Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अफगानिस्तानमा नेपालीको हत्या गर्ने तालीवानका ४४ लडाकु मारिए

\"taliwan_leader\"काठमाडौं असार १४ । अफगानिस्तानको उत्तर र उत्तरपूर्वी प्रान्तमा गत २४ घण्टाभित्र आतङ्ककारीविरुद्ध गरिएको कारबाहीको क्रममा ४४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

अफगान गृह मन्त्रालयद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको छ ।उक्त विज्ञप्तिका अनुसार यस कारबाहीमा परी कैयौँ आतङ्ककारी घाइते हुनुको साथै अन्य ९३ जना पक्राउ परेका छन् ।

कारबाहीको क्रममा आतङ्ककारीले प्रयोग गर्दै आएका कैयौँ सवारी साधन पनि ध्वस्त पारिएको प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।यस कारबाहीको अवधिभर सुरक्षाबलतर्फ भने कुनै हताहति नभएको जनाइएको छ । उत्तर र उत्तरपूर्वी अफगानिस्तानमा सक्रिय रहेका तालिवान आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा भने कुनै टिप्पणी गरेका छैनन् ।

यसैबीच अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा इस्लामिक आतङ्ककारी विरुद्ध गरिएको कारबाहीको क्रममा ३७ आइएसका आतङ्ककारी मारिएका प्रान्तीय गभर्नरले मङ्गलबार जानकारी दिए ।

अफगान सैनिक र प्रहरीको सहभागीतामा कोट जिल्लाको खोलगाई, जनजाल घोन्दाई र सिपी इलाकामा भएको यस कारबाहीको क्रममा अन्य ४४ आइएस आतङ्ककारी घाइते भएका पनि सो स्रोतले जानकारी दिएको छ ।

उक्त संयुक्त सुरक्षाबलले आइएसले विस्फोटका लागि योजना गरी राखेका ४० भन्दा बढी बारुदी सुरुङ्ग पनि निष्क्रिय बनाएका छन् ।यस कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहति नभएको जनाइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending