Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

प्रेस सेन्टरले शहीदको घरमा श्रमदान गर्ने

घोराही, ११ असार । प्रेस सेन्टर नेपाल, दाङले यही असार १५ गते शहीद परिवारको घरमा श्रमदान गर्ने भएको छ । सेन्टरको एकता सम्मेलनपछिको शनिबार घोराहीमा सम्पन्न पहिलो पूर्ण बैठकले धान दिवसको अवसरमा तुलसीपुर–१५ हलवारस्थित शहीद परिवारको घरमा श्रमदान गर्ने निर्णय गरेको हो । बैठकले संगठनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि विभिन्न विभाग तथा भूगोलको जिम्मेवारी तोकेको सचिव पाण्डव शर्माले जानकारी दिए । उनका अनुसार वरिष्ठ उपाध्यक्ष प्रकाश चौधरीको संयोजकत्वमा गिरिराज नेपाली र राजकुमार चौधरी रहेको प्रकाशन विभाग गठन गरेको छ । त्यसैगरी उपाध्यक्ष सन्तोष अधिकारीको संयोजकत्वमा उदय विसी र सुशीला वली सदस्य रहेको कार्यक्रम व्यवस्थापन विभाग, सचिव पाण्डव शर्माको संयोजकत्वमा सुमन वली र दीपक बोहरा सदस्य रहेको संगठन तथा सञ्चार विभाग गठन गरेको छ । त्यसैगरी जनक नेपालीको संयोजकत्वमा तुलसीराम वली र सीमा आचार्य रहेको प्रशिक्षण विभाग, केशरमान विसीको संयोजकत्वमा युगराज पोख्रेल, शान्तकुमार बुढा र राजेश चौधरी सदस्य रहेको आर्थिक विभाग गठन गरेको छ । बैठकले संगठनको देउखुरी क्षेत्रको संयोजकमा दिवाकर पोख्रेल र तुलसीपुर (पश्चिम दाङ) क्षेत्रको संयोजकमा दामोदर बस्नेत ‘राकेश’लाई दिइएको छ । सेन्टरका जिल्ला अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं सेन्टरका केन्द्रीय सचिवालय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संगठनको वार्षिक मुखपत्र ‘हाम्रो कलम’ प्रकाशित गर्ने निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending