काठमाडौँ, १२ असार । खानी तथा भूगर्भ विभागले थप १५ ठाउँमा तीन खनिज पदार्थ रहेको पत्ता लगाएको छ ।
विभागका उपसचिव जयराज घिमिरेले सल्यान, तनहुँ, उदयपुर, धादिङ जिल्लाका १५ ठाउँमा फलाम, चुनढुङ्गा र तामा पत्ता लगाएको जानकारी गराए । “खनिज पदार्थको अन्वेषणका क्रममा हामीले फलाम, चुनढुङ्गा र तामा थप १५ ठाउँमा रहेको पत्ता लगाएका छौँ” –उनले भने, “ती खनिज पदार्थलाई उत्खनन गरी प्रयोगमा ल्याइनेछ ।”
सल्यान, पाल्पा, उदयपुरका विभिन्न ठाउँमा चुनढुङ्गा, तनहुँमा फलाम र धादिङमा तामाको अन्वेषण गरिएको छ । यसअघि विभागले नेपालका विभिन्न जिल्लाका ४०० ठाउँमा विभिन्न खनिज पदार्थ रहेको अन्वेषण गरेको थियो ।
विभागले अन्वेषण गरेपछि उत्खननका लागि निजी कम्पनीलाई अनुमति दिने गर्दछ । घिमिरेले ती ठाउँमा खनिज पदार्थको गुण र परिमाण पनि यकिन गरिएको जानकारी दिए ।
“खनिज पदार्थ कुन गुणस्तरीय र कति परिमाणमा रहेका छन् भन्ने हामीले अध्ययन ग¥यौँ”– उनले भने, “प्रयोगमा ल्याउन सक्ने गुणस्तर र धेरै परिमाणको रहेको पायौ।” घिमिरेले ती ठाउँबाट खनिज पदार्थ उत्खननका लागि निजी कम्पनीलाई प्रस्तावसमेत आह्वान गरिएको जानकारी दिए ।
यसैगरी, विभागले नवलपरासी र बझाङका विभिन्न ठाउँमा फलामको अध्ययन गरिरहेको छ । “नवलपरासी र बझाङका केही ठाउँमा फलाम रहेको थाहा भएको र अहिले हामी ती ठाउँमा रहेको फलामको अध्ययनका क्रममा रहेका छौं।” उनले चाँडै नै अन्वेषण गरेर ती ठाउँमा रहेका फलामको गुण र परिमाण पत्ता लगाउने बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: