Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मधेसी मोर्चामै तीन थरीका भनाई

\"fourकाठमाडौं, १२ असार । सात महिना बढी मधेस आन्दोलनपछि राजधानी केन्द्रित आन्दोलन थालेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुमै तीन थरी भनाइ आएका छन् । संविाधन जारी हुनुअघिदेखि थालिएको मधेस आन्दोलनपछि हालै काठमाडौं केन्द्रित आन्दोलन थालेका मोर्चाका नेताहरुले सरकारसँगको वार्ताबारे अलग अलग अभिब्यक्ति दिँदै हिडेका छन् । मोर्चाले गएको १ जेठदेखि जनजातिसहितको संघीय गठबन्धन बनाएर राजधानी केन्द्रित आन्दोलन गर्दै आएको छ । २९ दलको सहभागिता रहेको भनिएको संघीय गठबन्धनले जेठ २५ गतेदेखि खुलामञ्चमा रिले अनसन बस्दै आएका छन् । राजधानी केन्द्रित आन्दोलन थालेको गठबन्धनको संयोजक पनि मोर्चाकै नेता तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव छन् । रिले अनसनमा बसिरहेकाबेला सरकारले वार्ताका लागि मोर्चालाई पत्र पठाएपछि वार्तामा बस्ने नबस्नेबारे मोर्चाका नेताहरुको थरिथरिको भनाइ बाहिर आएको हो । मोर्चाका संयोजक उपेन्द्र यादवले मोर्चालाई पत्र पठाएर गठबन्धन फुटाउने सरकारको गम्भीर षड्यन्त्र भएको बताउँदै हिडेका छन् । मोर्चाकै अर्का नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने गठबन्धनबिना पनि मोर्चा वार्तामा बस्ने बताएका छन् । गठबन्धनले आन्दोलन गर्न नसकेको भन्दै गठबन्धनको औचित्यमाथि पनि महतोले प्रश्न उठाएका छन् । उनले अब आफूहरुको सरकारसँग निर्णायक वार्ता हुने तर वार्ता नभए मधेस केन्द्रित आन्दोलन चर्काउने चेतावनी दिँदै आएका छन् । महतोले गठबन्धनबिना वार्तामा बस्न आफूहरु तयार रहेको बताए पनि सद्भावना पार्टीकै सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने कांग्रेसको सहभागिताबिना आफूहरु वार्तामा नबस्ने बताएका छन् । सरकारले पठाएको पत्र लगत्तै मोर्चाले गठबन्धनलाई समेत वार्तामा बोलाउनुपर्ने भन्दै सात बुँदे जवाफ पठाइसकेको छ । तर सरकारले दोस्रो पत्र पठाएको झण्डै १५ दिन हुँदासमेत वार्ता हुन सकेको छैन । मोर्चाकै नेताहरुको थरिथरिका भनाइले वार्ताबारे झनै अन्योल सिर्जना गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending