Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कर्मचारीलाई तलब खुवाउन अचल सम्पत्ति बेच्दै साझा प्रकाशन

\"sajha_prakashan\"काठमाडौं । आर्थिक रुपमा जर्जर साझा प्रकाशनले ऋण तिर्न आफ्ना चलअचल सम्पति बेच्ने भएको छ । प्रकाशन सञ्चालक समितिले सरकारले आउँदो १५ दिनभित्र रु ४० करोड अनुदान नदिएमा आफ्ना विभिन्न जग्गा बिक्री गर्ने निर्णय गरेको हो । साथै कर्मचारी कटौतीलगायत सुधारका काम अघि बढाउन कर्मचारी प्रशासन नियमावली संशोधन गरी २० वर्षभन्दा बढी सेवा गर्ने माथिल्लो तहका कर्मचारीलाई स्वेच्छिक अवकाश दिन प्रक्रिया प्रारम्भ गरेको छ । सोको सूचना आज केन्द्रीय कार्यालयमा टाँस गरिएको छ । प्रकाशनमा हाल १९४ कर्मचारी छन् भने २० वर्ष सेवा गर्ने २२ जना छन् । ती कर्मचारीले संस्थाको योजनाअनुसार राजीनामा दिएमा थप तीन महिनाको सुविधान दिने तर राजीनामा नदिने कर्मचारीलाई सञ्चालक समितिले जुनसुकै बेला हटाउनसक्ने गरी नियमावली संशोधन गरिएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रसाद शर्माले बताए । संस्थाको गत चैत २५ मा सम्पन्न २३ औं साधारणसभाले संस्था बचाउन विभिन्न पहल लिन सञ्चालक समितिलाई अधिकार दिएको थियो । प्रकाशनसँग ललितपुर, पोखरा, चितवन, महेन्द्रनगर, धनगढीलगायतका ठाउँमा जग्गा रहेको छ । जग्गा बिक्रीको निर्णयमा पुग्नुअघि प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री र विभिन्न नेतासँग प्रकाशनले वरिष्ठ साहित्यकारसहितको टोलीले भेटेर संस्था बचाइदिन आग्रह गरिसकेको छ । आवश्यकता भन्दा बढी कर्मचारी हुनु र विभिन्न आर्थिक अनियमितता हुनु तथा पाठ्यपुस्तक वितरणको जिम्मेवारी खोसिनुले प्रकाशन हाल करिब रु ४५ करोड घाटामा छ । अध्यक्ष शर्माले विगत आठ वर्षदेखि आउन नसकेको लेखा परीक्षण प्रतिवेदन ल्याउन, कर्मचारीलाई नियमित काममा लगाउन पनि समितिले निर्देशन दिएको बताउँदै सरकारबाट १५ दिनभित्र रकम नआए आफ्ना जग्गा बिक्री गरेर भए पनि संस्था उठाउने निर्णय भएको जानकारी दिए । प्रकाशनले विगत छ महिनोदखि कर्मचारीको तलब खुवाउन सकेको छैन भने पाठ्यपुस्तक वितरणको जिम्मेवारी पुनः पाउनेबारे सरकारले केही निर्णय गरेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending