Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

माओवादी केन्द्रको केन्द्रीय सदस्यमात्रै १५ सय, पोलिव्यूरो ३ सय र सचिवालय नै सयभन्दा माथिको

\"Maoकाठमाडौ, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एकता महाधिवेशन आगामी माघमा हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महाधिवेशन माघमा गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका निम्ति पार्टी कामको कार्यतालिका र कार्यक्रमबारे पार्टी, जनवर्गीय सङ्गठन (जवस) र मोर्चाको एकता प्रक्रिया साउनभित्रमा सक्ने निर्णय पनि गरेको छ । त्यसैगरी, बैठकले पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण भदौ मसान्तसम्ममा, पार्टीको स्थानीय तहका कमिटीको सम्मेलन असोज मसान्तसम्ममा, जिल्ला सम्मेलन कात्तिक मसान्तसम्ममा, प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्ममा सक्ने र जिल्ला सम्मेलन पूर्वमहाधिवेशनका लागि दस्तावेजको मस्यौदा तयार गरी आन्तरिक छलफलमा जुट्ने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुषालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले विभागको विभाजनअन्तर्गत सङ्गठन विभाग तथा केन्द्रीय कार्यालय इन्चार्ज रामबहादुर थापा , स्कुल विभाग इन्चार्ज नारायणकाजी श्रेष्ठ, (सदस्य मणि थापा, लेखनाथ न्यौपाने) र आदिवासी जनजाति विभाग इन्चार्ज देव गुरुङ, (सदस्य गोपाल किराती र सुरेश आलेमगर) लाई तोकेको छ ।
बैठकले महाधिवेशन आयोजक समितिको सङ्ख्या एक हजार ४९९, पोलिटब्युरो २९९, सचिवालय ९९ र ३३ सदस्यीय केन्द्रीय कार्यालय बनाउने निर्णय पनि गरेको छ
त्यसैगरी, प्रचार विभाग इन्चार्ज पम्फा भुसाल, जलस्रोत विभाग इन्चार्ज लीलामणि पोख्रेल, उत्पादन तथा सहकारी र पर्यटन विभाग इन्चार्ज लोकेन्द्र विष्ट मगर र अनुशासन विभाग इन्चार्ज अमिक शेरचनलाई तोकिएको छ । बैठकले स्थानीय निकाय पुनःसंरचना समिति संयोजकमा देव गुरुङ, (सदस्यमा वर्षमान पुन, गोपाल किराती, विश्वभक्त दुलाल, उर्मिला अर्याल, हितमान शाक्य, प्रभु साह, गोमा कुँवर र जनक बुढ़ा) रहने निर्णय गरेको छ । मोर्चाको फ्याक्सन इन्चार्जको जिÞम्माअन्तर्गत मजदुर इन्चार्जमा जयपुरी घर्तिमगर, किसान र सुकुम्बासीमा हरिबोल गुजरेल, दलित इन्चार्जमा तिलक परियार, युवामा मणि थापा, विद्यार्थीमा हितमान शाक्य, सांस्कृतिकमा विश्वभक्त दुलाल, प्राध्यापकमा नारायण शर्मा र बुद्धीजीवी इन्चार्जमा दीनानाथ शर्मालाई जिम्मा दिएको छ । त्यस्तै शिक्षक इन्चार्जमा पुष्पविक्रम मल्ल, कर्मचारीमा कृष्णबहादुर महरा, कानुन व्यवसायीमा वर्षमान पुन, सहिद प्रतिष्ठानमा हितराज पाण्डे, स्वास्थ्यकर्मीमा अन्जना विसङ्खे, उद्योग, वाणिज्य र आपूर्तिमा कुलबहादुर केसी, कृषि प्राविधिकमा श्रीराम ढकाल (प्रशान्त) रहेका छन् । पूर्वजनमुक्ति सेना इन्चार्जमा चक्रपाणि खनाल, खेलकुदमा टोपबहादुर रायमाझी, भूपू सैनिकमा सुरेश आलेमगर, मधेसी मोर्चामा मातृका यादव, सेती–महाकाली मुक्तिमोर्चामा लेखराज भट्ट, कर्णाली मुक्तिमोर्चामा कालीबहादुर मल्ल र आदिवासी जनजाति महासङ्घ इन्चार्जमा देव गुरुङ, सहइन्चार्ज गोपाल किराती र सुरेश आलेमगर र पत्रकार सङ्घको इन्चार्जमा पम्फा भुसाल रहेकी छिन् । बैठकले प्रदेश इन्चार्ज तथा संयोजकसमेत जिम्मेवारी तोकेको छ । जसमा प्रदेश नं १ का इन्चार्जमा राम कार्की, प्रदेश २ मा मातृका यादव, प्रदेश नं ३ मा रामबहादुर थापा , प्रदेश नं ४ मा देव गुरुङ, प्रदेश नं ५ मा वर्षमान पुन, प्रदेश नं ६ मा जनार्दन शर्मा, प्रदेश नं ७ मा लेखराज भट्ट, प्रवास प्रदेशमा नारायणकाजी श्रेष्ठ, सदनको इन्चार्जमा कृष्णबहादुर महरा, दलकातर्फबाट सरकारको नेतृत्व टोपबहादुर रायमाझीलाई दिइएको छ । बैठकले महाधिवेशन आयोजक समितिको सङ्ख्या एक हजार ४९९ बनाउने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले पोलिटब्युरो २९९, सचिवालय ९९ र ३३ सदस्यीय केन्द्रीय कार्यालय बनाउने निर्णय पनि गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending