपचार गराउन र शव मुलुक ल्याउनेतर्फ तत्काल पहल गर्न आग्रह गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइरहेको अवस्थामा सरकारका मन्त्रीहरुले नै त्यसविरुद्ध बोल्दै हिँडेकोप्रति आपत्ति जनाउँदै उहाँहरुले भूकम्पपीडितले हालसम्म पनि राहत पाउन नसक्नाको कारण सदनलाई जानकारी गराउन आग्रह गरे । यस्तै केही सांसदले भने भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण नेकपा ९एमाले०को कार्यकर्ता भर्ती गर्ने एनजिओ हो कि भूकम्प प्रभावित जनतालाई राहत प्रदान गर्ने निकाय हो भनी प्रश्न गरे । कर्णाली अञ्चलमा खाद्यान्नको चरम सङ्कट उत्पन्न भए पनि खाद्यान्न आपूर्ति गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै सुरक्षा निकायलाई ढुवानीको व्यवस्था गर्नुपर्नेमा उनीहरुले जोड दिए । यसरी धारणा राख्नेमा राज्यलक्ष्मी श्रेष्ठ ९काठमाडौ र नुवाकोट०, रामअवतार पासवान, रामवीर मानन्धर, रामहरि सुवेदी, रामहरि खतिवडा, रामेश्वर फुयाँल, विदुरप्रसाद सापकोटा, रीता शाहीलगायत थिए । मधेसी मोर्चाद्वारा सदनको बै्रठक बहिस्कार तराई– मधेस सद्भावना पार्टीका महेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट तराई पार्टी लगायतले विगतदेखि उठाउँदै आएका माग सम्बोधन गर्न सभामुखको ध्यानाकर्षण गराए । उनले सर्लाहीमा महिला हिंसाको घटना बढिरहेको भए पनि स्थानीय प्रशासनले ध्यान नदिएको भन्दै गुनासो गरे । महिला हिंसालाई प्रश्रय दिने स्थानीय प्रशासनलाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । सरकारले मधेसी मोर्चासँग वार्ता गर्नेतर्फ कुनै ध्यान नदिएको र विरोधी समूहलाई विश्वासमा लिनेतर्फ कुनै पहल नगरेकामा गुनासो गर्दै मोर्चासँग यसअघि भएको आठबुँदे सहमति लगायत विभिन्न सम्झौता कार्यान्वयन गर्न आग्रह गरे । उनको सो कथनसँगै मधेसी मोर्चासँग सम्बद्ध दलहरुले सदनको बैठक बहिष्कार गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending