Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बेलायतको जनमतसंग्रहको निर्णयले विश्वव्यापी झड्का

\"refrendum\"लन्डन, १० असार । बेलायतमा बिहीबार भएको जनमत सङ्ग्रहको परिणाम युरोपेली संघमा नरहनेगरी आएपछि यस निर्णयले विश्वव्यापी रुपमा झड्का उत्पन्न भएको छ । बेलायतले गरेको यो निर्णयपछि विश्वका देशहरुमा यसको असर के कस्तो पर्ला भन्ने बारेमा विभिन्न हिसाबले प्रतिक्रियाहरु आउन थालेका छन् । युरोपेली देशहरुको साझा संस्थाका रुपमा रहेको यसकोे साठीवर्र्षेे इतिहासमा बेलायत यसरी बाहिरिने पहिलो राष्ट्र भएको छ भने अर्कातर्फ यस्तो निर्णय गर्ने बेलायत नै यो पहिलो राष्ट्र पनि भएको छ । यो निर्णयसँगै बेलायतलाई पनि एकीकृतरुपमा रहने विषयमा चुनौती हुनसक्ने अनुमान पनि बैज्ञानिकहरुले गरेका छन् । स्कटल्याण्डले आफू युरोपेली संघबाट अलग भएर बस्न नसक्ने जनाएको छ भने बहुसंख्यक नभएपनि ठूलो संख्यका मानिस पनि यो निर्णयमा अडिग रहेका छन् ।\"refrendum2\" यसरी युरोपेली संघमा हन नहुने भनी निर्णय गर्ने व्यक्तिको संख्या दश लाखभन्दा पनि बढी रहेको छ । यसलाई पनि ठूलो संख्याको रुपमा लिनुपर्ने हुन्छ । बिहीबार भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत नागरिकले उक्त संघमा नरहने पक्षमा मतदान गरिसकेका छन् । भने रहनुपर्छ भन्नेहरु ४८ प्रतिशत छन् । यसरी यो संख्या हेर्ने हो भने दश लाखभन्दा बढीको फरक देखिएको छ । यो फरक मतदान पछि अन्ततः बेलायत अब उक्त सङ्घमा नरहने त निश्चित नै भइसकेको छ । जुन २३ को इतिहासलाई हामीले बेलायतको स्वतन्त्रता दिवससरह मान्नुपर्ने हुन्छ भन्छन् इयु विरुद्धको अभियानका नेता निगेल फारेज । उनका अनुसार अब बेलायतका लागि यो ठूलो अबसर पनि हुनसक्छ र जसले गर्दा आगामी दिनमा यसले युरोपेली युनियनबाट बाहिरिएर ठूलो काम गरेर पनि देखाउन सक्छ । हामीले यो काम गरिछोडेका छौँ, अन्ततः हामीले जितेका छौँ– युरोपेली सङ्घमा रहनु हुन्न भन्ने अभियानका अभियन्ताहरुले यस्तो नाराबाजी गर्दै विजय जुलुश मनाइरहेका छन् । उनीहरुले बाहिर निश्कियौँ बाहिर निस्कियौँ (वि आर आउट) भन्दै नाराबाजी गरेका समाचारमा जनाइएको छ । यतिखेर विश्वको छलफलको विषय नै यही बनेको छ । उनीहरुले बेलायत बाहिरिएर के फाइदा हुन्छ वा के घाटा पर्छ भन्ने विषयलाई छलफलको केन्द्रमा राखेका छन् । यसको प्रत्यक्ष असर बेलायतको सेयर बजारमा पनि परेको छ । सेयरको सुरुवात मा नै यो बजार कम्तीमा पनि आठ प्रतिशतले घटेको थियो । तर बेलायतको बैंकले भने आर्थिक क्षेत्रमा कुनै पनि समस्या उत्पन्न हुन नदिने भन्दै लगानीकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेको छ । यतिखेर बेलायतको राजधानी लन्डनदेखि कैयौँ स्थानमा बिजय जुलुशहरु निकालिएको छ । जुलुशमा बेलायती नागरिकले आफ्नो पक्षमा मत आएको भन्दै खुसी व्यक्त पनि गरेका छन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending