काठमाडौं । यूरोपेली युनियन (इयू)बाट बेलायत बाहिरिने भएपछि त्यसले विश्वव्यापी झड्का दिएको छ । विश्व राजनीतिमा तरंग सिर्जना भएको छ भने यसबाट सेयर बजार, तेल लगायतका क्षेत्र प्रभावित भएका छन् ।
यसबारे नेपालका राजनीतिक दलका नेताहरुले पनि बिभिन्न प्रतिक्रिया सार्बजनिक गरेका छन् । कसैले यसलाई विश्व शान्ति विरुद्धको कदम भनेका छन् भने कसैले बेलायतको उल्टो यात्राको संज्ञा दिएका छन् ।
प्रतिगामी कदमः डा. भट्टराई
पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले व्रिटेन इयूबाट बाहिरिएको घटनालाई प्रतिगामी र विश्व शान्ति विरुद्धको कदम भनेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘व्रिटेन इयूबाट बाहिरिनु एउटा प्रतिगामी कदम हो । यो विश्व शान्तिको पनि विरुद्ध छ । विश्वका मानिसहरु अझ नजिकिनु पर्छ । अझ जोडिनु पर्छ । यो ककुनमा फर्कने बेला होइन ।’
यसैगरी कांग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले भनेका छन्, ‘बेलायत इयूबाट सानो मतको अन्तरले ध्रुविकृत चुनावबाट बाहिरिनुको आर्थिक र राजनीतिक प्रभावहरु महत्वपूर्ण छन् ।’ अतिवादबाट होसियारः एमाले सचिव भट्टराई एमाले सचिव योगेश भट्टराईले इयूबाट बेलायत बाहिरिनुलाई घोर दक्षिणपन्थी राष्ट्रवादको पराकाष्टा भनेका छन् । उनले उल्टो बाटोतिरको यात्रा सुरु भएको भन्दै अतिवादबाट होसियार रहन पनि सबैलाई आग्रह गरेका छन्Brexit is a regressive move, against world peace! People of d world must come closer, integrate further, not return to d cocoons!
— Baburam Bhattarai (@brb_laaldhwoj) June 24, 2016
इयुबाट युके बाहिरिने जनमत उल्टो बाटोतिरको यात्रा । घोर दक्षिणपन्थि राष्ट्रबादको पराकास्ट । अतिबादसँग होसियार । — Yogesh bhattarai (@yogeshuml55) June 24, 2016
भट्टराईले ट्वीट गरेका छन्, ‘इयुबाट युके बाहिरिने जनमत उल्टो बाटोतिरको यात्रा । घोर दक्षिणपन्थि राष्ट्रवादको पराकास्ट । अतिबादसँग होसियार ।’
संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्यले आर्थिक क्षेत्रमा अहिलेसम्म नदेखिएको र नचिताइएको असर पर्ने टिप्पणी गरेका छन् ।
‘बेलायतको भविष्य के होला ?’
विश्लेषक जुगल भुर्तेलले ठूलो भएको भ्रममा रहेको व्रिटेनलाई बल्ल आफ्नो साइज थाहा भएको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘खुम्चिँदा–खुम्चिँदा एउटा सानो टापूमा सीमित भइसकेर पनि ‘ग्रेट’ नै रहेको भ्रममा बाँचेको ब्रिटेनलाई अब बल्ल आफ्नो साइज थाहा हुनेछ ।’
एमाले नेता रविन्द्र अधिकारीले अब बेलायतको भविष्य के होला ? भनेर प्रश्न गरेका छन् ।
पूर्व अर्थ सचिव रामेश्वर खनालले संक्षिप्त प्रतिक्रिया ट्विट गरेका छन् । उनले लेखेका छन्, ‘यूकेमा के गलत भयो ?’
यूरोपेली युनियनमा रहने वा नरहने भन्ने विषयमा भएको जनमत संग्रहको नतिजामा ५२ प्रतिशत मतदाताले युनियनबाट बाहिरिनु पर्नेमा मतदान गरेका थिए । युनियनमै रहनु पर्छ भन्नेमा ४८ प्रतिशत मत परेको छ ।
यसअघि सन् १९७५ मा पनि यस्तै जनमत संग्रह भएको थियो जसमा ६७ प्रतिशतभन्दा बढी मत बेलायत इयूको सदस्य रहिरहनु पर्छ भन्ने पक्षमा खसेको थियो ।
प्रतिकृया लेख्नुहोस्: