Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

रोनाल्डोको २ गोलले पनि बराबरी टारेन, हंगेरी र आइसल्याण्ड नकआउटचरणमा

\"hangeri\"काठमाडौं । युरोकप अन्तर्गतको बुधबार बेलुकी भएको खेलमा पोर्चुगलले फेरी बराबरी खेलेको छ । समुहको शिर्ष स्थानमा रहेको हंगेरीसँगको रोमाञ्चक भिडन्तमा रोनाल्डोले गरेको २ गोल सहित समग्रमा ३ गोलले समेत पोर्चुगललाई जित दिलाउन सकेन । पहिलो हापको १९ औं मिनेटमा हंगेरीका लागी गेराले गरेको सुन्दर गोलबाट लिएको अग्रतालाई पोर्चुगलका नानीले ४२ औं मिनेटमा बराबरी गरेका थिए । दोस्रो हापको दोस्रो मिनेट मै हंगेरीका लागी ड्यासुड्सकले अर्को गोल थपेर फेरी अग्रता फर्काए । त्यसको ३ मिनेटपछि यसअघि समुहचरणका कुनै पनि खेलमा गोल गर्न नसकेका क्रिष्टिएना रोनाल्डोले फेरी बरबरीमा फर्काए । ५ मिनेट नबित्दै अर्थात ५५ औं मिनेटमा हंगेरीका लागी व्यक्तिगत दोस्रो गोल तथा टिमका लागी तेस्रो गोल गर्दै हंगेरीका कप्तान ड्यासुड्सकले तेस्रोपटक टिमलाई अग्रता दिलाए । \"iceland\"तर हंगेरीको अग्रता लामो समय टिकेन रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टिमका लागी तेस्रो गोल गर्दै पोर्चुगललाई खेलमा फर्काए । यसपछिको समयमा कुनै गोल हुन नसकेपछि रोनाल्डोको २ गोलले पनि पोर्चुगललाई समुहचरण पार लगाउन सकेन । पोर्चुगलले समुहचरणको ३ खेलमध्य ३ नै खेलमा बराबरी गर्यो । एकै खेलमा समेत जित निकाल्न सकेन । यो खेलपश्चात हंगेरी ५ अंकका साथ समुहविजेता हुँदै नकआउटचरण पुगेको छ । यसैगरी उही समयमा भएको अर्को खेलमा समुह ‘एफ’ अन्तर्गतै आइसल्याण्डले अष्ट्रियालाई २–१ ले पराजित गर्दै समुहचरणको उपविजेता बनेको छ । आइसल्याण्डका बोर्डहार्डसनले १८ औ मिनेटमा अग्रता दिलाएका थिए भने अस्ट्रियाले ६० औं मिनेटमा स्कोफको गोलबाट बराबरी गरेको थियो । तर आइसल्याण्डका टुरुस्टानले गरेका अतिरिक्त समयको अन्तिम मिनेटको गोलले आइसल्याण्ड विजयी भएको हो । समुहको उपविजेता बनेको आइसल्याण्डको ५ अंक भएको छ । आइसल्याण्ड सानो जनसंख्या रहेको तथा यसैपाला मात्रै युरोकपमा डेब्यु गरेको टोली हो । यो टोलीलाई पोर्चुगलसँग बराबरी खेलेपछि खेल्न नसक्ने टोली भनि क्रिष्टियना रोनाल्डोले होच्याएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending