Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

कुण्ठाको राजनीति छोड्नुसः राष्ट्रपति यादव

चितवन, राष्ट्रपति रामवरण यादवले दलहरुलाई कुण्ठाको राजनीति छोड्न आग्रह गर्दै यथाशीघ्र संविधान निर्माणमा जुट्न आग्रह गरेका छन् । नेपाल बार एसोसिएसनद्वारा बिहीबारदेखि पूर्वी चितवनको रत्ननगरमा सुरु १३औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले दलहरुबीचको विवाद सुल्झाएर संविधान बनाउनका लागि दबाब दिन कानुन व्यवसायीलाई आग्रह समेत गरे । जनतासँग दलहरुले गरेको वाचा पूरा गर्नुपर्ने भन्दै उनले आम नेपालीलाई स्वीकार्य हुने संविधान निर्माण गर्ने दायित्व दलहरुको भएको बताए । त्यसका लागि बारले थप जिम्मेवारीका साथ भूमिका खेल्नुपर्ने राष्ट्रपति यादवको आग्रह थियो । उनले भने– ‘जनआन्दोलनका बेला एकढिक्का हुनुहुन्थ्यो, अन्तरिम संविधान पनि मिलेरै बनाउनुभयो फेरि संविधान निर्माण गर्ने समयमा पनि एकढिक्का भएर उभिइदिन आग्रह गर्दछु ।’ राष्ट्राध्यक्षको हैसियतले आम नेपालीले सुख पाएको हेर्न चाहेको बताउँदै उनले दुई, चार र छ वर्ष बित्यो मलाई आनन्द भइरहेको छैन, ३५ लाख नेपाली विदेशमा छन्, देशको आर्थिक अवस्था कमजोर छ, सबै समस्याको समाधान संविधान हो, त्यसका लागि एकपटक आफूले सबैको सहयोग मागेको उनको भनाई थियो । मन्तव्यका क्रममा निकै भावुक बनेका राष्ट्रपति यादवले हात जोड्दै भने– ‘दश औँला जोडेर म आग्रह गर्न चाहन्छु, मिलेर संविधान बनाउनुपर्छ, त्यसमा तपार्इंहरुको सहयोग चाहिन्छ ।’ ‘देशभरका कानुन व्यवसायीको छलफलबाट अमृत निकाल्नुपर्छ त्यो अमृत दलहरुलाई दिनुपर्छ त्यसले देशको मूल कानुन बनाउन उत्प्रेरणा मिलोस्’– उनको आग्रह थियो । बिनामियोको दाइँ हुँदैन, मैले अहिले मियोको भूमिका निर्वाह गर्दैछु तर यसका लागि दलहरुको सहयोग र प्रतिबद्धता जरुरी छ भन्दै राष्ट्रपति यादवले भने– ‘संविधानको पालक र रक्षकको हैसियतले यो संस्थाको रक्षा गर्दै सबैले चाहेको संविधान निर्माण होस् भन्ने कामना गर्दछु ।’ शिक्षा, स्वास्थ्य, जल, जमिन, न्याय यावत् क्षेत्र अस्तव्यस्त बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रपति यादवले दुःख पोखे– ‘यी समस्या मैले सरकारलाई भन्छु तर सरकार सुन्दैन ।’ न्यायपालिका स्वतन्त्र हुन नसके लोकतन्त्र पनि रहन नसक्ने भन्दै उनले स्वतन्त्र न्यायपालिकाको पक्षमा उभिन कानुन व्यवसायीलाई राष्ट्रपति यादवले आग्रह गरे । संविधानसभाका अध्यक्षको भूमिकाको प्रशंसा गर्दै बीचको बाटो खोजेर गतिरोधको निकास निकाल्न आग्रह गर्दै राष्ट्रपति यादवले यसमा काँग्रेस र एमालेको गहन भूमिका हुनुपर्ने बताए । दलहरुले कानुनविद्, भूगोलविद्, जलस्रोतविद, संस्कृतिविद्को भूमिकालाई बिर्सिएको बताउँदै उनले सबै विज्ञहरुलाई एकै ठाउँमा जुटाएर सङ्घीयताजस्ता विवाद मिलाउनुपर्ने बताए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सुवास नेम्वाङले दलहरुले संविधान निर्माण गर्न नसकेको नभई नगरेको बताउनुभयो । उनले भने– ‘दलका शीर्ष नेताहरु दुई घन्टाभित्र, चुड्कीको भरमा कुरा मिल्छ भन्नुहुन्छ, तर मिलाउनु हुन्न । यसको अर्थ उहाँहरु संविधान निर्माण गर्न नसकेर नभई नगरिरहनुभएको छ ।’ न्यायपालिका, निर्वाचन प्रणाली, सङ्घीयता र शासकीय स्वरुपजस्ता विवादित विषय पनि सहमतिको नजिक पुगेको बताउँदै सभामुख नेम्वाङले दलहरुले १० दिनमा सहमति हुन्छ भनेर संविधानसभा स्थागित गरेको एक महिना तीन दिन पुग्दा पनि सहमति हुन नसकेको बताए । सभामुख नेम्वाङले आफूले दलहरुलाई सहमति गर्न पटक–पटक आग्रह गरेको स्मरण गर्दै सहमति नभएमा उहाँहरुले नै सहमतिमा निर्माण गरेको अन्तरिम संविधानअनुसार प्रक्रिया अगाडि बढ्ने बताए । उनले भने– ‘दलहरु गम्भीर नहुँदा अहिले वार्ता र छलफलसमेत हुन सकेको छैन ।’ सभामुख नेम्वाङले भने– ‘दलहरुलाई तपार्इंहरुले नसके म १० दिनभित्र मस्यौदा निर्माण गरेर दिन्छु भनेँ त्यो कुरा पनि उहाँहरुले स्वीकार गर्नुभएन । सहमति पनि गर्नुभएन ।’ सम्मेलनमा लोकतान्त्रिक संविधानका अन्तर्वस्तु र तीनको विवेचना, न्यायपालिका र कार्यपालिकासँग सम्बन्धित काम कारबाहीको सीमा, आर्थिक विकास, वाणिज्य कानुन र पेसागत दर्तालगायतका विषयमा छलफल गरी निष्कर्ष निकालेर चितवन घोषणापत्र जारी गरिने बारका अध्यक्ष कार्कीले जानकारी दिए । हरेक तीन-तीन वर्षमा हुने सम्मेलन यसअघि काठमाडौँमा भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy