Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नेपालमै पहिलो बुलर प्रविधियुक्त फुड्स उद्योग भैरहवामा

\"IMG_20160625_092231\"भैरहवा, ११ असार । भैरहवा क्षेत्रमा स्थापना भएको औद्योगिक तथा ब्यबसायिक समुह ‘एस.आर.गु्रप’ ले गु्रपको भातृ संस्थाका रूपमा एस.आर. फुड्स प्रा.लि.को स्थापना गरेर सञ्चालनमा ल्याएको छ । दुई बिगाहा क्षेत्रफलमा फैलिएको उद्योगको कुल लगानी ४५ करोड रहेको प्रालिले जनाएको छ । लामो समय देखि पूर्वाधार उद्योगमा संलग्न रहँदै देशको बिकाश निर्माणमा योगदान गर्र्दै आईरहेको उक्त ग्रुपले एसआर फुड्सको उद्योग रूपन्देही जिल्ला पडसरी गाबिस वडा नम्बर ४ (भैरहवा नजिकै) रहेने गरि सञ्चालनमा ल्याएको हो । उक्त उद्योगबाट ‘एस.आर.फ्रेस’ ब्रान्डमा मैदा, आटा, सुजी र चोक्करको ब्याबसायिक उत्पादन सुरू भएको छ । उत्पादन क्षमता, प्रबिधीका आधारमा यो उद्योग नेपालकै सबैभन्दा ठुलो उद्योग भएको प्रालिका अध्यक्ष सिताराम उप्रेतीले जानकारी दिए । प्रति दिन २ सय टन उत्पादन क्षमता रहेको उद्योगमा स्वीस बुलर प्लान्ट जडान गरिएको छ । बुलर प्लान्ट खाद्य उत्पादनका लागी बिश्वको १ नम्बर रहेको छ । यो टेक्नोलोजी बिश्वमा नेस्ले, पार्ले, ब्रिटानिया जस्ता उद्योगहरूले समेत गर्दै आएको र नेपालमा बुलर प्रबिधी भित्र्याउनेमा एस.आर. फुड्स पहिलो रहेको निर्देशक सुमन भूसालले जानकारी गराए । उद्योग पूर्ण रूपमा स्वचालित (अटोमेटिक) हुने र सञ्चालनमा विनकोर्श सफ्टवेयर जडान रहेको एस आर ग्रुपका प्रबन्ध निर्देशक सुरज उप्रेतीले जानकारी दिए । मैदा उद्योगमा यो सफ्टवेयरको प्रयोग पहिलो पटक नेपालमा एसआर फुड्सले प्रयोग गरेको हो । यो सफ्टवेयर मार्फत् उत्पादन क्षमता र गुणस्तर मापन (क्वालिटी कन्ट्रोल) गर्ने काम हुने उद्योगले दाबी गरेको छ । उद्योगमा बिद्युत् कटौती (लोड सेडिङ)को बिकल्पका रूपमा स्वचालित जेनेरेटर जडान गरिएको छ भने ईलेक्ट्रिकल इन्टरलक प्रबिधी समेत जोडिएको छ । अहिले उद्योगबाट उत्पादित मैदा १०÷२०÷५० केजिको ब्यागमा, सुजी ५०० ग्राम (आधा किलो), १ केजि, २० केजि र ५० केजि, आटा ५ केजि, २० केजि र ५० केजि, चक्की आटा २ केजि र ५ केजि तथा चोक्कर ४० केजिको ब्यागमा उपलब्ध रहेको निर्देशक भुसालले बताए । उद्योगको उत्पादन गर्ने क्षमता प्रतिदिन २०० टन रहेको छ । यसमा चक्की आटा ५० टन र अन्य १५० टन रहेका छन् । उद्योगमा प्रयोग हुने कच्चा पदार्थ २० प्रतिशत स्थानीय र बाँकी ८० प्रतिशत भारतबाट ल्याउनु पर्ने उद्योगले जनाएको छ । उत्पादित बस्तु नेपाल भरिनै पु¥याईने र दशैँसम्म छिमेकी देश चिनमा समेत निर्यात गर्ने लक्ष्य उद्योगले लिएको निर्देशक भुसालले बताए । उद्योगले प्रत्यक्ष रूपमा ८० जनालाई रोजगार प्रदान गरेको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending