Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अन्तत मधेसी मोर्चा सरकारसँग वार्तामा जाने

\"madheshiकाठमाडौँ । पछिल्लो समय सरकारले लचकताका साथ वार्तामा प्रस्तुत हुने जनाउदिँदै लिखितरुपमै पत्राचार गरेपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धन सकारात्मक देखिएको छ ।

गठबन्धनभित्रका अधिकांश दलले औपचारिक धारणा नबनाए पनि वार्ताप्रति सरकारले देखाएको सक्रियतालाई गम्भीरतापूर्वक लिँदै ती दलले विभिन्न समयमा सकारात्मक धारणा प्रस्तुत गर्दै आइरहेका छन् ।

सरकारसँगको वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा गठबन्धनभित्र अझै औपचारिक छलफल भने हुन सकेकै छैन । पछिल्ला दिनमा गठबन्धनभित्रै केही खटपटी बढेकाले पनि उनीहरुबीच फरक मत मतान्तर देखिएको छ ।

मधेसीमोर्चाले गठबन्धन अलग्गै पनि वार्तामा बस्न सकिने अभिव्यक्ति दिएको छ । गठबन्धनको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चा सङ्घीय गठबन्धनबिना नै सरकारसँगको वार्तामा सहभागी हुने बताए ।

थापाँगाउँस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले वार्ताका लागि सरकारले पत्राचार गरेर सक्रियता देखाउनु सकारात्मक हो भन्दै गठबन्धनलाई सरकारले पत्राचार नगरेको भए पनि वार्ताका लागि मोर्चा गठबन्धन बेगर सहभागी हुने बताए ।

“गठबन्धनलाई सरकारले पत्र पठाएन भनेर हामी कुरेर बस्दैनौ, मधेसी मोर्चाले मधेसमा रगत बगाएर सहिद बनाएर आएको छ, आन्दोलन हामीले गरेको हो, गठबन्धनसँग सरोकारै भएननी त्यसैले राजनीतिक माग वार्ताबाटै समाधान हुन्छ, तर सरकारले उचित वातावरण बनाउनुपर्छ”–उनले भने । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending