Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

नयाँ सरकारको कसरतमा मधेसवादी दल पनि

\"deuba-prachanda\" काठमाडौं, १६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने कसरत तीब्र पारेको छ । सदनबाट नै विभिन्न विषयमा किचलो झिकेर भएपनि सरकारलाई कमजोर पार्ने रणनीति लिएको कांग्रेसले ओली सरकार ढाल्नका लागि ओलीको सत्ता साझेदार दलहरुकै साथ खोजिरहेको छ । सदनमै कडा रुपमा प्रस्तुत भइ सशक्त प्रतिपक्षको भूमिका खेल्ने घोषणा नै गरेर अघि बढेको कांग्रेसले आर्थिक वर्ष २०७३/७४ को बजेट सदनमा प्रस्तुत भएदेखि नै एकपछि अर्को गरी सदन अवरोध गर्दै आएको छ । पछिल्लो समय भूकम्पपीडितलाई एकमुष्ठ दुई लाख राहत दिनुपर्ने भन्दै गरेको मागमा पनि सरकारले एकमुष्ठ डेढ लाख दिने सहमति गरेपछि अब सहमति कार्यान्वनयका विषयलाई सशक्त ढंगले उठाउने तयारी काग्रेसको छ । एकातिर सदनमा सशक्त ढंगले प्रस्तुत हुने र अर्कोतिर सत्ता साझेदार दलकै साथ लिएर ओली सरकार ढाल्ने रणनीतिमा कांग्रेस रहेको छ । नयाँ सरकारको कसरत थालेको कांग्रेसले नयाँ संविधान जारी हुनुअघिदेखि नै आन्दोलन थालेका मधेसवादी दलहरुले पनि साथ दिएको स्रोतले बताएको छ । केही दिनयता कांग्रेस सभापति शेरबहादुर देउवा मधेसवादी दल तथा राजधानीमा अनसनरत संघीय गठबन्धनको नजिक भइरहेका छन् । कांग्रेस सभापति देउवा आफै गठबन्धनको अनसनस्थल खुलामञ्च पुगेर आन्दोलनप्रति ऐक्यवद्धता जनाएका थिए । देउवाले गठबन्धनका संयोजक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँगको भेटघाट पनि तीब्र पारेका छन् । यता, नेकपा माओवादी केन्द्रले पनि राष्ट्रिय सरकार गठनका लागि ओलीको विकल्प खोज्नुपर्ने भन्दै पार्टीभित्र छलफल थालेको छ । ओली नेतृत्वको सरकारलाई दिएको म्याद सकिएको माओवादी नेताहरुले बताएका छन् । ‘ओली नेतृत्वको सकाकार डेट स्पायर भइसक्यो, अब राष्ट्रिय सहमतिका लागि अर्को विकल्प खोजी हुन्छ’, माओवादी केन्द्रका एक नेताले बताए । स्रोतका अनुसार विहीबार सरकारकै विषयमा छलफल गर्न पुनः केन्द्रीय कार्यालयको बैठक बस्दै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending