Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रचण्ड र विप्लवसँग एकता हुँदैन – वैद्य

\"mohan-baidya-national-convension-768x383\"असार ९ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले तत्काल आफ्नो पार्टीले अन्य माओवादी पार्टीसँग एकता वा धु्रवीकरण नगर्ने स्पष्ट पारेका छन् । सो पार्टीको असार ६ देखि ८ सम्म चलेको राष्ट्रिय भेलाको निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले पुष्पकमल दाहाल नेतृत्वको नेकपा(माओवादी केन्द्र) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीसँग एकता नहुने स्पष्ट पारे । एनले माओवादी केन्द्र दक्षिणपन्थी नवसंशोधनवाद मात्र होइन, पश्चगामी दिशातिर अग्रसर भइरहेको स्थितिमा त्यससितको पार्टी एकतालाई खारेज गर्ने निर्णय भेलाले गरेको जानकारी दिए । चन्द नेतृत्वको माओवादीसँग आफ्नो पार्टी एकताको हल्ला चलाइएकामा आपत्ति जनाउँदै कार्यदिशा नमिल्ने भएकाले सो पार्टीसँग एकता नहुने उनको भनाई थियो । अध्यक्ष वैद्यले भने– “चन्द नेतृत्वको माओवादीको फौजी कार्य्दिशा नै छैन, हामीले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ भनेका छौँ, उहाँहरु एकीकृत क्रान्ति भन्दै सत्ता साझेदारीको कुरा गर्दै हुनुहन्छ ।” भेलाले राजनीतिक र फौजी कार्य्दिशालाई थप समृद्ध गर्ने निर्णय गरेको उनले बताए । माओवादीले फागुन महिनामा राष्ट्रिय सम्मेलन गर्ने, राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका विषयलाई लिएर आफ्नै पहलमा कार्यक्रम ल्याउने र कतिपय अवस्थामा मिल्दाजुल्दा साझा विषयमा कार्यगत एकता गर्न सकिने निर्णय गरेको छ । राष्ट्रिय भेलाले २७ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै अफगानिस्तानको राजधानी काबुल नजिकै नेपाली सुरक्षागार्डमाथि भएको हमलामा परी १३ जना नेपालीको हत्याको निन्दा गर्दै मृत्यु हुनेप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । माथिल्लो कर्णाली र अरुण तेस्रो ‘परियोजना जबर्जस्ती योजना अघि बढाउने काम अविलम्ब बन्द गर्न र पश्चिम सेती जनताको ५० प्रतिशत सेयरसहित निर्माण गर्न सो पार्टीले माग गरेको छ । जनयुद्धकालीन मुद्दालाई अदालती कारबाहीमा लैजान अविलम्ब रोकी ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’ मार्फत मेलमिलापको प्रक्रियामा लैजान, राज्यको पुनःसंरचनासम्बन्धी बहसको कुनै टुङ्गो नलगाई स्थानीय निर्वाचन नगर्न, शक्तिशाली नागरिकता छानबिन आयोग गठन गर्नुपर्ने लगायतका प्रस्ताव माओवादी भेलाले पारित गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending