Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अब काँचो सुन नेपाल ल्याउन नपाइने

\"gold-400\"काठमाडौँ, १७ असार । सरकारले नेपाली वा विदेशी कुनै पनि यात्रुलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी काँचो सुन र काँचो चाँदी ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

सो व्यवस्था विपरीत कुनै पनि यात्रुले काँचो सुन र चाँदी ल्याएको भेटिएमा उक्त सामान जफत गरी कानुन बमोजिम कारबाही हुने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

अब विदेशबाट आउने यात्रुले सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना ५०० ग्रामसम्म र रु एक लाख मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया मात्र ल्याउन पाउनेछन् ।

यसअघि ५० ग्रामसम्म काँचो सुन र ५०० ग्रामसम्मको काँचो चाँदी महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेकामा हाल यो व्यवस्था खारेज गरिएको भन्सार विभागका निर्देशक सूर्यप्रसाद सेढार्इंले जानकारी दिए।

यही असार मसान्तसम्म छ महिनाभन्दा कम विदेशमा बसी आउने नेपालीले ४०० ग्रामसम्म सुन तथा सुनको गहना र छ महिनाभन्दा बढी विदेशमा बसी आउने नेपाली यात्रुले ५०० ग्रामसम्म सुन तथा सुनको गहना तथा एक हजार ग्रामसम्म चाँदी तथा चाँदी गहना तोकिए बमोजिमको महसुल बुझाइ ल्याउन सक्ने सुविधा छ । सरकारले यी सबै व्यवस्था समेत खारेज गरेको छ ।

कार्यालयले विदेश जाने नेपाली यात्रुले अति आवश्यक कारणले ५० ग्रामभन्दा बढी परिणामको सुनको गहना र ५०० ग्रामभन्दा बढीको चाँदीको गहना आफूसाथ लैजानुपरेमा नेपालमा खरिद गरिएको प्यान नं भएको बिल लगायत प्रमाण संलग्न विवरण भन्सार कार्यालयमा बुझाउनुपर्ने जनाएको छ ।

भन्सार कार्यालयले पेस भएको फाराम बमोजिम लैजान लागेका गहना दुरुस्त पाइएमा लगत राखी एकप्रति लगत पुर्जा उपलब्ध गराउनेछ । सोही व्यक्ति पुनः नेपाल फर्की आउँदा भन्सार क्षेत्रमा सो लगत पुर्जा देखाएका खण्डमा लगत भिडेका गहना जाँच पास गरिनेछ र लगत नभिडेका गहना जफत गरी कारबाही गरिनेछ ।

त्यस्तै कुनै पनि यात्रुले आफूसाथ लिई आएको एक लि मदिरा महसुल नतिरी ल्याउन पाउने तर त्यसभन्दा बढी मदिरा ल्याएमा जफत गरी कानुनी कारबाही गरिनेछ । यसअघि यात्रुले १।१५ लि मदिरा ल्याउन पाउने व्यवस्था रहेकामा खारेज गरिएको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १२ महिनाभन्दा बढी विदेशमा काम गरी फर्किएका नेपाली यात्रुले आफूसाथ लिई आएको ३२ इन्चसम्मको एक टेलिभिजन एक पटकका लागि महसुल नतिरी ल्याउन पाउनेछ । अन्य कुनै पनि यात्रुलाई यो सुविधा नरहेको कार्यालयले जनाएको छ ।

सरकारले सार्वजनिक गरेको ‘निजी गुन्टा, झिटी भारी’ सूचनाअनुसार नेपाली वा विदेशी कुनै पनि यात्रुले अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी नगद आफूसाथ लैजान पाउने छैन ।

कसैले सोभन्दा बढी रकम लिई आउँदा भन्सार अधिकृतसमक्ष घोषणा गरी प्रमाणित गराउनुपर्ने तर भारतीय तथा नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुनेछ ।

नेपालमा नियमित उडान भर्ने अन्तर्राष्ट्रिय विमान कंले नेपाल आउने आफ्ना यात्रुलाई यस कार्यालयले निर्धारण गरे बमोजिम भन्सार घोषणा फाराम उपलब्ध गराउनुपर्नेछ । यात्रुले उक्त फाराम भरी भन्सार कार्यालयको सम्बन्धित डेस्कमा बुझाउनुपर्नेछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies