Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

खुलामञ्चमा खुम्चिएको मधेस आन्दोलन

\"sanghiya काठमाडौं, २० असार । ५५ जना भन्दा बढी नागरिकको ज्यान जाने गरी भएको लामो समयको मधेस आन्दोलनबाट राजधानीको खुलामञ्चमा खुम्चिएका मधेसवादी दलहरुले आनसन थालेको झण्डै एक महिना हुन लागेको छ । चार दलीय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट सात दलीय मोर्चा हुँदै २९ दलीय संघीय गठबन्धन भएपछि झनै आन्दोलन झनै खुम्चिँदै गएपछि मधेसवादी दलका नेताहरु नै खिन्न छन् । आम नेपालीलाई नै सास्ती हुने गरी नाकामा धर्ना दिँदा पनि सुनुवाइ नभएपछि काठमाडौं केन्द्रित आन्दोलन थालेको मोर्चा अहिले आफै अलमलमा परेको छ । कडा आन्दोलनबिना आफूहरुको माग पूरा हुँदैन भन्ने बुझे पनि आन्दोलन उठाउन नसकेपछि मोर्चाका नेताहरु आन्दोलनको सुरक्षित अवतरणको खोजीमा छन् । उत्कर्षमा पुगेको मधेस आन्दोलनलाईबीचमै रोकेर काठमाडौं ल्याएको भन्दै मोर्चाकै नेताहरुले असन्तुष्टी जनाइरहेका छन् । मोर्चाको संयोजक रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि संघीय गठबन्धनको संयोजक छन् । तर संघीय गठबन्धनले आन्दोलन उठाउन नसकेको भन्दै मोर्चामा आवद्ध सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी यादवप्रति असन्तुष्ट छन् । यादवले जनजातिको पनि साथ लिने भन्दै ठूलो मोर्चा बनाए पनि जनजातिले नै साथ नदिएको मोर्चाकै नेताहरुको भनाइ छ । फोरम अध्यक्ष यादवप्रति असन्तुष्ट रहे पनि सद्भावना पार्टी र तमलोपाले यादवबिना आन्दोलन उठाउन सक्ने हैसियत राख्दैनन् । त्यसैले यादवप्रति असन्तुष्ट हुँदा हुँदै पनि राजेन्द्र महतो र महन्थ ठाकुर उनको अगुवाइमा लतारिरहेको मोर्चाकै नेताहरु बताउँछन् । जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन थालेको संघीय गठबन्धनले जेठ २५ देखि खुलामञ्चमा रिले अनसन गर्दै आएको छ । उनीहरुले अनसन असार मसान्तसम्म गर्ने उनीहरुको प्रारम्भिक आन्दोलन घोषणा गरेका थिए । त्यसपछि थप आन्दोलनको घोषणा गर्ने गठबन्धनको भनाइ छ । तर अनसन बसेको झण्ड एक महिना हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै मधेसी मोर्चाका नेताहरु केपी ओली नेतृत्वको सरकार हटाउनुपर्ने निश्कर्षमा पुगेका छन् । सत्ता साझेदार प्रमुख घटक नेकपा माओवादी केन्द्रले पनि नयाँ सरकार गठन गर्ने निश्कर्षमा पुगेपछि नयाँ सरकार गठनका लागि आफूहरुको मागमा हस्ताक्षर गराएर आफूसमेत सरकारमा जाने रणनीतिमा रहेका छन् । ‘ओली सरकारले हाम्रो कुरा सुनेन, यो सरकार खारेज हुनुपर्छ भन्ने हाम्रो पनि भनाइ हो,’ संघीय समाजवादी फोरमका एक नेताले भने, ‘नयाँ सरकार गठनबारेमा मोर्चा पनि तयार नै रहन्छ तर आफूहरुको माग पूरा गर्ने प्रतिवद्धता आउनुपर्छ ।’ नयाँ सरकार गठनका विषयमा मोर्चामा रहेका नेताहरुले यतिबेला प्रमुख प्रतिपक्षी दल कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुसँगको भेटघाट र छलफललाई तीब्र पारेको स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending