Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

उपत्यकामा स्याटेलाइट सिटी निर्माण तयारी सुरु

\"satelliteकाठमाडौँ, १२ असार। काठमाडौँ उपत्यका विकास प्राधिकरणले ‘स्याटेलाइट सिटी’ निर्माणका लागि तयारी सुरु गरेको छ ।

सरकारले आगामी वर्षको बजेटमा उपत्यकामा तीनवटा स्याटेलाइट सिटी निर्माण गरिने कार्यक्रम ल्याएको थियो । एक लाख रोपनीको क्षेत्रलाई स्याटेलाइट सिटी निर्माणका लागि अध्ययन गर्न परामर्शदातालाई कामको विवरण तोक्ने गृहकार्य सुरु भएको प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले राससलाई जानकारी दिए ।

“सिटीमा आधारभूत आवश्यकताका सबै सेवा सुविधा पु¥याउने गरी निर्माण प्रक्रिया अघि बढाउन विस्तृत परियोजना प्रस्ताव निर्माणका लागि परामर्शदाता छनोट गर्न कामको विवरण तोक्ने काम भइरहेको छ, पाँच वर्षमा एउटा स्याटेलाइट सिटी निर्माण सम्पन्न हुनेछ, आठ वर्षमा अरु दुई वटा सिटी बन्नेछ”–उनले भने ।

स्याटेलाइट सिटी निर्माणका लागि आव २०७३÷७४ को बजेटमा रु १० करोड बजेट विनियोजन गरिएको छ । उपत्यकाको काँठ क्षेत्रमा सिटी निर्माणका लागि अध्ययन गरिने प्राधिकरणले जनाएको छ । कुन क्षेत्रमा सिटी निर्माण गरिने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।

यसअघि विसं २०५६ मा ललितपुरको हरिसिद्धिमा सिटी निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले आवश्यक अध्ययन गरी तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा प्रस्ताव पेस गरे पनि उपत्यकामा पानीको अभाव भन्दै मन्त्रालयले प्रस्ताव थन्क्याएको थियो ।

विसं २०६४ पछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गोकर्णदेखि सुन्दरीजलसम्मको क्षेत्रलाई सिटीको प्रस्ताव पेस गरे पनि सहरी विकास मन्त्रालयले त्यसलाई पनि अघि बढाएन । सरकारले काठमाडौँको निश्चित क्षेत्रमा केन्द्रिकृत विकास रोक्नलाई सिटीको अवधारणा अघि सारेको प्राधिकरणले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending