Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बाबुराम भट्टराई भन्छन् : दुनियाँले नयाँ शक्तिमाथि ध्यान केन्द्रित गरिरहेको छ

\"nayaकाठमाडौं, १० असार । नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रिय परिषद सचिवालयको बैठक नयाँ शक्ति नेपालको केन्द्रिय कार्यलय बबरमहलमा शुक्रबारबाट सुरु भएको छ । पार्टी स्थापना राष्ट्रिय भेलापछिको पहिलो सचिवालय बैठकको सुरुवात गर्दै पार्टीका संयोजक डा.बाबुराम भट्टराईले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय शक्तिहरुले नयाँ शक्तिलाई हेरिरहेको बताए । ‘नयाँ शक्तिलाई राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय शक्तिहरुले हेरिरहेका छन्’ भट्टराईले भने, ‘दुनियाँको आँखा हामीमाथि परेकोले हामीले नयाँ विचारसहित नयाँ शक्तिलाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा अगाडि बढाउनुपर्छ ।’ उनले नयाँ शक्तिप्रति आकर्षण र सहभागिताको लहर तिव्र भइरहेकोले यसलाई समूचित व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । पार्टी स्थापना घोषणासभामा मौसमको प्रतिकूलताका बावजुद पचासौं हजारभन्दा बढी संस्थापक सदस्यहरुको उपस्थिति र सामूहिक सपथग्रहण नेपालमा मात्रै नभएर संसारकै नौलो परिघटना भएको भट्टराईले बताए । ‘पार्टी स्थापना नहुँदै मूलधारमा रहेका पार्टीहरुका प्रमुख नेतृत्व, अन्तर्रा्ष्ट्रिय भाइचारा पार्टीहरुको उपस्थिति र शुभकामना तथा कुटनीतिक प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति अर्को आकर्षण बन्यो,’ पार्टी स्थापना राष्ट्रिय भेलाको समीक्षा गर्दै उनले भने । भट्टराईले पुराना पार्टीहरुको विकल्प बन्ने हाम्रो अभियानलाई ध्यान दिएर अगाडि बढ्न नेताहरुलाई आव्हान गरे । ‘पुरानोको विकल्प बन्नको लागि तीन क्लस्टरबीचको एकता र सहकार्यका साथै समानुपातिक, समावेशी र सहभागितामुलक लोकतान्त्रिक मान्यतालाई सुनिश्चित गर्दै अगाडि बढ्नुपर्छ, यस्तो एकता र सहकार्यबाट मात्र आर्थिक समृद्धिको नेतृत्व गर्न सम्भव छ,’ उनले भने । भट्टराईले संगठन निर्माणमार्फत निर्वाचनमा विजय हासिल गर्ने र सरकारमा पुगेर समृद्धिको योजना कार्यान्वयन गर्नु नयाँ शक्तिको प्रमुख कार्यभार भएको बताए । बैठकमा सहिदहरुप्रति श्रद्धाञ्जली, अहिलेसम्मका कामको समीक्षा, दस्तावेजमाथि आएका सुझावबारे छलफल, विधान, कार्य्विभाजना, तत्कालीन कार्ययोजना, आर्थिकलगायतका एजेन्डाहरुमाथि छलफल हुने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए । शुक्रबारको बैठकमा २९ जना केन्द्रीय परिषद सचिवालय सदस्यले धारणा राखेका छन् । समीक्षा मन्तव्य राख्नेमा अरविन्द साह, गंगा श्रेष्ठ, महेश कोर्मोचा, कृष्ण शर्मा, कमला हेन्चुरी, बज्र किशोर यादव, मदन राई, जनक शाह, गणेश राई, सोनामसिंह स्याङ्तान, प्रविण मिश्र, प्रदीपमान तुलाचन, सोनामछिरिङ शेर्पा, सरुण बाठामगर, दुर्गा सोव, दवेन्द्र पराजुली, हिसिला यमी, करिष्मा मानन्धर, अटलमान राई, विरेन्द्र पोखरेल, अमरध्वज लामा, सुरेन्द्र चौधरी, कृष्ण चौधरी, महेन्द्र पासवान, पासाङ शेर्पा र नवराज सुवेदी रहेका छन् । बैठकमा समीक्षा रिपोर्टिङ राख्दै अधिकांश वक्ताहरुले नयाँ शक्तिको अहिलेसम्मको कार्यक्रमहरु ८० प्रतिशत सफल भएको भन्दै बाँकी कमजोरीलाई आन्तरिक समीक्षा गर्दै सच्याउँदै अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । कार्यक्रममा सहभागिता, र्या्ली व्यवस्थापन, अनुशासन, सदस्यता अभियानलगायतका काम सफलतापूर्वक सम्पन्न गरिएको भन्दै नेताहरुले आगामी दिनमा यसलाई अझ तिव्रता दिनुपर्ने धारणा राखे । बैठकमा वक्ताहरुले नयाँ शक्तिमा पद र प्रतिष्ठाको लागि भन्दा राष्ट्रको सेवा र विकासको लागि सहभागी भएको विचार व्यक्त गरे । बैठक आइतबार पुनः बस्नेगरी स्थगित भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending