Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कांग्रेसद्धारा संसद बैठक अवरुद्ध

\"parliament1\"काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका कारण व्यवस्थापिका–संसद्को बिहिबारको बैठक अवरुद्ध भएको छ । सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ नेपाली काँग्रेसका सांसदले उठेर विरोध गरेपछि बोल्नलाई समय प्रदान गरिएको थियो । त्यसपछि नेपाली काँग्रेसका सांसद डा प्रकाशशरण महतले भूकम्पपीडित अत्यन्त कष्टमा रहेको भन्दै प्रधानमन्त्रीले वर्षायामअघि नै आवास दिन्छौँ भने पनि हालसम्म एउटा पनि घर निर्माण नभएको भनी विरोध गरेका थिए । उनले काँग्रेस नेतृत्वको सरकारले घोषणा गरेको रु दुई लाख एकमुष्ट तत्काल उपलब्ध गराउन आफूहरुले पटक पटक माग गर्दा पनि सम्बोधन नभएको सदनलाई जानकारी गराए । “सो रकम तत्काल भूकम्पपीडितलाई दिइयोस्” – उनले भने । “सरकारले कुरा गर्छ काम गर्दैन, प्राधिकरणले आ–आफ्ना गैरसरकारी संस्थालाई काम दिने, पार्टीकरण गर्ने काम भएको छ, यो गलत हो ।” हालसम्म ११ जिल्लाका भूकम्पपीडितको मात्र पहिचान भएको बताउँदै उनले रु दुई लाख दिने भनेको रकममा पनि रु ५० हजारका दरले दिने कुराले पीडितको पक्षमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको बताए । पुनःनिर्माणमा राजनीतिकरण गर्ने काम बन्द गर्न माग गर्दै उनले बाढी पहिरोबाट प्रभावित जनतालाई पनि सोही परिणामको राहत प्रदान गरियोस् भनी आग्रह गरे । काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भूकम्पपीडितको राहत रकम उपलब्ध गराउन माग गर्दै संसद् अवरुद्ध गर्न बाध्य भएको बताए । उनले सांसद महतले राखेको मागका सम्बन्धमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म आफ्नो पार्टीले बैठक चल्न नदिने बताए । प्रमुख सचेतक श्रेष्ठले सांसद महतको माग बमोजिम एक घन्टाभित्र सरकारबाट भूकम्पपीडितलाई रु दुई लाख रकम एकमुष्ट रकम दिन्छौँ भनेर जवाफ दिएपछि बैठक चल्न दिने बताएका थिए । सभामुख ओनसरी घर्तीले सरकारबाट आफूले भोलि नै पुनःनिर्माण सम्बन्धमा विस्तृत जानकारी गराउने खबर प्राप्त भएको भन्दै काँग्रेस सांसदहरुलाई बस्न आग्रह गरेक थिइन । काँग्रेस सांसदहरुको विरोध जारी रहेकाले सभामुख घर्तीले भोलि शुक्रबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको घोषणा गरिन । बैठकको आज विनियोजन विधेयक – २०७३ को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था, कृषि विकास, उद्योग, कानुन, न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालयमाथिको छलफलको कार्यसूची रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending