वामपन्थीसँग आफूले माक्र्सबाद नछोडेको र काँग्रेसलाई फकाउन लोकतन्त्रको ललिपप देखाएको हो भने त्यस्ता तातो बरफ बिक्री गर्ने जमाना अब सकिइसकेको छ ।कुनैबेला उनले आविस्कार गरेको नारा ‘राष्ट्रघाती एमाले– न पोथी न भाले’ ले हिजोआज उनैलाई कतिको खिल्ली उडाउला त्यो त विद्वान डा. साबलाई नै थाहा होला परन्तु उनको नयाँ शक्ति वामपन्थी हो वा कथित प्रजातान्त्रिक भन्ने लिङ्ग नखुलेकाले हैरान छन् सामान्य जनताहरु र उनकै शुभेच्छुकहरु । उनै विद्वानकै मुखारबिन्दबाट जवाफ सुन्न आतुर छन् सायद उनीहरु । वामपन्थीसँग आफूले माक्र्सबाद नछोडेको र काँग्रेसलाई फकाउन लोकतन्त्रको ललिपप देखाएको हो भने त्यस्ता तातो बरफ बिक्री गर्ने जमाना अब सकिइसकेको छ । अन्यथा ओली जस्ता सामान्य प्रमाणपत्रधारीले सपना बाँड्दा दिमाग सड्केको हुने र उनीजस्ता विद्यावारिधीले सपना बाँड्दा विद्वता चुलिएको हुने भन्ने होला कि ? नहोला बहसको विषय बन्ला । पुराना कर्मचारी, प्रशासक, अभिनेता/ अभिनेतृ र अन्य राजनैतिक दलमा नअटाएका/त्यहाँबाट विदाइ गरिएका नेता/कार्यकर्ता देशको अस्तव्यस्तताबाट असन्तुष्ट तर विदेश पलायन हुन नसकेका युवा पङ्क्ति, वर्तमान राजनैतिक गतिविधिबाट वितृष्णा जागेका केही थान मान्छेहरुको झुण्ड, जो या त सत्ताको सोपान आरोहण गर्न अहोरात्र लालायित छन् या आर्थिक विकासको नाराद्धारा ज्यास्ती नै मन्त्रमुग्ध छन्, नै नयाँ शक्तिका सारथि हुँदा राज्यमा कस्तो कायापलट होला ? डा. भट्टराईले भनेझैं अबको चुनावमा नयाँ शक्ति नै एक नम्बरको शक्ति भएछ भने थाहा लागि नै हाल्नेछ । तथापि त्यत्रो कुम्भमेलामा पनि विधान र राजनैतिक दस्तावेज अनुमोदन हुन नसकेको, ठूलो सङ्ख्यामा पदका आकाङ्क्षी भएका कारण केन्द्रीय नेतृत्व चुन्न नसकेको, नीतिगत अलमलको छिनोफानो हुन नसकेको, विरोधाभास र अनिर्णयको भासमा जाकिएको वर्तमान अवस्थाले नै भविष्यको धेरथोर सङ्केत निश्चित रुपमा गरेको हुनुपर्छ ।
नयाँ शक्ति वामपन्थी हो वा कथित प्रजातान्त्रिक भन्ने लिङ्ग नखुलेकाले हैरान छन् सामान्य जनताहरु र उनकै शुभेच्छुकहरु ।निःसन्देह समृद्धिको सपना राजनीतिले खिचेको मार्गचित्रका आधारमा पूरा हुने हुन् तथापि जब राजनीति नै गोलमटोल छ भने त्यतिखेर कहाँबाट पूरा होलान् ती सपना ? मुहानविनाका खोला कसरी बग्लान् र ? यो त बात मार्ने स्वर छैन, राग गाउने सुर जस्तो भएन र भन्या । एउटा झण्डै तीन दशकको कालखण्ड थियो जतिबेला तत्कालीन नपढेका र सीधा माओवादी कार्यकर्ताका माझ उनको विद्यावारिधिकै प्रमाणपत्रका कारण उनी आइकन भए /बनाइए । तिनै निर्दोष र निमुखा कार्यकर्ताको उत्सर्गको सोपान चढेर उनी राष्ट्रकै प्रमुख कार्यकारी पदमा आसीन भए पनि । परन्तु त्यो उत्सर्गका पछाडि समग्र राष्ट्रको उन्नति र प्रगति सन्निहित थियो र समतामूलक समाजको स्थापनाको सपना थियो भन्ने भुलेका हुन् उनले । त्यहाँ नवउदारवादको दुर्गन्ध थिएन र थिएन स्वार्थको माथापच्ची समेत । अहिले नयाँ शक्ति नामक सपिङ मलको शुभारम्भ गर्दा अनेक समृद्धि र आर्थिक विकासको अफरले लोभिएका अनगिन्ती ग्राहकहरु अफर हात लागी नहुनासाथ उही पुरानै खुद्रा पसलतिरै नफर्किएलान् भन्ने ग्यारेण्टी के छ र ? त्यसरी नै बन्दुक उठाएर मैले महाभूल गरेँ, यो अपराध वापत अब जुनसुकै सजाय भोग्न तयार छु नभनुन्जेल यथास्थितिवादी र पश्चगामीहरुले उनलाई कुन आधारमा पत्याउलान् ? राजनीतिमा निष्कपट, निष्कलङ्कित र असल एवं इमान्दार अनुहार नभेट्नु नै वर्तमान राजनीतिको एउटा भयङ्कर त्रासदी हो, आम भय हो । हो, यो त्रासदीलाई मेट्ने आँट भट्टराईले गर्न सक्लान् त ? अनि विनामूर्त मार्गचित्र सात वर्षमा गरिबी र बेरोजगारी अन्त्य गर्ने, पन्ध्र वर्षभित्र मध्यमस्तरको विकास गर्ने र पच्चिस वर्षभित्र संसारकै समुन्नत देश निर्माण गर्ने कथन केबल हावाको महल नबन्ला ? १८१ औं दलको स्थापना कार्यक्रममा देखाइएको खर्च विवरण (१ करोड ४० लाख) ले पनि उनका कुरा कति हावादारी छन् भन्ने सावित गर्न सहायकसिद्ध हुन्नन् र ? कर्पोरेट हाउसका नयाँ उत्पादनका भन्दा ज्यादा विज्ञापन यदि सञ्चारमाध्यमले सित्तैमा गरेका हैनन् र समुद्घाटन, छलफलसत्र जस्ता ३ दिने कार्यक्रममा लाग्ने खर्चको आर्थिक व्यवस्थापन यदि कुनै स्वदेशी÷विदेशी प्रायोजकले गरेका हैनन् भने यो विवरण झुटको पुलिन्दा सिवाय केही हुन सक्ला ?
झण्डै तीन दशकको कालखण्ड थियो जतिबेला तत्कालीन नपढेका र सीधा माओवादी कार्यकर्ताका माझ उनको विद्यावारिधिकै प्रमाणपत्रका कारण उनी आइकन भए /बनाइए ।राजनीतिक दललाई यदि समान मूल्य, मान्यता, सिद्धान्त र प्रतिबद्धता बोक्नेहरुको समूह मान्ने हो भने उनले जुन वर्गको जिन्दगी बाँच्ने चेष्टा गरिरहेछन्, अवश्यमेव त्यही वर्गको हितार्थ राजनीति गर्ने छन् र तिनैका एजेण्डा बोक्ने छन् । ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने विद्वान डा. साबले कुन वर्गको समृद्धिको कुरा गरेका हुन् धेरै प्रष्ट छैन । धुस्रेफुस्रेको राजनीतिबाट विश्राम लिएर उनले अहिले जुन वर्गलाई अँगालोमा बेरेका छन् तिनको समृद्धिकै कुरा गरेका छन् भने उनको सपना निःशङ्क पूरा हुनेछ जसका निम्ति उनको नयाँ शक्तिको दरकार नै छैन । अन्य उनका नजरका पुराना शक्तिहरु त्यसैका खातिर जमजमाएर बसिरहेका छन् ।
प्रतिकृया लेख्नुहोस्: