Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

एउटा क्रान्तिकारीले छोरीलाई सुन्दरी प्रतियोगिताका लागि मत माग्ने अवस्था आयोः आहुति

काठमाडौं, एमाओवादीका स्थायी समिति सदस्य एवम् सांस्कृतिक विभाग प्रमुख विश्वभक्त दुलाल ‘आहुती’ ले एउटा क्रान्तिकारीले सुन्दरी प्रतियोगिताका लागि छोरीलाई मत माग्दै हिड्नु पर्ने अवस्था आउनु दुःखद भएको टिप्पणी गरेका छन् । १७ औं सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै आहुतिले आफ्नै प्रशंग कोट्याउँदै आफुले आफ्नै छोरीका लागि मत माग्नु पर्ने अवस्था आएको बताए । उनले भने– ‘हिजो सुन्दरी प्रतियोगिता गलत हो भन्दै कतिका टाउका फुटे, कत्रो लडाइँ लड्नुपर्‍यो तर आज यस्तो स्थिति आइलाग्यो कि हामीलाई बजारबादले नगरी नहुने बनाइ दियो । यसको निचोड हामी बिग्रिएको कुरा साँचो हो ।’ उनले  पार्टीको आठौं पूर्ण बैठकले यस विषयमा संश्लेषण गरेकाले त्यसअनुसार अघि बढे ‘सच्निने ठाँउ रहेको बताए । ‘हामीले बिराटनगर सम्मेलन र पार्टीको आठौं पूर्ण बैठकका निर्णयलाई आत्मसात गर्न सके पार्टीलाई नयाँ बनाउन सकिने छ’– उनले थपे । उनले जनयुद्धले हाँसिल गरेका उपलब्धीलाई केही पनि होइन भन्न नमिल्ने बताए । जनयुद्धले समाज रुपान्तरणमा धेरै ठूलो भूमिका खेलेको उनको भनाइ थियो । ‘पृथ्वीनारायण शाहदेखि नेपाली समाजका जामलाई जनयुद्धले खोलिदिएको छ ।’– आहुतिले भने । उनका अनुसार उपलब्धि हाँसिल गरिएको तर उपलब्धिबाट अघि बढ्ने कुरा चुनौतीपूर्ण रहेको उनको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending