Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

रुपन्देहीमा सूर्ति र मदिरा उद्योग कारबाहीमा

\"Tax-office-Bhairahawa\"रुपन्देही,१९ असार ।कर कार्यालय भैरहवा रुपन्देहीले कर असुलीमा विभिन्न रणनीतिक योजना सहित अगाडी बढेको जनाएको छ । आईतबार कार्यालयले संचारकर्मिहरुसंग कर राजस्वका बिषयमा अन्तरकृया गर्दै सो जानकारी दिएको हो ।

कार्यालयले कानुन बिपरीत काम गर्ने रुपन्देहीका मदिरा तथा सुर्तिजन्य बस्तु उत्पादन गर्ने उद्योग तथा बिक्री बितरण गर्ने ब्यबसायीहरुलाई कारबाही गरेको जनाएको छ ।

आन्तरीक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत महाराज कोईरालाका अनुसार मदिरा बिक्री गर्ने ४८ ब्यबसायीको अनुगमन गर्दा १२ ब्यबसायीले बिना ईजाजतपत्र कारोबार गरेको पाईएकोले कारबाही गर्दै मदिरा जफत गरेको जनाए ।

कोईरालाका अनुसार अबैध मदिरा नियन्त्रण तर्फ ५ करदाताहरुलाई कारबाही गरी २३२ कार्टुन ७० युपी शक्तीको मदिरा जफत गरी ३६ लाख ६९ हजार अन्त शुल्क र १ लाख ५१ हजार मुल्य अभिबृद्धी कर असुल गरेको बताए ।

केही महिना अगाडी रुपन्देहीको चिल्हीया गाबिसमा रहेको किसान डिष्टीलरीले अन्तशुल्क स्टिकर नभएका मदिरा बजारमा पठाउन लाग्दा गाडी सहीत नियन्त्रणमा लिएर आन्तरीक राजस्व कार्यालयले छानबिन गरेको थियो । सो गाडी अहिले लिलामीको प्रकृयामा छ भने उद्योगले जरीबाना तिरेको थियो ।

त्यस्तै गरी सुर्ति गुट्खा उद्योग पनि कारबाहीको दायरामा आएको कोईरालाले जनाए । सूर्तिजन्य पदार्थको कारोबारको अनुगमन गर्दा ७ करदाता कारबाहीमा परेका छन्् । उनिहरुबाट १५ बोरा गुटखा जफत गरी ३ लाख ५५ हजार धरौटी माग भएको कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा लुम्बिनी क्षेत्रमा करेन्ट मसाला लेखिएको डेलिभरी भ्यानमा करेन्ट पान मसाला तथा गुटखा बिक्रीका लागी लग्दै गरेको अबस्थामा कार्यालयले नियन्त्रणमा लिएको थियो । बरामद भएका सबै पानमसालाका प्याकेटमा अन्तशुल्कको स्टिकर थिएनन् । पान मसाला,गुटखाको प्याकेटमा अन्तशुल्क स्टिकर अनिबार्य छ । उक्त डेलिभरी भ्यान पनि अहिले लिलामीको प्रकृयामा रहेको छ ।

त्यस्तै गरी स्वास्थय तथा शिक्षा सम्बद्ध सस्था मध्ये ३२ करदाताहरुको कारोबार स्थलमा गई स्वास्थय सेवा कर तथा शिक्षा सेवा शुल्कको अनुगमन गरी कैफियथ पाईएकालाई कारबाही गरी ८७ हजार जरीबाना गरेको कार्यालयका सूचना अधिकृत धनिश्वर अर्यालले जनाए ।

आन्तरीक राजस्व कार्यालयमा सबैभन्दा बढी राजस्व मदिरा उद्योग मार्फत अन्तशुल्क बाट उठ्ने गरेको छ । चालु आर्थिक बर्षको जेठसम्म असुली भएको रकम ६ अर्ब ३९ करोड ५७ लाख मध्ये ४ अर्ब ७७ करोड ९७ लाख रुपैयाँ अन्तशुल्कबाट उठेको कार्यालयले जनाएको छ ।

पत्रकारहरुसंग कुरा गर्दै कर असुलीमा विचौलीयाले समस्या सृजना गर्ने गरेको पनि प्रमुख कोइरालाले बताएका छन् । प्रर्याप्त जनशक्ति नभएको, कर छली सम्बन्धी बस्तुगत र प्रमाणजन्य सूचनाको कमी, अन्तर निकाय समन्वयमा कमीजस्ता समस्याका कारण कर असुली केही अफ्ठायारोकाबीच चलेको प्रमुखको भनाई छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE