Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

पहिले स्थानीय निकायहरुको पुनस्संरचना, त्यसपछि निर्वाचन : बाबुराम भट्टराई

\"Baburam_Bhattarai\"काठमाडौं, १६ असार । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले सबैभन्दा पहिले स्थानीय निकायहरुको संविधानमा व्यवस्था भएबमोजिम पुनस्संरचना गर्नुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा उनले स्थानीय निकायहरुको पुनस्संरचना भइसकेपछि हुने निर्वाचनमा नयाँ शक्ति नेपाल सहभागी हुने पनि स्पष्ट पारे । तराई–मधेश, थारुवान क्षेत्र, आदिवासी जनजातिहरुको राज्य पुनस्संरचनामा रहेको असन्तुष्टीलाई सम्बोधन पनि तत्कालै गर्नुपर्नेमा पनि उनले जोड दिए । संविधानले परिकल्पना गरेको तीन तहस् केन्द्र, प्रदेश र स्थानीय अनुसार अहिलेका गाविस र नगरपालिकाहरुको पुनस्संरचना, प्रदेशहरुको सीमांकन, निर्वाचन क्षेत्रको निर्धारण हुनुपर्ने र संविधानबमोजिम बनेका निकायहरुको निर्वाचन हुनुपर्ने उनले बताए । त्यसरी हुने स्थानीय, प्रदेश र संसद्को निर्वाचनमा सहभागी हुनका लागि आवश्यक रणनीति, कार्यक्रम, अभियान सञ्चालन गर्नका लागि नयाँ शक्ति नेपालले संसदीय मामिला विभाग नै निर्माण गरेको उनले बताए । छलफलका क्रममा उनले नयाँ शक्ति नेपालको अन्तरिम विधानका प्रावधान र संगठनात्मक सिद्धान्तको व्याख्या गरेका थिए । नयाँ शक्ति नेपालले सार्वजनिक छलफलका लागि विधान सार्वजनिक गरिसकेको छ । व्याख्याका क्रममा उनले प्रारम्भिक रुपमा मार्गदर्शक सिद्धान्तका रुपमा समुन्नत समाजवाद उन्मुख वाम‘–लोकतन्त्र हुने कुरा छलफलमा लैजाने र ज्ञान–विज्ञानका पछिल्ला आविष्कारहरुको अध्ययन अनुसन्धान र व्यापक बहस–छलफल गरी महाधिवेशनबाट अन्तिम रुप दिने बताए । पार्टीभित्र लोकपाल, अनुशासन आयोग, सदाचार आयोगको निर्माण गरी पार्टीलाई पारदर्शी, सुसंस्कृत बनाउने पनि उनले बताए । नयाँ शक्ति नेपालले पार्टीका सबै कमिटीहरु पार्टी सदस्यहरुको प्रत्यक्ष मतदानद्वारा निर्माण गर्ने, बहुमतको कार्यान्वयन अल्पमतको सम्मान गर्ने, शक्तिपृथकीकरणको प्रयोग गर्ने, राजकीय मनोनयन र पदका लागि आन्तरिक निर्वाचन गर्ने, व्यक्ति नभई पद पूर्णकालीन बनाउने, एक व्यक्ति एक पद दुई कार्यकालको नीति अपनाउने, सुशासन कायम गर्ने, भ्रष्टाचारमा शून्यसहनशीलताको नीति अवलम्बन गर्ने, सामाजिक विभेद र अपराधविरुद्ध शून्यसहनशीलता अपनाउने, अध्ययन अनुसन्धान र सूचनालाई प्राथमिकता दिने, स्वस्थ जीवनका लागि योग, ध्यान र प्राणायामको नीति लगायतका संगठनात्मक सिद्धान्त र यसका आधारमा विधान बनाएको छ ।   संयोजक भट्टराईले पार्टीले असार १५ देखि असोज १५ सम्मको तीन महिने तत्कालीन कार्ययोजना अन्तरगत भूकम्पपीडित जनतालाई सहयोग गर्ने, कालाबजारी, महंगी, भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गर्ने लगायतका काम गरी जनताको पिरमर्कामा सहयोगी भूमिका पनि खेल्ने र सँगसँगै संगठन निर्माणको काम पनि गरिने बताए । छलफलमा आर्थिक व्यवस्थापन तथा सुशासन विभागका संयोजक रामेश्वर खनालले पार्टी स्थापना राष्ट्रिय भेलामा प्रस्तुत ‘विकास र समृद्धिको मार्गचित्र’ नामक दस्तावेजको मूल पक्षको बारेमा स्पष्ट पारेका थिए । नयाँ शक्ति नेपालले केही दिनपछि उक्त दस्तावेज परिमार्जनसहित सार्वजनिक छलफलका लागि सार्वजनिक गर्ने बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending