Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

संघर्ष त्यागी वार्ताबाट सहमति जुटाउन काेइरालाकाे अपिल

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले नेपाल बार एशोसियसनको १३ राष्ट्रिय सम्मेलनलाई शुभकामना दिएका छन् । उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा बिहीबार सम्बोधन गर्दै उनले भने– ‘अन्यायमा परेर अर्धन्यायिक र न्यायिक निकायको ढोका घच्घच्याउन पुग्ने समस्त न्यायापेक्षीहरुलाई न्याय दिन मन, वचन र कर्मले समर्पित अधिवक्ताहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनको १३ औं राष्ट्रिय सम्मेलनको समुद्घाटन समारोहमा मलाई विशिष्ट अतिथिको रुपमा आमन्त्रण गरी सम्बोधन गरिदिन अनुरोध गर्नुभएकोमा आयोजक नेपाल बार एशोसियशनप्रति कृतज्ञता प्रकट गर्दछु । सम्माननीय राष्ट्रपति,संविधानसभाका सम्माननीय सभाध्यक्ष र सम्माननीय प्रधानन्यायाधीशको समेत समुपस्थिति रहेको यस कार्यक्रममा उपस्थित भएर देशमा कानूनी राजको स्थापनामा सहयोग पुर्‍याउदै आइरहनु भएका विद्वान अधिवक्ताहरुको विचार सुन्ने तीव्र अभिलाषा रहदारहदै पनि कार्यब्यस्तताका कारण उपस्थित हुन सकिन। मेरो कार्यव्यस्ततालाई यस गरिमामय सभामा उपस्थित समस्त दिदीबहिनी तथा दाजुभाइहरुले बुझिदिनु हुने मैले विश्वास गरेको छु । यस राष्ट्रिय सम्मेलनले तय गरेको“संघीय लोकतान्त्रिक गणतन्त्रको निरन्तरता,स्वतन्त्र न्यायपालिका र आर्थिक विकासका लागि पेशागत दक्षता” भन्ने मूल नाराले अहिलेको हाम्रो राजनीति,न्यायिक र विकासका समस्याहरुलाईे समेटेको छ ।अहिले हामी नेपालको राजनीतिको अत्यन्तै जटील र ऐतिहासिक मोडमा आइपुगेका छौ । नेपाली जनताले लोकतान्त्रिक शासन पद्धतिको स्थापना र विकासका लागि गरेको दशकौ लामो संघर्षको परिणाम स्वरुप प्राप्त संघीयता,गणतन्त्र र समावेशिता सहितको लोकतान्त्रिक व्यवस्थालाई संविधानसभाबाट अब बन्ने संविधानमा संस्थागत गरेपछि मात्र नेपालले संवैधानिक र राजनीतिक संक्रमण पार गरी नयाँ युगमा प्रवेश गर्नेछ । अब बन्ने संविधानमा आदिवासी, जनजाति, महिला ,दलित, सीमान्तकृत, पिछडिएका वर्ग,मुस्लिम,थारु,मधेसी लगायत समस्त नेपालीलाई आफ्नो भाषा,भेषभूषा,रीतिथिति,परम्परा,धर्म,संस्कृति अबलम्बन गरी तिनको संरक्षण र संबर्धन गर्ने स्वतन्त्रता हुनेछ । सबैका हक अधिकार र पहिचान सुरक्षित हुनेछन् । संवैधानिक र राजनीतिक स्थायित्व प्राप्त भएपछि आर्थिक र सामाजिक विकासमा केन्द्रित हुने अवसर प्राप्त हुनेछ । सुशासन र कानूनी राजको लागि समर्पित विद्वत् वर्र्गको यस सम्मेलनले तय गरेको नाराको आर्थिक विकासको अंशले समस्त नेपालीको मन छोएको छ । मुलुकको आर्थिक विकासलाई गति दिनका लागि यस विद्वत् समाजले संक्रमण काल चाँडो पार लगाउने उपाय पनि सुझाउने मैले विश्वास गरेको छु । म यही मञ्चबाट नेपाली जनताले दोस्रो संविधानसभाको निर्वाचनमा व्यक्त गरेको अभिमतको पुकार सुनेर संविधानसभामा प्रतिनिधित्व गर्नुहुने समस्त राजनीतिक दलहरुलाई जनताको इच्छा बमोजिमको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान यथाशिघ्र ल्याउन आन्दोलन र संघर्षका कार्यक्रम त्याग गरी आपसी वार्ता,सहकार्य,एकता र मेलमिलापका माध्यमबाट संविधान निर्माणमा सहमति जुटाएर मुलुकलाई विकासको मार्गमा पुर्‍याउँदै जनतालाई सुख,शान्ति र समृद्धितर्फ लैजान हार्दिक अपिल गर्दछु । यस सम्मेलनले न्यायिक आस्थाको पवित्र मन्दीर मानिएको अदालतको गरिमा र त्यसमा कार्यरत न्यायकर्मीहरुको पेशागत दक्षताको विषयमा पनि विषद् बहस गर्ने मैले विश्वास लिएको छु । नेपालमा लोकतन्त्रको स्थापना र विकासका हरेक मोर्चामा सदैव अग्रपङ्तिमा रहने नेपाल वार एशोसियसनको यस १३ औं राष्ट्रिय सम्मेलनले मुलुकलाई संक्रमणकालबाट पार लगाउने र न्यायिक क्षेत्रप्रतिको आस्था अभिबृद्धि गराउने उपाय सुझाउन सकोस् । सम्मेलनको सफलताको लागि मेरो हार्दिक शुभकामना ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy