Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

अन्ततः बेलायत ईयूबाट बाहिरियो

\"brexit-flags-overlay-tease\" काठमाडाैं, १० असार । बेलायत अन्ततः युरोपियन युनियन (ईयू)बाट बाहिरिएको छ । विहीबार भएको जनमत संग्रहमा ईयूलाई छाड्ने पक्षमा ५१ दशमलव ९ प्रतिशत अर्थात १ करोड ७४ लाख १० हजार ७ सय ४२ मत खस्यो भने ईयूबाट बाहिरिन नहुने पक्षमा ४८.१ प्रतिशत अर्थात १ करोड ६१ लाख ४१ हजार २ सय ४१ मत खस्यो । बेलायती प्रधानमन्त्री डेभिड क्यामरन तथा कन्जरभेटिम पार्टी ईयूलाई छाड्न नहुने पक्षमा थिए । जनमत संग्रहको यो नतिजासँगै डेभिड र कन्जरभेटिभ पार्टीलाई नराम्रो धक्का लागेको छ । निर्वाचन आयोगका अनुसार बेलायत यूरोपियन युनियन संघमा रहने नरहने फैसला गर्न भएको जनमत संग्रहमा ४ करोड ६४ लाख ९९ हजार ५ सय ३७ जनाको मतदाता नामावली थियो । बेलायती समयअनुसार विहान सातबजेदेखि राती १० बजेसम्म गरिएको थियो । बेलायतको इतिहासमा योे तेस्रो पटक राष्ट्रिय जनमत संग्रह गरिएको हो । यो जनमत संग्रह भन्दा अघि बेलायत युरोपीय संघमा रहने वा अलग हुने मुद्दामा चार महिनासम्म अभियान चलाइएको थियो । सन् २००८ देखि बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको थियो । सन् २००८ मा ग्रेट ब्रिटेनको अर्थव्यवस्था मन्दीको चपेटामा परेपछि बेरोजगारी बढेको थियो । आर्थिक मन्दीका कारण बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न शुरु भएको थियो । बेलायतले प्रत्येक वर्ष युरोपियन युनियनको बजेटका लागि ९ अर्ब डलर दिँदै आएको छ । ईयूबाट बाहिरिएपछि उक्त रकम दिनु पर्दैन । बेलायत र ईयू आवतजावतमा समेत छुट भएका कारण बेलायतले नोक्सान बेहोर्दै आएको छ । क्यामरनको राजिनामा आफ्नो मतको विपक्षमा बहुमत आएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले बेलायतको प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् । बेलायतमा युरोपेली संघमा रहने कि बाहिरिने भन्नेबारे भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नपर्ने पक्षमा बढी मत प्राप्त भएपछि बेलायती प्रधानमन्त्री क्यामरनले देशले नयाँ लिडर खोजेको भन्दै प्रधानमन्त्री पदबाट राजिनामा दिएका हुन । हाल सम्म सार्वजानिक भएको परिणाम अनुसार इयुबाट बाहिरिने पक्षमा ५२ प्रतिशत मतदान भएको छ भने ईयुमै आवद्ध भएर बस्नु पर्छ भन्नेमा ४८ प्रतिशत मत प्राप्त भएको छ । यो परिणाम सँगै ब्रिटेन ईयुबाट बाहिरिने लगभग पक्का भएको छ । तर यो प्रक्रिया पूरा हुन भने अझै दुई वर्ष लाग्ने जनाइएको छ । अन्तिम परिणाम सार्वजानिक हुने वित्तिकै उक्त परिणामलाई स्विकार्ने र महान बेलायती जनतालाई सँधै सम्मान गर्ने धारणा क्यामरनले व्यक्त गरेका थिए । प्रधानमन्त्री क्यामरुन युरोपेली संघबाट ब्रिटेन अलग हुन नहुने पक्षमा उभिएका थिए । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy