चितवन । अनुमति नलिई सञ्चालन गरिएका चितवनका दुई औषधि पसल र एक भेटिरिनरी कन्सल्टेन्सीलाई चितवन प्रशासनले बन्द गराएको छ ।
अनुगमनका क्रममा नियमविपरीत सञ्चालन गरेको पाइएका क्षितिज डेन्टल केयर र चित्रसेन हेल्थ क्लिनिकलाई बन्द गराइएको जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्माले जानकारी दिए।
अनुमगनका क्रममा रत्ननगरमा अनुमति बेगर पशुपक्षीको प्रयोगशाला सञ्चालन गर्दै आएको नेपाल भेटेरिनरी कन्सल्टेन्सीलाई समेत बन्द गराइएको उनले बताए । यस्तै अन्य चार औषधि पसलमा अर्कै मान्छे राखेर सञ्चालन गरेको पाइएपछि तत्काललाई स्पष्टीकरण सोधिएको र कानुन विपरीत भए कारबाही हुने चितवन प्रशासनले जनाएको छ ।
यसैबीच, मङ्गलबार रत्ननगरका औषधि पसल, किराना तथा होटल गरी एक दर्जन स्थानमा अनुमगन गरिएको थियो । अनुमगनमा जिल्ला जनस्वास्थ्य कार्यालय र खाद्य निरीक्षण एकाइ चितवनको पनि सहभािगता थियो ।
सो अनुगमनमा दुई वटा मिठाई पसलमा अखाद्य पदार्थ भेटिएकाले उनीहरुलाई पत्र काटिएको जिल्ला खाद्य निरीक्षक नवीन देउजाले जानकारी दिए । यसरी बोलाइएकामा शुभकामना स्वीट एण्ड चार्ट हाउस र हाम्रो होटल स्वीट एण्ड चार्ट हाउस रहेको देउजाले जानकारी दिए ।
खाद्य ऐनविपरीत गरेको पाइएमा रु १० हजार जरिवाना र दुई वर्ष जेल अथवा दुवै सजाय हुने व्यवस्था छ । चितवन प्रशासनले पछिल्लो समया जिल्लामा अनुगमनलाई तीब्रता दिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: