Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मोहन वैद्यकी ५८ वर्षीया पत्नी एसएलसी दिंदै

काठमाडौं, नेकपा– माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ की पत्नी सुष्मा वैद्य विहिबारदेखि शुरु हुने एसएलसी परीक्षामा सहभागी हुँदैछिन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर– छ५२ वर्षको उमेरमा नयाँ वसपार्कस्थित प्रेरणा महिला विद्यालयमा भर्ना भएर उनले औपचारिक शिक्षाको शुरुवात गरेकी थिइन्। विद्यालय भर्ना भएर पढ्न शुरु गरेको ६ वर्षमै उनी एसएलसी दिन सक्षम भएकी हुन्। उनी अहिले ५८ वर्षकी भइन्। विद्यालय जाने उमेर पुगेका तर लेखपढ गर्न नजान्ने महिलालाइ पढाउन यो विद्यालय खोलिएको हो। यो विद्यालय भर्ना हुनुअघि सुस्मा सामान्य लेखपढ मात्र गर्न सक्थिन्। \'प्रेरणा स्कुलमा भर्ना हुनुअघि अरु कुनै पनि स्कुलमा भर्ना भएकी थिइनँ, नपढे पनि आफन्त र साथीभाइको संगतले पत्रिकाका अक्षर खट्टयाउन सक्ने भएकी थिएँ\' उनले बुधबार भनिन् भनिन्, \'स्कुलमा नियमित पढ्न थालेपछि त मेहेनत गरियो भने गर्न नसक्ने केहि पनि छैन रहेछ भन्ने आत्मविश्वास जागेको छ।’ उनी शुरुमा उक्त विद्यालयमा कक्षा एकमा भर्ना भएकी थिइन्। त्यसपछि सिकाइ स्तर बढ्दै गएपछि सोही वर्ष कक्षा एककै ए, बी,सी लगायतका विभिन्न तह पार गर्दै कक्षा चारसम्म पुगिन्। विद्यालयले विद्यार्थीको सिकाइ स्तर छुट्टयाएर विभिन्न समूहमा वर्गीकरण गर्ने गर्छ। उत्कृष्ट विद्यार्थीलाई एकै वर्षमा तीन चार वटा कक्षासम्म चढाइन्छ। एक कक्षापछि चार, पाँच हुँदै कक्षा दशसम्मको पढाइ पुरा गरेपछि सुस्मा एसएलसी परीक्षामा सहभागी हुन लागेकी हुन्। अहिलेसम्म प्राप्त सिकाई उपलब्धिलाई मूल्यांकन गर्दा एसएलसी पनि उत्तीर्ण हुनेमा उनी ढुक्क छिन्। उनलाइ घरमा छोरी, ज्वाइ, श्रीमान तथा अन्य आफन्तले पनि पढाउन सहयोग गरिरहेका छन्। ‘तीनवटी छोरीहरुले स्नातकोत्तर पढिरहेका छन्। अहिले म भने परिवारकै सबैभन्दा कान्छो सदस्य बनेर एसएलसी दिन लागेकी छु’ वैद्यले ठट्टा गर्दै भनिन्। उनलाई आठ वटा विषयमध्ये सबैभन्दा अप्ठ्यारो नेपाली विषय लाग्छ। अधिकांश विद्यार्थीले कठिन अनुभव गर्ने अंग्रेजी, गणित लगायतका विषय उनलाइ सजिलो लाग्छ। ‘नेपालीमा धेरै पढ्नुपर्ने र लेख्नु पनि धेरै नै पर्ने। बुढेसकालमा हात पनि गल्दो रहेछ। त्यही भएर नेपाली साह्रै गाह्रो लाग्छ’ उनले भनिन्। प्रेरणा महिला विद्यालयबाट यो पटक ३३ जनाले एसएलसी दिदैंछन्। उनीहरु सबैको परीक्षा केन्द्र टोखामा रहेको मनोहर उच्च माध्यमिक विद्यालयमा परेको छ। प्रेरणाजस्तै काठमाडौं तथा भक्तपुरमा रहेको अन्य महिला विद्यालयबाट पनि थुप्रै महिलाले यो वर्ष एसएलसी दिदैंछन्। यो वर्षको एसएलसी परीक्षा विहिबार विहान आठ बजेबाट शुरु हुँदैछ। पनिकाका अनुसार यो वर्ष ५ लाख ७४ हजार ६ सय ८५ जनाले परीक्षा फाराम भरेका छन्। जसमध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ तथा एक्जाम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ जनाले फाराम भरेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: