Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

भूकम्पपीडितलाई छिटो रकम वितरण गर्न सांसदको माग

\"parliament1\"काठमाडौँ, १९ असार । आज व्यवस्थापिका–संसद्को विशेष समयमा सांसद नारायणप्रकाश साउदले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि एकमुष्ट रु एक लाख ५० हजारको वितरण छिटो गर्न सरकारको ध्यानाकर्षण गराए । सभामुख ओनसरी घर्तीसँग समय लिई उनले कञ्चनपुर, कैलालीलगायत विभिन्न जिल्लामा ४० वर्षअघिदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाका समस्या समाधानका लागि छुट्टै आयोग गठन गर्न माग गरे । सांसद गणेशसिंह ठगुन्नाले हालैको वर्षात्ले दार्चुला जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढी गएको हुँदा तत्काल खोज, उद्धार तथा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद योगेन्द्र तामाङले हालै ललितपुरको गोदावरीस्थित पुष्पाञ्जलि विद्यालयमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र जनजाति प्रतिष्ठान खारेज नगर्न माग गरे । सांसद कान्ता भट्टराईले योग शिक्षालाई विद्यालयतहदेखिको पाठ्यक्रममा समावेश गर्न सुझाव दिए । स्वदेशमा नै रोजगारीको अवस्था सिर्जना गरी युवा वर्गलाई विदेश जानबाट रोक्नुपर्नेमा जोड दिँदै सांसद गीता रानाले यसका लागि सीपमूलक तालिम सञ्चालन आवश्यक भएको बताए । सांसद अइन्द्रसुन्दर लिम्बूले ललितपुरको गोदावरीस्थित पुष्पाञ्जलि विद्यालयमा घटेको घटना जग्गा प्लटिङ गर्ने ठेकेदारको लापरबाहीका कारण भएको देखिएकाले ठेकेदारलाई कारबाही गर्न माग गरे । सांसद अनुराधा थापामगरले निजी मेडिकल शिक्षाको गुणस्तरीयताका बारेमा संसदीय छानबिन समिति गठन गर्न र ख्वःप कलेजलाई विश्वविद्यालयका रुपमा विकसित गर्न माग गरे । सांसद जयदेव जोशीले दार्चुलामा हालै गएको पहिरो र बाढीका कारण तीन जनाको मृत्यु भएको भन्दै उनीहरुलाई राहत दिन सरकारको ध्यानाकर्षण गराए । सांसद जनकराज जोशीले सदनमा बोलेका कुराले राष्ट्रिय रुपमा चर्चा नपाएकाले व्यवस्थापिका र कार्यपालिकाबीच दोहोरो संवाद हुनुपर्ने बताए । सांसद हरिचरण साहले नीति निर्माण तहमा समानुपातिक र समावेशी सिद्धान्त अपनाउन सरकारको ध्यान जानुपर्ने बातए । सांसद जगदीशनरसिंह केसीले प्रधानमन्त्रीले सदनमा भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु एक लाख ५० हजार दिन्छु भनेर बोलेको कुरा कहिले पूरा हुन्छ ? भन्ने प्रश्न गर्दै प्रमलाई हावादारी कुरा गरेर नहिँड्न सुझाव दिए । सांसद नरबहादुर थापाले हालैको वर्षात्ले बागलुङ जिल्लामा घर भत्केर एक जनाको मृत्यु भएको जानकारी गराउँदै ग्रामीण सडक अवरुद्ध भएकाले यातायात सञ्चालन गर्न माग गरे । सांसद उदयशम्शेर राणा र सुशीला नेपालले ललितपुरको गोदावरीस्थित पुष्पाञ्जलि विद्यालयमा भएको घटनाको छानविनका लागि उच्चस्तरीय समिति गठन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending