Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

किरणलाई गुरु मान्दा आन्दोलन ओरालो : मात्रिका

काठमाडौं, नेकपा (माओवादी) का संयोजक मात्रिका यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोहन वैद्य ‘किरण’ लाई गुरु मान्दा माओवादी आन्दोलन ओरालो लागेको बताएका छन् । ‘आन्दोलनका सहयात्रीमध्ये कसैलाई गुरु बनाउनु गल्ती हुन्छ, यसकारण किरणजीलाई गुरु बनाउनु नै प्रचण्डजीको गल्ती थियो । गुरुको त आलोचना नै गरिन्न तर आन्दोलनका सहयात्रीको आलोचना पनि गर्ने गरिन्छ । त्यही आलोचना गर्ने स्थिति नभएपछि माओवादी आन्दोलन ओरालो लागेको हो’ यादवले भने । यादवको भनाइ थियो– ‘हामी कमरेड बनेनौं, गलतलाई गलत भन्न सकेनौं, प्रचण्डले किरणलाई गुरु मानिदिएर कमरेड हरायो ।’ एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा १७औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा ‘आन्दोलनः सांस्कृतिक उपलब्धि र चुनौतीहरु’ विषयक विचार गोष्ठीमा आफ्नो धारणा राख्दै यादवले सो कुरा बताएका हुन् । उनले जनयुद्धको रक्षा गर्न नसकिए जनयुद्धका उपलब्धिहरुको रक्षा गर्न निकै कठिन हुने समेत बताए । यादवले आफ्नो पार्टी आन्दोलनको रक्षाका लागि कार्यगत एकता गर्न तयार रहेको बताउँदै एमाओवादीलगायतका सबै माओवादी दलहरुको ध्यान जनयुद्धलाई रक्षा गर्नेमा हुनुपर्ने बताए । ‘कार्यगत एकता गरौं, प्रतिक्रियावादी ठीक हुन्छन्’ भन्दै यादवले प्रश्न गरे– ‘उपलब्धिको रक्षा गर्ने रे ! जनयुद्धका सबै उपलब्धि सकिएपछि कसरी हुन्छ उपलब्धिको रक्षा ?’ ‘जनयुद्धका ड्राइभर प्रचण्डले क्रान्तिको गाडी खाल्डोमा हाल्नुभो, अब उहाँ ए्क्लैले खाल्डोबाट त्यो गाडी निकाल्न सक्नुहुन्न, सबै मिलेर तानौं’ भन्दै यादवले भने– ‘म आन्दोलनमा नलागेको भए पियन बन्थें, आन्दोलनले नै मलाई मात्रिका यादव बनायो ।’ ‘क्रान्तिकारी आन्दोलनको सुरुआत पुनः पेरिसडाँडाले नै गरोस् त्यो सौहार्द्रपूर्ण हुन्छ तर अरुले सुरु गरे सत्रुतापूर्ण हुन्छ’ भन्दै यादवले भने– ‘प्रचण्डले फेरि मौका पाएका छन्, त्यो नगुमाऊन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending