Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

थाहापाई राख्नुहोस दैनिक एउटा स्याउ खानुका यति धेरै फाइदा

\"APPLE1-750\"दैनिक एउटा स्याउ खाँदा मानव स्वास्थ्यमा निकै राम्रो काम मात्र गर्दैन यसले मानिसलाई स्वास्थ रहन पनि सहयोग पुर्याउँदछ । स्याउ निकै स्वास्थ्यवद्र्धक फल हो । स्याउ खानले विभिन्न किसिमका रोग लाग्नबाट बचाउँछ । आउनुहोस् थाहापाइराखाैं दैनिक एउटा   स्याउ खानले के के फाइदा हुन्छ त ? पार्किंसन्स रोग लाग्नबाट बचाउँछ  एक अध्ययनका अनुसार ज्यादा फाइबरयुक्त फल खाँदा दिमाख स्वस्थ रहन्छ । जसले फाइबर युक्त फल खान्छ त्यसलाई पार्किंसन्स रोग लाग्ने सम्भावना कम हुन्छ । पार्किंसन्स दिमाखको बिरामी हो । स्याउ खानाले उक्त रोग लाग्ने सम्भावना पनि कम हुन्छ । दाँत स्वस्थ रहन्छ दाँतलाई सफा र स्वस्थ राख्न चाहानु हुन्छ भने दैनिक स्याउ खानुहोस् । यस्तै स्याउ खानाले दाँतमा लागेका दाग र फोहोरहरु पनि हटाएर सफा र चम्किलो बनाउने काम गर्छ । स्याउ खानाले मुखमा धेरै मात्रामा र्याल उत्पन्न गराउँछ, जसले गर्दा दाँत बलियो र सफा राख्न मद्धत गर्दछ । क्यान्सरबाट बच्न सकिन्छ स्याउले क्यान्सर जस्तो ज्यान लिने रोगबाट बचाउने काम गर्छ । अमेरिकामा भएको एक अनुसन्धानका अनुसार जुन फलमा एन्टी अक्सिडेन्टस हुन्छ त्यसको सेवनले क्यान्सर लाग्न सक्ने जोखिम कम गर्छ । स्याउ खानाले स्तन, कलेजो जस्तामा क्यान्सर हुने सम्भावना निकै कम गर्छ । डायबिटीज (मधुमेह) हुँदैन एक नयाँ अध्ययन अनुसार हर दिन एउटा स्याउ खानाले डायबिटीज बढ्ने सम्भावना २८ प्रतिशत कम हुन्छ । स्याउमा पाइने घुलनशील फाइबरले रगतमा हुने सुगरको मात्रालाई नियन्त्रण गर्छ । अल्जाइमरबाट बचाउँछ एक नयाँ अध्ययन अनुसार दैनिक स्याउ वा स्याउको जुस सेवन गर्नाले अल्जाइमरबाट बचाउन मद्धत गर्दछ । साथै उमेर अनुसार मस्तिष्कमा पर्ने नकारात्मक प्रभावलाई पनि कम गर्छ । कोलेस्ट्रोलको मात्रा कम गर्छ स्याउमा घुलनशील फाइबर धेरै मात्रामा हुन्छ । यसले शरीरमा बोसो लाग्नबाट जोगाउँछ र रगतमा कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ । जस कारण तपाईं निकै स्वस्थ रहन सक्नुहुन्छ । मुटुलाई स्वस्थ राख्छ एक नयाँ अनुसार स्याउको सेवनले मुटुको धमनीलाई सन्तुलित रुपमा सञ्चालन गर्न सहयोग गर्छ । यसको सेवनले मुटुमा अतिरिक्त दबाब पर्न नदिने र रक्त प्रवाहलाई सुचारु गर्न मद्दत गर्छ । पित्तको पथरीबाट बच्न सकिन्छ पित्तमा तरल रुपमा जम्मा हुने कोलेस्ट्रोलका कारण पित्त पथरी हुने गर्छ । पित्त पथरी हुनबाट जोगिन चिकित्सकहरुले यस्तो आहारा खान सल्लाह दिन्छन् कि जसमा फाइबर धेरैमात्रा भएको होस् । यसर्थ स्याउको सेवनले पित्त पथरी हुन बाट जोगिन सकिन्छ । साथै शरीरको तौललाई नियन्त्रण राख्ने देखि लिएर कोलेस्ट्रोलको मात्रालाई पनि सामान्य बनाउँछ । डायरिया र कब्जियत हुनबाट जोगाउँछ के तपाईं डायरिया र कब्जियको बिमारी हुनुहुन्छ । यदी हो भने दुईवटै रोगको निदानका लागि स्याउमा पाइने फाइबर तपाईंको सहयोगी हुन सक्छ । फाइबरले शरीरमा पानीको प्रवाह बढाएर तपाईंको कब्जियतलाई निको पार्न सहयोग पुर्याउँछ । यस्तै स्याउ खानाले डायरिया हुनबाट पनि जोगाउँछ । शरीरको तौललाई नियन्त्रण गर्छ स्वास्थ्यमा आइरहने गडबढीको कारण अधिक शारीरिक तोल पनि हुन सक्छ । मुटुको रोग, उच्च रक्तचाप, डायबिटीज, अनिन्द्रा जस्ता समस्याको कारण शरीरको मोटोपन हुन सक्छ । तपाईं आफ्नो शारीरिक तौललाई नियन्त्रणमा राखेर स्वस्थ रहन सक्नुहुन्छ । यसका लागि चिकित्सकले तपाईंलाई फाइबर युक्त आहारा खान सल्लाह दिन्छन् । फाइबर युक्त आहाराले तपाईंलाई लामो समयसम्म भोक लाग्न दिँदैन । साथै अतिरिक्त क्यालोरी पनि पाइँदैन । उक्त फाइबर स्याउमा फाइन्छ । यसर्थ दैनिक एउटा स्याउ खानाले शरीरको तौललाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending