Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

थाहापाई राख्नुहोस दैनिक एउटा स्याउ खानुका यति धेरै फाइदा

\"APPLE1-750\"दैनिक एउटा स्याउ खाँदा मानव स्वास्थ्यमा निकै राम्रो काम मात्र गर्दैन यसले मानिसलाई स्वास्थ रहन पनि सहयोग पुर्याउँदछ । स्याउ निकै स्वास्थ्यवद्र्धक फल हो । स्याउ खानले विभिन्न किसिमका रोग लाग्नबाट बचाउँछ । आउनुहोस् थाहापाइराखाैं दैनिक एउटा   स्याउ खानले के के फाइदा हुन्छ त ? पार्किंसन्स रोग लाग्नबाट बचाउँछ  एक अध्ययनका अनुसार ज्यादा फाइबरयुक्त फल खाँदा दिमाख स्वस्थ रहन्छ । जसले फाइबर युक्त फल खान्छ त्यसलाई पार्किंसन्स रोग लाग्ने सम्भावना कम हुन्छ । पार्किंसन्स दिमाखको बिरामी हो । स्याउ खानाले उक्त रोग लाग्ने सम्भावना पनि कम हुन्छ । दाँत स्वस्थ रहन्छ दाँतलाई सफा र स्वस्थ राख्न चाहानु हुन्छ भने दैनिक स्याउ खानुहोस् । यस्तै स्याउ खानाले दाँतमा लागेका दाग र फोहोरहरु पनि हटाएर सफा र चम्किलो बनाउने काम गर्छ । स्याउ खानाले मुखमा धेरै मात्रामा र्याल उत्पन्न गराउँछ, जसले गर्दा दाँत बलियो र सफा राख्न मद्धत गर्दछ । क्यान्सरबाट बच्न सकिन्छ स्याउले क्यान्सर जस्तो ज्यान लिने रोगबाट बचाउने काम गर्छ । अमेरिकामा भएको एक अनुसन्धानका अनुसार जुन फलमा एन्टी अक्सिडेन्टस हुन्छ त्यसको सेवनले क्यान्सर लाग्न सक्ने जोखिम कम गर्छ । स्याउ खानाले स्तन, कलेजो जस्तामा क्यान्सर हुने सम्भावना निकै कम गर्छ । डायबिटीज (मधुमेह) हुँदैन एक नयाँ अध्ययन अनुसार हर दिन एउटा स्याउ खानाले डायबिटीज बढ्ने सम्भावना २८ प्रतिशत कम हुन्छ । स्याउमा पाइने घुलनशील फाइबरले रगतमा हुने सुगरको मात्रालाई नियन्त्रण गर्छ । अल्जाइमरबाट बचाउँछ एक नयाँ अध्ययन अनुसार दैनिक स्याउ वा स्याउको जुस सेवन गर्नाले अल्जाइमरबाट बचाउन मद्धत गर्दछ । साथै उमेर अनुसार मस्तिष्कमा पर्ने नकारात्मक प्रभावलाई पनि कम गर्छ । कोलेस्ट्रोलको मात्रा कम गर्छ स्याउमा घुलनशील फाइबर धेरै मात्रामा हुन्छ । यसले शरीरमा बोसो लाग्नबाट जोगाउँछ र रगतमा कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ । जस कारण तपाईं निकै स्वस्थ रहन सक्नुहुन्छ । मुटुलाई स्वस्थ राख्छ एक नयाँ अनुसार स्याउको सेवनले मुटुको धमनीलाई सन्तुलित रुपमा सञ्चालन गर्न सहयोग गर्छ । यसको सेवनले मुटुमा अतिरिक्त दबाब पर्न नदिने र रक्त प्रवाहलाई सुचारु गर्न मद्दत गर्छ । पित्तको पथरीबाट बच्न सकिन्छ पित्तमा तरल रुपमा जम्मा हुने कोलेस्ट्रोलका कारण पित्त पथरी हुने गर्छ । पित्त पथरी हुनबाट जोगिन चिकित्सकहरुले यस्तो आहारा खान सल्लाह दिन्छन् कि जसमा फाइबर धेरैमात्रा भएको होस् । यसर्थ स्याउको सेवनले पित्त पथरी हुन बाट जोगिन सकिन्छ । साथै शरीरको तौललाई नियन्त्रण राख्ने देखि लिएर कोलेस्ट्रोलको मात्रालाई पनि सामान्य बनाउँछ । डायरिया र कब्जियत हुनबाट जोगाउँछ के तपाईं डायरिया र कब्जियको बिमारी हुनुहुन्छ । यदी हो भने दुईवटै रोगको निदानका लागि स्याउमा पाइने फाइबर तपाईंको सहयोगी हुन सक्छ । फाइबरले शरीरमा पानीको प्रवाह बढाएर तपाईंको कब्जियतलाई निको पार्न सहयोग पुर्याउँछ । यस्तै स्याउ खानाले डायरिया हुनबाट पनि जोगाउँछ । शरीरको तौललाई नियन्त्रण गर्छ स्वास्थ्यमा आइरहने गडबढीको कारण अधिक शारीरिक तोल पनि हुन सक्छ । मुटुको रोग, उच्च रक्तचाप, डायबिटीज, अनिन्द्रा जस्ता समस्याको कारण शरीरको मोटोपन हुन सक्छ । तपाईं आफ्नो शारीरिक तौललाई नियन्त्रणमा राखेर स्वस्थ रहन सक्नुहुन्छ । यसका लागि चिकित्सकले तपाईंलाई फाइबर युक्त आहारा खान सल्लाह दिन्छन् । फाइबर युक्त आहाराले तपाईंलाई लामो समयसम्म भोक लाग्न दिँदैन । साथै अतिरिक्त क्यालोरी पनि पाइँदैन । उक्त फाइबर स्याउमा फाइन्छ । यसर्थ दैनिक एउटा स्याउ खानाले शरीरको तौललाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: