Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

सरकारसँग काग्रेसको यस्तो माग

\"congressकाठमाडौँ, १५ असार । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले भूकम्पपीडितलाई पहिलो किस्ताबापत रु एक लाख ५० हजार उपलब्ध गराउनेलगायतका सहमति आजैदेखि कार्यान्वयन सुरु गर्न सरकारसँग माग गरेका छन् ।

व्यवस्थापिका–संसद् भवनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सभापति देउवाले सहमति कार्यान्वयन नभए आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए ।

नेपालको संविधान कार्यान्वयनमा काँग्रेसका तर्फबाट पूरा सहयोग रहने भए पनि स्थानीय निकायको सीमा र नाम निर्धारणका लागि गठन भएको आयोगको समयसीमा फागुन ससान्तसम्म हुँदा आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन सम्भव नदेखिएको उनको भनाइ थियो ।

सभापति देउवाले भने ‘‘आफूहरु निर्वाचन विरोधी नभएकाले संविधान कार्यान्वयन सुल्टो होस् भन्नाका खातिर आयोगले दिएको प्रतिवेदनपछि निर्वाचन हुनुपर्छ भनेका हौँ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसद बैठकमा प्रमुख प्रतिपक्षले उठाएका मुद्दाका बारेमा केन्द्रित रहेर सम्बोधन गरेलगत्तै काँग्रेस संसदीय दलले पत्रकार सम्मेलन आयोजना गरेको हो । भूकम्पपीडितलाई तत्कालै रु एक लाख ५० हजार प्रदान गर्ने, छुटेका नामावली तत्कालै समावेश गर्ने, निष्पक्ष र पारदर्शी ढङ्गबाट भूकम्प पुनःनिर्माणको अभियानलाई साझा सङ्कल्पका साथ अघि बढाउने विषयमा सरकार र प्रमुख प्रतिपक्षबीच भएको सहमतिलाई काँग्रेस संसदीय दलले स्वागत गरेको छ ।

सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ – “राष्ट्रिय सहमति, साझा सङ्कल्प र पारस्परिक विश्वासको बाटोबाट मात्रै मुलुकसामु उत्पन्न चुनौतीको समाधान गर्न सकिनेछ भन्ने हाम्रो मान्यता व्यक्त गर्दछौँ ।”

सामाजिक न्याय तथा मानवीय भावनाले ओतप्रोत हुँदै भूकम्पपीडित, बाढीपीडित, अग्निपीडित तथा भोकमरीग्रस्त जनताका प्रति आफ्नो पार्टीका तर्फबाट गरिएको मानवीय सहयोग अभियानमा साथ दिने समाजका सबै तह र तप्काप्रति काँग्रेसले आभार व्यक्त गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टीका नेताहरु कृष्णप्रसाद सिटौला, महेश आचार्य र डा प्रकाशशरण महतले भूकम्पपीडित जनताको घर निर्माण प्रक्रिया शीघ्र सुरु गराउन सरकार संवेदनशील होस् भन्नाका लागि संसद अवरुद्ध गर्न बाध्य हुनुपरेको बताए ।

संसदीय दलले राष्ट्रिय पुनःनिमाणको कार्यविधिमा आवश्यक संशोधन गरी एकमुष्ट अनुदान रकम उपलब्ध गराउन जोड दिँदै छुटेका नामावली समावेश गर्नुका साथै काठमाडौँ उपत्यकामा तत्कालै सर्वेक्षण प्रक्रिया सुरु गरी बाँकी प्रभावित जिल्लामा समेत सोसम्बन्धी कार्य तत्काल सुरु गर्न माग गरेको छ ।

काँग्रेसले विभिन्न ठाउँका बाढीपिडित, अग्निपीडित र कर्णालीलगायत जिल्लामा भोकमरीमा परेका जनतालाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy